Skip to content

हजारौ भेटिन्छन

  • by
LakpaSherpaSamarpit

हजारौ मान्छे भेटिन्छन जीवनमा सबै हराउँछन्
लाखौको यो भीडमा मात्र एकले मन पराउछन्

झट्ट हेर्दा राम्री देखिए पनि, भित्रभित्रै खोक्रो हुने
मनको कुरा खोल्न समेत, सय पटक डराउछन्

कोही कोही यस्ता यस्ता बेबकुफ हुन्छन संसारमा
मान्छेले मान्छेलाई पशु सरी,सधैं बाँधेर चराउँछन्

आजभोलि देशमा कुन्नि कस्तो शासन आयो हजुर
केन्द्र देखी गाउसम्म नै,आफ्नै सरकार चलाउछन्

दुनियाको पछि हैन सोच र गन्तव्यमा हिड युवा
सडेको आलु झै एक बिग्रे सबै सडेको बनाउछन्

गजलकार : लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *