
भगवानले यो संसार सृष्टि रचेका छन्
कोही त यस्या लाज सरम पचेका छन्
लकडाउन र कोरोनाले सताएको बेला
आधा पेट खाएर नेपाली बचेका छन्
सबै कसैको नजरमा यहा उठ्न खोज्छ
तर आफ्नै नजरबाट मान्छे खसेका छन्
ठुला ब्यापारी कालो बजारी यस्तै देशमा
साप सरी निमुखालाई यहा डसेका छन्
दुनियाँलाई फसाउदै हिड्ने बटुवा आफै
आज खै निष्ठुरीको मायामा फसेका छन्
लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल
