Skip to content

गद्य कविता

साँढे नपाले के हुन्छ ?

  • by

भित्र भित्र गाउँलेको मन रुन्छ
दाइ यो साँढे नपाले के हुन्छ ?
कैले दाम्लो छिदाल्छ
कैले किलो उखेल्छ
कैले गरालो भाच्छ
कैले बाच्छा बाच्छिलाई सताउँछ
कैले आतङ्कित बनाउँछ

घिप्धिपे आस्था

  • by

आस्थाको धिप्धिपे उज्यालोमा
जीवनको अस्तित्व खोज्दै
लालिगुराँसको रङ भर्दै
बेली र चमेली फुले
संग्राममय जिन्दगी घिसार्दै
अन्धकार र अत्यासका यात्रामा
पूर्णविराम लाग्ने झिनो आशा बोकेर

निर्देशक हो मन

बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचाहिंदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले

युद्ध र पराजय

युद्ध आक्रोशका पर्याय ती हेराइ
युद्ध अतृप्तताको झल्को ती हेराइ
कुन्ठित चाहनाको आशातित हेराइ
बैरी पराजित पर्न उत्तेजित ती हेराइ
रणभूमिमा तातेका रणबीरका ती हेराइ
ती हेराइ………………..

प्रीतिका लागि

सुन्दर त्यो मुहार
पूर्णिमाको जून
तारा बटुलेर उनेँ माया माला
प्रत्येक थोपा-थोपा आँशु सँगालेर
म
प्रीतिका पहिले-पहिलेका कुराहरु सम्झेर
डुबिरहन्छु भावनामा सधैँ

ऊ अर्थात् छाया अवतार

  • by

ऊ अर्थात् छाया-अवतार
थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो
थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो
उसको बगैँचामा
फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्

रात सकिन्छ

  • by

झिसमिसेले चियाउँछ
रातको किनाराबाट सुटुक्क ।
पल्लो गाउँमा भालेको डाक सुनिन्छ
मानिसहरू चेतनाको कोल्टो फेर्छन्
प्रत्येक घरभित्र आवाज सुनिन्छ ।

लेखक

  • by

ऊ लेखिरहन्छ
अक्षरभित्र सुन्दर संसार देखिरहन्छ
खिपेका शब्दले बनिएका वाक्यवाक्यमा रमाएर
उद्वेलित उताल तरङ्गलाई छेकिरहन्छ
ऊ लेखिरहन्छ ।

म देश चपाइरहेको छु

  • by

ए मान्छेहरू सुन-
मलाई दुःखको खडेरी परेको छ
सुखभोगले म मात्तिएको छु
अघाउञ्जेल घाँस खाएर
उघ्राइरहेको गाईझैँ
म शून्यशून्य बाँचिरहेको छु ।