बोकेर अंगालोमा
जीवनका एक हुल विवशता
जीवनकै भीर उक्लिनुपर्दा
बढिरहेको श्वासप्रश्वाससँगै
चाल्दै पाईला लामा छोटा
गतिमान ढुकढुकीको बेगसँगै
अर्थहिन लक्ष्य प्राप्त गर्ने तत्परता
जिन्दगीको मोडहरूमा दिव्य-आनन्दको
घुट्को पिउने दिन पनि आउँदो रहेछ !
अनि फेरि बिहद सहनै नसक्ने पीडा
अनागिन्ती आँसुको धारा बिहत पीडाको बिलाप !
अनि फेरि त्यहीभित्र मिठो मिठो कल्पनाहरू
हावासँगै बहन थाल्छ अनागिन्ती भावनाहरू !