Skip to content

समयको बन्दी जीवन

SitalSubba


समयको बन्दी भयो जीवन
कहिलेकाहीं मिठो कल्पनामा
हराउन मन लाग्छ ।

सपनाको महलहरू सजाउन मन लाग्छ,
भए भरको खुसीहरू सप्तरंगी इन्द्रेणी झैं टलपलाइदिन्छ,
मिठो सपनाको महलहरूमा हजारौं हजार खुसीहरू झिल्मिलाइदिन्छ ।
तिनै खुसीलाई डोर्याएर रंगीचंगी फूलका थुंगाहरूमा चुमी हिंड्छ मेरो भावनाहरू,
बसन्तको बहार बनी सम्झनाको रमाइलो बस्तीहरूमा घुमी हिंड्छ ।
एक्लाई गुनगुनी हिंड्छु सिरसिरे बताससँगै
मनको कुरा गरी एक्लै हिंड्छु,
कसैको मिठो माया मन्द हाँसो सम्झी,
एकान्तमा आफैं हाँसी हिंड्छु ।

उनकै मन्द हाँसो अनि मिठो बोली सम्झी एकान्तमा टोलाई रहन्छु ।
कहाँ कतै छन कि भन्दै खोजी हिंड्छु
उनलाई नै सम्झी सुसेलीमा बोलाइरहन्छु ।
अनि फेरि आफ्नो अतीत र बर्तमानलाई दाँजेर नियल्न थाल्छु
हाय ओफ्फ्फ्फ

जिन्दगी कहिलेको पानी कहिलेको घाम
कहिले सावनको झरी बनिदिन्छ त कहिले
भदौको भेल बाढी बनिदिन्छ ।
फेरि यही खुसी हिउँदको शीत बनी मुटु नै कमाइदिन्छ ।
सारा जिन्दगी नै चिसोले
कठ्याङ्ग्रिन थाल्छ
हाय उफ्फ्फ !

मुख बाटा तातो बाफ उँड्न थाल्छ
अनि त फेरि
उनकै सम्झनामा ।
यही जिन्दगी हिउदो मिठो घाम बनिदिन्छ ।
यही जिन्दगी समुद्र जस्तै शान्त
यही जिन्दगी बिहानीको मिठो घामको किरण बनिदिन्छ
अनि यही जिन्दगी
कसैको लागि हाँस्न थाल्छ।
कसैको लागि हाँस्न थाल्छ ।

शीतल सुब्बा,
सिक्किम, गान्तोक
हाल: ईजराइल

1 thought on “समयको बन्दी जीवन”

  1. प्रश्चितले मान्छेलाई नयाँ
    प्रश्चितले मान्छेलाई नयाँ जीवन दिन्छ,
    दुखले नै सुखको ढोका खोली दिन्छ ,
    जिन्दगी संग सम्झौता गर्दा कहिले कहिँ,
    अफसोच .. .पिएर नि जिउनु पर्दो रहेछ!!!
    <(शीतल सुब्बा)>(सिक्किम गान्तोक)>

Leave a Reply

Your email address will not be published. Required fields are marked *