
साँझको दियो अँझै केही बेर, बल्न दिनुपर्छ
तिमी आगो हौ मैनलाई पनि, जल्न लिनुपर्छ
हरेक घडीलाई, कहिलेकाहीँ सच्याउनुहोला
जिन्दगीलाई जिन्दगी जसरी, चल्न दिनुपर्छ
मूर्खसँग संगत कहिलेकाहीं, राखेको राम्रो
देखें सर्पलाई पनि विष, ओकल्न दिनुपर्छ
उत्पादन बारीमा होस, चाहे कौशीमा होस्
मेहेनती जो कसैको घरमा, फल्न दिनुपर्छ
सपना बोकेर हिँडेको मान्छे, एकाएक भेटें
डाडुपन्यू हुनेकै साथमा, बदल्न दिनुपर्छ
दिवाकर भट्टराई
दमौली, तनहुँ
