दु:खको क्षण
पिडाको सागरभित्र
आँशुको बुद मिसाउँदै
जिन्दगीका नाउ खियाइरहेछन
आज तमाम तराइबासीहरु
कोशीका भयभीत र उदास बगरहरुमा,
बिरह र ब्यथासँगै शोकाकुल महा-मुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती शोकाकुल सन्तानहरुबिच
ओठ्का थैली खोलेर
सिटामोलका दरिद्रिक मानसिकता
बोकी जिबित मृतका प्रतिमाहरु
सान्त्वनाका फोस्रा शब्दहरु
बाँड्न ब्यस्त छन्,
हा-हाकार र भयसँगै
आँशुका थोपाहरुलाई शुक्ष्म कण सम्झी
बेदनामा आँशु पिउँदै बाँचिरहेका
उकुस मुकुस आँखाहरुका समिपमा
औपचारिकताका बकम्फुसे चिप्ला अभिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु (यो क्यानडामा पाइने भ्यागुता हो
यसको आवाज १ कि मिसम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)
चारपाने झापा
हाल बेल्जियम

दाई नमस्ते
कबिता धेरै
दाई नमस्ते
कबिता धेरै राम्रो र सान्दर्भिक छ।
हामी पनि अलि
सिटामोल र बुल फ्रग को भाषण पठाउने कि यहाँ बाट । त पो नेता भएको सार लाग्छ ।