
१)
अरुहरू टुप्पोमा पुगिसके, तिमी आकाश ताकी बस,
अरुले बगर पनि मिचिसके, तिमी नारा लाउँदै बस,
वीरको सन्तान भनेर कति नाक घोक्राउँछौ, तिमी
अरुले विजय पताका फहराइसके, तिमी लास गन्दै बस ।
२)
बलवानहरू कोरोनाको डरले थरथर कामेको देखियो,
धनवानहरू एकै झट्कामा निर्धन भएको देखियो,
कसको के औकात हुँदेरहेछ, महामारी आएपछि,
मान्छेहरू देखेर मान्छेहरू भागेको पनि देखियो ।
३)
पहिलो पटक उसको र मेरो नजर जुझ्दा हामी एक भयौ,
बिहे गरेर उसलाई भित्र्याएपछि पुन: हामी एक भयौ,
सन्तान हुर्काउनुको व्यस्ततामा एकार्कालाई बिर्सिसकेका थियौ,
उनीहरूको पखेटा लागेएपछि हामी फेरि एक भयौ ।
बी बी ठकुरी
