Skip to content

गद्य कविता

तिम्रो लागि उनी

तिम्रो लागि उनी आकासको तारा मात्रै थिइन्
धर्तीमा झारी मैले तिमीलाई दिएँ
तिम्रो लागि उनी सपनाको एक परी मात्रै थिइन्
विपनामा तिम्रो उनलाई मैले नै बदली दिएँ
तिम्रो एकतर्फी माया मात्रै हुन्थ्यो उनीसित
मैले नै बदलिदिएँ दोहोरोमा तिम्रो मायालाई
आफ्नो चाहाना टुक्याएर तिम्रो झोली भरी दिएँ
पुरा भयो सपना तिम्रो भरि उनको खाली सिउदो
भन्नु अब साथीहरूहो कहाँ भयो गल्ती मेरो?
कहाँ भयो गल्ती मेरो?

खुशीको एक त्यान्द्रो

खुशीको एक त्यान्द्रो
टुसाउनै लाग्दा,
बिहानीको किरणसँगै एक हुल
समस्याको बथान आएर
जदौ गरिदिदाँ
खुशीको टुसा
पिंडालुको गाभा जस्तै

असमय

समयको पखेटा काटेर
स्थिर उभिन्छ
असमय,
अनि घुम्न थाल्छ
घडीको सुइको
विपरीत दिशामा !

असमयका मान्छेहरू
अमान्छेहरूमा परिणत भइसके !
म
यो ट्विन’ प्याराडोक्स’ सापेक्षता
सहन विवस छु !

(अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय कविता महोत्सव २०११ मा तृतीय’ भएको कविता)

सुर्यको जीवन

सुर्यको जीवन

कति स्वच्छ,शान्त बिहान छायो|
त्यसै माझ मुस्कुराउदै सुर्य उदायो|
आफ्नो रातो वर्णका साथ आयो|
नौलो बिहानीको सुरुवात गरायो|
स्वप्नलाई विपनामा ल्यायो|

बढ्दै हुर्कदै यौवनकालमा आयो|
दिउसोको प्रचण्ड गर्मीलाई निम्त्यायो|
खेतमा काम गर्नेहरुलाई थकायो|
एकछिन आराम गर भनि अह्रायो|
सुनौलो जोस् सबैमा छायो|

यौवनलाई काबुमा राख्दै बढ्यो|
बेलुकाको मधुरता छाउन लाग्यो|
अर्को बिहानीको संकेत गर्दै गयो|
आँखा भरि आँसु झार्दै बिदावारी भयो|
अर्को दिन भेट्ने बाचा गर्दै हरायो|

कानुन

  • by

संबिधान बने पनि
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।

जति कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ती गरे पनि
कानुनमाथि चढे पनि
सम्मानजनक थुनछेक छ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।

जीवन

  • by

जीवन जिउने क्रममा,
यात्राको उकाली ओराली, झरना अनि कन्दराहरूमा
कहिले मच्चिदैँ, कहिले उफ्रिंदै, कहिले बयली खेल्दै, कहिले पछारिदैँ
मेरो आत्मा तिमीलाई प्राप्त गर्ने आशामा,
भूमरीमा रङ्मङिदै
आफ्नो एकलौटी राज गर्ने सपना बुन्दै

मृतसागरमा आफुलाई समाहित गर्न पुग्छ..

“गद्यकबिता” आँखाभरि सुन्दर सपनाका ताराहरु फिजाँएर काला अँधेरी रातको अन्त्य र शुभ बिहानीको आशामा किराहरु… Read More »मृतसागरमा आफुलाई समाहित गर्न पुग्छ..

अब फर्क प्रिय

चिसो सिरेटो
हुस्सुले ढाकिएको बिहानी
लतमन्न भई ओच्छिएका फाँटहरू
दन्तेलहर झै हाँसिरहेका आलीहरू
चिल्लो ती गह्राहरू
भोलिका दिनमा आफ्नो बैंश फुलाउन
आतुर सुन्दर प्रकृतिका बीजहरू
आफ्ना हातहरू फिजाएर मलाई बोलाउँदै छ