जाउँ म कहाँ
म र मेरो अस्तित्व रहेको
खुशीले भावविभोर भएको क्षण
आफैभित्र उन्माद बोकेको
चारैतिर प्रस्फुटित मुस्कान
मदहोस ती दिनहरु
अदृश्य स्पर्शको आहट
गुद्गुदाउने त्यो पल
भुलेर जाउँ म कहाँ
आँखाभरि सजाएको सपना
जुनेली रातमा मुस्कुराएको पल
बन्द कोठाभरी निस्सासिएको
खस्न नपाउदैको आशु पुछेको पल
बिसे्रर आँशु खसाली जाउँ म कहाँ
मुटुभरी रहेको सम्झना
स्मरण मात्र मै पुलिकंत हुने मन
चाहना अनि आकांक्षाले धुरी नाघेको क्षण
छोडेर जाउँ म कहाँ
माधुर्य त्यो अधरको मुस्कान
लठ्याउने त्यो सागर झै गहिरो नजर
झन्कृत यो शरीरको गुाजन
त्यो नजरको सीमा
नाघेर जादम कहा
सँगसँगै हिडेका दुई पाइला
मुटुसँग साटेको भावना
निस्तब्ध रातमा कल्पेर रमाएको पल
नाम मात्रले जिवित हुने यो स्पन्दन
तिम्रो स्मृतिले भरिएको मेरो यो ह्दय
टुक्राएर यसलाई जाउँ म कहाँ
अनुभूतिरहीत भई जाउँ म कहाँ
अस्तित्व आफ्नो छोडी जाउँ म कहाँ

Dear Preeti,
Nice to read
Dear Preeti,
Nice to read your lovely poem with full of feelings. Keep it up. The more u write the more u get perfection. Still it is smooth, well organized and a reader can feel it and experience it so did I. Hope to read more and more in future! Good luck and strenthen yourself.
Thank you for your
Thank you for your inspiration !! – Preeti
j hos malai khusi lago
j hos malai khusi lago tapaiko kabita study garna paya kabita dhary ramro chha aba ka dinma tapaika yo bhanda ajha ramro kabita study garna paiyos
kishwor jwala
किशोरजी प्रेरणाको लागि
किशोरजी प्रेरणाको लागि धन्यवाद । अझ राम्रो लेख्ने प्रयास गर्ने छु ।