
आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन
भोलि भन्नेहरुले,आजको महत्व कहिल्यै बुझेनन्
जाऊ खर्च गर या जमाऊ, गुनासो छैन
साधनहुनेहरूले नै हो, स्रोतको उपयोग गर्ने
सक्छौ हरेकलाई घुमाऊ, गुनासो छैन
मलाई आँखामा नहेर्नु सायद ग्लानि होला
एक चिम्टी सिन्दूर थमाऊ, गुनासो छैन ।
दिवाकर भट्टराई
दमौली, तनहुँ
