Skip to content

गद्य कविता

बाटो सोध्दै यतैकतै

  • by

बाटो सोध्दै छु
यतैकतै
बाटो पछ्याउँदै पछ्याउँदै
हिँडिएछ यहाँसम्म
यहाँसम्म आइपुग्दा
आफ्नै जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको छ मलाई ।

अभिसप्त समयको घिनलाग्दो पात्र

एताको मानो खाएर,
उताको दुनो सोझ्याउने
आफ्नाहरुको सम्मान नगर्ने
उताकाहरुको भक्तिगान गर्ने,
यो समयमा
तिमी त प्रतिनिधी पात्र मात्र हौ,
सवैलाई थ्ाहा छ,
तिमील्ााई दिशानिर्देश गर्नेहरु

अनुभव

धाकधम्की दिएको अनुभव राम्रै हुँदोरहेछ
मान्छे कुटेको अनुभव जब्बर हुँदोरहेछ
अंगभंग पारेको अनुभव अब्बल हुँदोरहेछ
मान्छे मारेको अनुभव त झन् ज्याद्रो हुँदोरहेछ ।

भविष्यवक्तासंग

तिमीले मेरो अतीतलाई पढ्यौ
मैले कुनै प्रतिवाद गरिन
तिमीले मेरो वर्तमानलाई पढ्यौ
मैले कुनै प्रतिकि्रया गरिन
तर
मेरो भविष्य थाहा पाउन
मलाई कुनै उत्सुकता छैन
किनभने
मेरो भविष्य जसो होला होला

जून, कला र म

  • by

गिद्द चिल र वाजको उडान भन्दा मािथ
त्यहा हावा छैन पानी छैन
अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन
तर पनि युगौंदेखि
चम्किलो धम्किलो बनेर
धर्मको हरफहरुमा ज्ञान छरेर
बाँचिरहेको छ ।

नेपाली सपना र बिपना

आमा !
आज फेरी सपना देखें
तिमीलाई भैसिले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बतिमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरूले खेद्दै रहेछन् ।

म निरअंशी बनेको छु

हे जलधि !
म निरअंशी बनेको छु
मेरा पानीहरू
तेर्सेपानी र रम्घाका पँधेराबाट फुटेर
चुँदीखोला, मर्स्याङ्दी बने,
हिमालय शृंखलाका गण्डकीसँगै मिसिएर
अगाध समुद्र बनाउने अविरल यात्रामा लागे
र, विस्तारित हुँदै गए ।

अनौठो प्रेम

ईश्वरको बरदान तिमी, धर्तीकी परी
जहींतहीं तिमीलाई मात्र देख्छु मेरो वरिपरि
आखाले भन्यो मलाई पट्टी लगाऊ
बन्द आँखाले प्रेमको यात्रा कसरी बढाऊ

एउटा नक्षत्र झरेछ साहित्यकाशबाट

  • by

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ

तिम्रो सम्झना

भुल्न सकिन प्रिय तिम्रा रसाएका नयन
ती आँसुका हारलाई
आँखाको नानीमा हरपल देखिने
तिम्रो त्यो निर्दोष अनुहारलाई
समय घस्रिंदैछ कछुवाको चालमा
महिना झैं लाग्छ हरेक क्षण
कसरि बिर्सु प्रिय मात्र तिम्रो सम्झना
बनेको छ मुटुको धड्कन।

सत्य छ यो बह्रामाको लिला,

सत्य छ यो बह्रामाको लिला,
कसम खाएर भन्छु म धर्मको,
सत्य लुकाउन किन? झुट बोल्नु पर्छ,
सुर्य छन् साँक्षी दिनमा-
तर म साँक्षी होइन मेरो ।

तरुण मनको अपिल यौवनालाई

तिमी यौवनको मातले निथरुक्क भिजेको बेला
म बैँशको उन्माद बोकेर
आँधीको बेग बनी आउँला
त्यो पल केवल तिमी हुनेछौ
मेरो चाहनाभित्र
अनी म हुनेछु
तिम्रो लज्जित भावनाभित्र
म आवेगले मात्तिएको बेला
तिमी कठोर नबन्नु

तिमी नभए

तिमी नदी हौ म दुई किनारा तिमीलाई साहरा दिइरहने
तिमी पवन हौ म बतास तिमीसितै बहिदिने
तिमी बादल हौ म बर्षा तिमीबाटै बर्सिदिने
तिमी संगीत हौ म मिठो धुन सँगसँगै गुन्जिदिने

बगर पो हो कि जीन्दगी

बगर पो हो कि जीन्दगी
सेता बालुवाहरुमा फैलिने
टललल टल्किने झललल झल्किने
या कुनै संगितमय धुनहरुमा हराईरहेको
वेश्याहरुको रात्रीकालीन अखाडा झै चिनिनॆ
फेरी उज्यालो नहुँदै मेटिने