
खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्
हिजो तपाईंको भोजले, दुई छाक बचेको थियो
सबै आउनुहोला आज मलाई, बोलाउन दिनुस्
कहिलेकाहीं हाम्रो घरमा पनि, मीठो पाक्नुपर्छ
एकदिनमा कोही फेरिन्छ भने, मोटाउन दिनुस्
सबैलाई सन्तुष्ट बनाउनु, अवसर हो मेरो लागि
दुःखी छैनौँ घरका एकदुइटा, भोकाउन दिनुस्
आशा छ यो घरले मुहार, पक्कै फेर्न पाउनेछ
बुहारीलाई आमासँगै काम, सघाउन दिनुस्
दिवाकर भट्टराई
दमौली, तनहुँ

मज्जा आयो सर