Skip to content

गद्य कविता

म हुनेछु

  • by

बसमा
अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै
मुस्कुराइरहेको बालकलाई
आँखा झिम्काउँदै
मुस्कुराइदिनू,
त्यही मेरो
कलिलो मुस्कान हुनेछ ।

खोल

  • by

अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपीभित्रको शैय्या जस्तो ।

परिवर्तन

देशले परिवर्तन चाहेको थियो
हेर, अयोनित, ठूलै आयो
धेरै ठूलो, चाँहेको भन्दा
थाम्नै गार्हो, मानौ फन्दा
थामोस् नि कसरी, बिचरो
बारम्बार एक पछि अर्को
आशा ठूलै फट्को मार्ने
फट्को त मारेकै हो ने

गरिबी

एउटा गरिब केटी थिई
बिरामि भै ओछ्यान परी
औषधिमूलो केहि पाइन
एक दिन ऊ तेसै मरी

उनको थियो एउटा बच्चा
तोते बोल्ने मनको सच्चा
भयो त्यो बिचरा टुहुरा
कसले दिने उसलाई सहारा

उदाहरण बनिदेउ नारी तिमी

उदाहरण बनिदेउ नारी तिमी, भेदभावलाई फ्याँकेर
बस्नुहुँदैन नारी तिमी, अचेतनाको परीधि ओगटेर

एउटै आमाका सन्तान हुन् पुरुषहरू पनि
कदापि फरक छैनन, आमा भै हेर तिमी पनि

नेपाल

  • by

प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !

विवेकहिनता

  • by

धन धेरै छ
नाम ठुलो छ
तर के गर्नु
नियतमै खोट छ

यहाँ दायित्व बोकेकाहरू
आफ्नो काम गरिदिन्नन
अधिकार धेरै माग्छन मात्र
जिम्मेवारि बुझिदिन्नन
पीडितहरू चिच्याई रहेछ्न
सुन्नु पर्नेहरू सुनिदिन्नन

रुपान्तरणः एक नयाँ वर्षमा

साथी
दशकभन्दा बढीको सहयात्रामा
मैले धेरै थोक सिकेको छु
धेरै थोक बिर्सेको पनि छु
कतै सबै माझ आफूलाई पाउन सके भने
कतै आफूभित्र आफैं हराउन पुगेको छु ।

निष्कर्ष

  • by

ओहो ! यो कस्तो ओझेलमा परेको म
कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म
चाहिने दुवै मलाई जीवनको हरेक मोडमा
जिउने कुनै आधार छैन दुवैको विछोडमा

मानिस भौंतारिदै हिंड्दछ, किन?

मानिस भौंतारिदै हिंड्दछ किन?
चराचर जगतमा रहेको ब्याप्त ईश्वरलाई नदेखेर
मनमा एकल सुख र शैलीका अनगिन्ती कुन्ठा बोकेर

भूपिले उसै भनेका हुन र !

“हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त वीर छौं”
भूपिले उसै भनेका हुन् र !
वीर र बुद्धू दुवै हुनु
हाम्रो वाध्यता
वीर हुनु विगतको वाध्यता
कहिले ‘विश्वयुद्ध’ भन्दै

दोष किन ?

भूलहरु गरेजस्तो लाग्दैन
दोष मैले सोचेको थिईन
कुन चश्माले दोषी देख्यौ
मैले वाचा तोडेको थिइन ।
भोकै तिर्खै तिम्रालािग
दिन रात समय दिएकै थिए
कि म कुरुप लाग्यो
बीच बाटोमै किन पटारिए

सेवामा जस्ले निखार्छ

सेवामा जस्ले निखार्छ आँफुलाई एउटा असल नेता’भै
उनै सधैं बाँचिरहन्छ जनताको नजरमा अमर र अजम्बरी’भै

संविधान लेख्दैमा दायित्व पुरा हुँदैन हामी असल नभएँ

मायाको ईश्वर

  • by

म हेर्दैछु तिमीलाई, पश्चिमको घाम भएर
तिमी हेर्दैछौ मलाई, पूर्वको जून भएर
सुदूरपूर्व र सुदूरपश्चिमझैँ भिन्दाभिन्दै छौँ हामी
तर पनि
ओ शून्यता ! हाम्रो मायाको आकाश एउटै छ ।