Skip to content

उनकै यादमा बसेको छ

  • by
LakpaSherpaSamarpit

हजार जुनीसम्म उनकै यादमा बसेको छ
किन आज आएर आकाशबाट खसेको छ

जसलाई मैले आफ्नो सम्झिएर आएको थे
फर्कि आएर मलाई नै सर्प सरी डसेको छ

सँगै सगै हासौला बसौला भनी जाने तिमी
किन होला मन आज उतैतिर फसेको छ

बिपनीमा मबाट उनी लाखौ दुरी टाढा छ
सपनीमा देख्दा उनकै अगालोमा कसेको छ

सम्झना उनको मेरो खिचिएको तस्वीर एक
भुल्न नसकिने गरी यो आँखामा पसेको छ

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल: धनगडी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *