Skip to content

‘देश अन्धकार भो
गाउँ निष्पट्ट भो ‘

‘यो धमिलो गाउँ
यो अँध्यारो ठाउँ
कसरी हिँड्ने? ‘

‘अँध्यारैमा सल्बलाउनेहरुबिच
अँध्यारैमा निदाउनेहरुबिच
कसरी जिउने?’

भन्ने हामी,
भाडाका ट्युवलाइटले आँखा देख्नेहरु!
अन्धकार देख्नमा को दोषी छ?
अन्धकार देखिने देश?
या, अन्धकार देखाउने हाम्रो कालो चश्मा?

(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *