मेरो कमजोरी … तिमी बिना बाँच्न सक्दिन
तिम्रो खुबी … सब हावामा उडाउँछौ
मेरो कमजोरी … तिमीलाई खुशी पार्न सकिन
तिम्रो खुबी … हाँसेर पीडा दिन्छौ
सँगै त छौ … तर केही गुमाए गुमाए जस्तो
पाउन त पाए … तर हराए हराए जस्तो
मेरो कमजोरी … तिम्रा कुरा बुझ्न सकिन
तिम्रो खुबी … केही नभनी सब भन्छौ
मेरो कमजोरी … केही भन्न सक्दिन
तिम्रो खुबी … नया अर्थ लगाउँछौ
केही बोल्दैनौ … तर कराए कराए जस्तो
सबै पाएर पनि … सब हराए हराए जस्तो ।

damizz
wah wah wah damizz cha ni bro. keep it up…