Skip to content


दुबिधाको दोसाधमा,
निश्चल त्यो आकाश धमलिएछ ।
एकविधाको परिवेशमा
जिन्दगी अवाक भैदिएछ
तैपनि मनहरूलाई सम्हाल्दै म,
मौन भई बसेको छु ।
अतीतका मनहरूलाई सम्हाल्दै म,
मौन भई बसेको छु ।
अतीतको खट्खटाहट त्यो क्षणमा
आफ्नै अभिलाषा अक्षुब्ध थियो
हिजोको त्यो के कुरा
आज सारा अश्लील भैदियो ।
तैपनि मनहरूलाई सम्हाल्दै म,
मौन भई बसेको छु ।
भर्खरै संध्या भन्दै थिइन
बादलहरू पर्दाफास हुँदैछन् ।
उषाले भोलि के भन्नेछिन् ?
आशाको भुमरी सल्काउँदै छ ।
तैपनि मनहरूलाई सम्हाल्दै म,
मौन भई बसेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *