
आलोचना गर्ने बानीले सम्बन्धमा, धमिलो बनाउँछ।
जसरी आफ्नैं चप्पलले पनि शिरमा, हिलो बनाउँछ।
साधुकोमा जानुहुन्छ कि, गुरुको सरणमा पर्नुहुन्छ
असल संगतले हरेक मानिसलाई, गतिलो बनाउँछ।
आँखाको महत्व बुझ्न सके, आँसु झर्ने थिएन सायद
पीडालाई लुकाउन जाने पो मुहार, हसिलो बनाउँछ।
प्यासी कुवा र खोलासम्म, धाउनु त ठिकै पनि हो
समुद्रसम्म पुग्न खोजेपछि पानी, नूनिलो बनाउँछ।
हेर्ने नजर राम्रो भए, नराम्रो कोही छैन ब्रह्माण्डमा
मनको राम्रो भए रूप शृङ्गारले, चम्किलो बनाउँछ।
दिवाकर भट्टराई
दमौली, तनहुँ
