Skip to content

गद्य कविता

देशको भविष्य

  • by

समयले कुन रुप लिन थाल्यो अचेल
मुस्किल परेको छ पहिचान गर्न
सत्य बोल्ने मानिस भेट्टाउन
दुरुह नै भइसक्यो
देशको भविष्य निर्माण गर्न ।

सायद आयो भेल

  • by

किन रोए म आज
तिमीलाई सम्झेर
सायद आयो भेल भनी
घाउ बल्झेर
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बली चढाइ
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडि गयौ मायाको बली चढाई

केही टुक्राहरू (घरको भाग)

१) घरको भाग

क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्धाहरूलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।

ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युवा जोडीहरूलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।

रेटिँदै छ जिन्दगी

बाँचिँदै जिन्दगी
हाँसिँदै जिन्दगी
एक्लोपनको साथ भए नि, काटिँदै जिन्दगी
बाँच्दा बाँच्दै
हाँस्दा हाँस्दै
आफ्नै हातबाट, रेटिँदै जिन्दगी ।

यो तिमीले के गर्यौ ?

१.
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहेँ ।
अहोरात्र तिम्रो प्रशंसामा
परिश्रम ब्यर्थ खर्चिरहे ।
अधिकतम चाहना बोकेर
तिमीले बाटो काटिदियौ ।

प्यारो परेवा र म

  • by

ए शान्तिका प्रतीक परेवा !
कुनै दिन तिमीले
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको
हाम्रो सुन्दर यो देश नेपालमा
शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा
म नदीभित्र डुबुल्किरहेछु
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर
आँखाबाट आँसु झार्दै
डाको छाडी म रोइरहेको छु ।

जिन्दगानी

के लेखौँ जिन्दगानी, ओइलाएको फूल भयो
हेर्दा हेर्दै जिन्दगानी, आफ्नै आँखाको धुल भयो ।

चुप् चाप सही बाच्नुपर्ने, पुतलीको खेल भयो
के लेखौँ जिन्दगानी, आफैँलाई झेल भयो ।

ArunBahadurKhatriNadi

आजका मान्छेहरू

  • by

सृष्टि सिर्जनाको यस संसारमा
मान्छे भएर जन्मेपछि
केही आशा अनि उमङ्ग लिएर
उभिएका ती मनहरू
जन्मेर आफ्नो भविष्यका लागि
केही कुरा सोचेको हुन्छ

BalDevBhattaBihani

म ईश्वर नदेखेको मान्छे

  • by

हुँडारहरूलाई निर्धक्क गोठालो छोडेर
मसँग मान्छेका किंवदन्तीमा रगतको कथा लेख्ने रहर छैन,
म ईश्वर नदेखेको मान्छे यही बस्तीको कटुस छायाँमा
चर्को घामले सुकाएका हरिया पातहरूको भाग्य लेख्दै छु!

सपनाको महल

सपनाको महल बनाई राखेको छु सानु,
रानी बनाई यो मनमा सजाउँछु नानु ।

बसन्तका बिरुवाले फेरिए नि पलुवा,
उस्तै रहोस जीवनभर मन तिम्रो सानु ।

यौवनले भरिपूर्ण जवानीले तिम्रो,
जतनले सम्हालेर राखे है सानु ।

रस चुसी भामराले छाडी जाला सानु,
वैशको भेलले बगाई लाला बिचार गरे सानु ।

पूर्णिमाको चन्द्र जस्तो मुहारमा तिम्रो,
आउन सक्छ कालो बादल फटाएर जानु ।

स्वाधीनता

  • by

सडकको पेटीमा बसेर
बर्सेदेखि खोजी गरिरहेछ स्वतन्त्र पहिचान
मानव अस्तित्वको
खोजी गरिरहेछ प्रयोशालाभरि
सतल भूगोल अनि
सांस्कृतिक अस्तित्व त्यो जिउदो ऐतिहासको श्रीजंझा, इमंसिंग