एक थोपा रगतबाट सुख भई
हराई जाने नै हो
अदृश्य हावाजस्तै विरानो परदेसमा
खुसी त फुल्छन् मायाका तरङ्ग फैलुन्जेल
हृदयका फुलबारीमा गाडा बनेर
जहाँ हर्ष गाली बनिदिन्छ
सुव्ासरमा नै बाँचिदिएर
धु्रवतारालाई सँगाली उनेका खुसीहरू
सुमधुर धूनसँग गुनगुनाउन खोज्दछ
स्वयं विधाता पनि पुग्न नसक्ने ठाउँसम्म पनि
डाकेर जुनेली रात,
सागरमा बगेर किनारमा ओर्लने
इच्छा राखिदिन्छ आशाहरू उमारेर
स्नेहको शीतलता ताप्ने सुरमा
आफन्तले उसलाई बन्धकी राखिदिँदा
तर ऊ भाव र भाव मिलेर बनेको भावना हो
जो हुन्छ, एक अमर आत्मा
मृत्यु पनि रुन्छ उनको सम्झनामा
बालेर पश्चतापका दियालोहरू
सङ्घर्षलाई पनि भुली
केवल जीवनले भोगेका
जीवनका भोगाइहरूमा
र समयका अन्तरालमा ।।
-जीवनपुर, धादिङ
