Skip to content

गद्य कविता

हे! पैसा

कतै केही नसोची कति गाह्रो गरी आयो
केही छिन पनि नबस्ने भनि हतार मै गयो
दीनदुखी गरीबहरूको साथबाट सधै टाढा जान्छ
धनीमानी पूँजीपतिहरूको दास बनि सधैं नाच्छ

मनहरु निरासाको भुंग्रोमा छटपटी रहेका छन्…

सोचाइको बार्दलीबाट नियालेर हेर्दा चारैतिर क्षितिजमाथी ढकमक्क कुहिरोले ढाकेको देखें मनहरु निरासाको भुंग्रोमा (अघेनामा) छटपटी… Read More »मनहरु निरासाको भुंग्रोमा छटपटी रहेका छन्…

शब्दहरूसँगको खेलसँग डर लाग्छ

भावहरू उर्लिएर आउँछ
समुद्रको छाल झै वेगसँग
फेरि हुत्तिएर किनारामा
निमेषभरमै पाखा लाग्छ
भाव व्यक्त गर्न व्यग्र हुन्छु
अभिव्यक्ति गर्न खोज्छु
अहो! मनमा त द्वन्द्व पो चल्छ
बहस चल्छ
अनि घमासान युद्द चल्न थाल्छ

म निकाल्न दिन्न हावाबाट बिजुली

खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!

यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो
र यो धर्ती पनि थियो मेरो
तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ

सपनाको खोजी

  • by

म फूल फुलाउन चाहन्थे
सुन्दर बगैंचाको निर्माण गरेर
बेली चमेली र गुन्केसरीहरू
लरक्क परेका डालीहरूमा
उपकारी गुणी,
तर सपनाको खोजीमा
सुन्दर झोपडीलाई

स्तब्ध

सम्झना खोज्दा सम्झन सकिन्न
बिर्सन खोज्दा बिर्सन सकिन्न
स्वार्थी हुने रैछ संसार सारा प्रिय
मारेर पनि देखाउन सकिन्न

कोही के भन्छन … कोही के भन्छन
कसको सुन्ने… कसको उडाउने…

भेट्टाउन खोजे भेट्टाउन सकिन्न
हराउन खोजे हराउन सकिन्न
माया गर्छु तिमीलाई … सबै लाई थाहा छ प्रिय
तर दोबाटोमा बसेर कराउन पनि त सकिन्न

कोरले भेटिएका झैं देखिने खजुरको पात-……

सुन-सान अधेँरीमा रातलाई बिछ्यौना बनाई उ…त्यो पर…….क्षितिजको धिपधिपे बत्तीको सहारामा म भबिष्यको खाका कोर्दैछु… ..… Read More »कोरले भेटिएका झैं देखिने खजुरको पात-……

म अधुरो रहेछु

म अधुरो रहेछु
हे भगवान
दिन त तिमीले सबै दियौ,
संसार कै सबै भन्दा अग्लो सगरमाथा दियौ
हराभरा हरियाली प्राकृतियुक्त देश दियौ
खोलानाला, छहरा, भर्ना र छाँगाहरू दियौ
चारैतिर जलश्रोतले सम्पन्न जलासय दियौ
चारैतिर प्रकृतिले घेरिएको सुन्दराता दियौ ।

के सार्थक के सार्थक

एकोहोरो धुन चढ्दै थियो
एक मित्रकानुसार चाहिँ
रिमालका
‘आमा
र
छोरा’ आएजस्तो लाग्यो
ती त हामी नै हौँ
हाम्रै बजेट हो
हाम्रै अहंकार हो

मनको छाल लम्की रहन्छ

कविता अदृष्य मनका छाललाई फिजाउँदै फिजाउँदै शुन्यतालाई चिरी, म जगत र ब्रम्हाण्डको अघोषित भ्रमण गरिरहेको… Read More »मनको छाल लम्की रहन्छ

एक हौं, संयमताका साथ क्रान्ति गरौं

  • by

समानताको नारा घन्किदै गर्दा
बराबरीको निमित्त लडाँई चर्किदै गर्दा
गरिब र धनी बीचको गहिरो खाडल पुर्न
आफ्नो हक र अधिकारको लागि
आरोप प्रत्यारोपले चरमचुली छुदैँछ
वर्ग बिभेदको अन्धकारलाई चिर्न
एउटा नयाँ, नौलो, नितान्त बेग्लै
संसारको स्थापनको लागि
टाउकेहरूको जमघट हुदैँछ

पिलोको दुखाइ

म पूर्व–पश्चिम
लमतन्न ढल्केर बसेको छु
मेरो शरीरभरि
पिलो निस्केको छ
कसैले अलिकता छुदा पनि
कति विघ्न दुख्छ भने
यो पिलो !
आ……हा..हा …हा !

एक थुङ्गा अक्षरहरू

तिम्रो मृत्युको खबर
छापिएको पत्रिका
इन्टरनेटका पानाहरूमा मृत्युले कोरेका
तिम्रा नामहरू
आकाश पनि झरे जस्तै लाग्छ
मेरै शिर माथि
टाउको उठाएर हेरेँ