Skip to content

हास्यव्यङ्ग्य

ShivaSasmit

पदचिन्ता

बरु एचआइभी एड्सले छोड्ला, मान्छेलाई पदचिन्ताले कहिल्यै छाडेन । यो रोग यतिबेला झन् महामारीकै रुपमा फैलिएको छ । ‘पदचिन्ता’ का बारेमा डा.पदप्रसादको तर्क यस्तो छ, “हेर्नुस्, यो रोग लाग्यो भने मान्छेको भोक, निद सब हराम गर्छ । यो रोगले चाकरीलाई प्रश्रय दिन्छ । मान्छे कुनै पदमा पुग्यो भने मात्र यो रोग केही बिसेक हुन्छ । पूर्ण रुपमा निर्मूल पार्न यसको कुनै ओखती छैन ।”

कुरो ठिकै पनि लाग्यो मलाई । नलाग्ने पनि कुरै थिएन । किनकि पदचिन्ताले त्यत्रो ‘डाक्टरी’ पाएका महोदयले भनेका कुरा म नाथेले कसरी नपत्याउनु । एक त उनी आफै पदका भुक्तभोगी थिए । आज सबैले हाम्रा पदभोगी नेताहरूलाई मात्र पदचिन्ताले ग्रस्त ठान्छन् तर यसो आफ्नो मुटुकलेजो छाम्नुस् त महाशयहरू ! सानाठूला हरेक पदहरूमा तपाईंहरूको कति हानथाप हुन्छ । तर यसो भनेर हाम्रा पदलोलुप नेताहरू पदचिन्ताको शिखरमै पुगेका छैनन् भनेर म भन्दिन । जे होस् साना वा ठूला, दह्रा या लुला सबै ‘पादबहादुर’हरू पदचिन्ताले ग्रसित छन् ।

‘पद’ यस्तो चिज हो, जसले मान्छेलाई रावणको रवाफमा परिणत गर्दछ, ‘अखलबाङ्गे जवाफ’मा परिणत गर्छ । मान्छेले मान्छेलाई मान्छे नगन्नु यसको प्रमुख विशेषता हो । यसको अर्थ ईश्वरीय रुप धारण गरेको सम्झनु र अरुलाई भुसुनाबराबर नगन्नु हो । कुनै पनि काममा हालीमुहाली गर्न पाउनु यसको आकर्षण हो । पदभार ग्रहण गरेका व्यक्तिहरूको बुद्धि टाउकाबाट सीधै तल गुद्वार हुँदै पौतालामा गएर जमेको हुन्छ । त्यसैले त भनिएको होला, भुईंमा तिनीहरूको खुट्टै छैन ।

चिसा मान्छेहरू

ठण्डी सिजन बढेको छ । जाडोबाट बढी नै सर्तक हुने गर्दछु । जाडोमा ठण्डी गाडिने पिरले सधैँ सताउँछ । ठण्डी गाडियो भने त्यसलाई बाहिर निकाल्न निकै झम्मारहरू बेसाउनुपर्छ ।

बाहिरी बातावरणको ठण्डी त छँदैछ । म आज अर्को ठण्डीको कुरो गर्दैछु । मेरो वरिपरि केही चिसा मान्छेहरू छन् । चिसा मान्छेहरूसँग म किन सावधान रहन्छु भने उनीहरूको चिसोले मलाई भेट्ने हो कि भन्ने डर छ । चिसा मान्छेहरू हर्दम ठण्डीको प्रकोप बढाँउछन् । उनीहरू त चिसा छन् छन् अरुलाईपनि चिसा बनाइदिन्छन् । चिसा मान्छेहरूलाई एक किसिमले समाजलाई नै चिस्यानक्षेत्र बनाइदिन्छन् । संवेदनालाई जडतातर्फ धकेल्नु उनीहरूको दैनिक कर्मभित्र पर्दछ ।

भूमिकाको भुमरी

  • by

मनमा उम्रिने तीन न तेह्रका तरङ्गहरूलाई कागजका पानामा उतारी टोपल्ने आफ्नो नानीदेखि लागेको बानी । अठार-बीस वर्षको उखरमाउले उमेरमा प्रेमका तर्कनाहरू खुब उमि्रँदारहेछन् मनमा । त्यो बेला कवितात्मक शैलीका थुप्रै प्रेमपत्रहरू लेखियो । त्यस्ता शैलीका प्रेमपत्रकै कमालले कविता नामकी केटीलाई जीवनसाथी बनाउन सफल भएको गोप्य कुरा पनि आज खोलिदिएँ । उमेर अलि छिप्पिँदै गएपछि र साथीभाइहरूले भटाभट किताब निकाल्दै विमोचन गर्दै समोसा खुवाउँदै गरेको देखेपछि मलाई पनि किताब निकालौँनिकालौंँ भएर आयो । पुरानो बक्सा छान मार्दा एउटा किताब निकाल्न पुग्ने प्रेमकविताहरू भएको जस्तो लाग्यो । एक साँझ कुखुराको आधा किलो मासु ल्याएर अनेक मरमसला र भएभरको सीप लगाएर मीठो पारेर पकाइवरी आफ्नी धरमपत्नी धनकुमारी (कविता त पिरेम पर्दाको नाम मात्रै पो रहेछ ) लाई पेटभरि खुवाएँ । उनी अत्यन्त प्रसन्न भइन् । त्यही मौकामा मैले अनेक भूमिका बाँधेर अन्त्यमा एउटा कविताको किताब छाप्ने आफ्नो पुरानो घिडघिडो रहेको कुरो सुनाएँ । बूढीले प्रसन्न चित्तले सकारात्मक जवाफ दिएपछि मैले भोलिपल्ट बिहानै कविताहरू लगेर कम्प्युटरमा घान हाल्न लगाएँ ।

अक्षरको बिस्कुन

  • by

मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन ।

श्वेत सलाम !

  • by

श्वेत सलाम ! यो कुनै अभिवादनको अर्थमा होइन । गर्नैपरे आफ्नै परम्परा छन् । फरक भएर गर्नेहरू लालसलाम नै भन्छन् तर यो जसले पायो त्यसले गर्दैन र जसरी पायो त्यसरी पनि गरिँदैन । अलिकति भए पनि राजनीतिको चन्दन दलेपछि मात्र लालसलाम गर्ने प्रचलन छ । यसको शैली पनि आफ्नै प्रकारको छ । दाहिने हातको मुठी कसेर कानको छेउछाउसम्म दह्रोसँग उठाएपछि मात्र भन्न मिल्छ लालसलाम ।

म उत्तर आधुनिक समाजवादी ‘गजु’

  • by

अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर पनि उत्तरआधुनिक समाजवादी हुन खोजेको होइन । यहाँ शब्द र अर्थका सागरमा रनभुल्ल परेर तमासा हेर्ने मन खोतल्न पनि म लागि परेको छैन ।

तिम्रो चूम्बनको कसम

अरुको आलिँगनमा बाँधिएको छुईन मलाई तिम्रो चूम्बनको कसम
अरुको चूम्बकमा टाँसिएको छुईन मलाई तिम्रो चूम्बनको कसम ।

कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू

मोवाइल महिमा

  • by

सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा िहंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन् कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।

त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुद्व याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँाजेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ । आजको मान्छे भएभरको भार थाप्लोमा बोकिरहेको छ । चाहिँदोभन्दा अचाहिँदो भारले मान्छे निसासिएको छ । त्यही सांसारिक भारले थिचिएर मान्छे नालायक बन्दै छ । नियम मान्छु भन्छ अघि सर्छ । मान्न सक्दैन पछि सर्न जान्दैन । अघि बढ्न पनि सक्दैन र बाटो नै मोडिदिन्छ । मोडिएको बाटोले गन्तव्यमा पुर्याउँदैन । त्यसपछि भने संसारले एक सच्चा मान्छे गुमाउन पनि सक्छ र बदलामा एक पाखण्डी पाउँछ । अतः नाफामा हुनुपर्ने संसार घाटामा पर्न आउँछ ।

”’ त्यो चमत्कारिक झोला र नेपालको कायापलट ”’

पुरै दस वर्ष बिति सकेछ युरोपमा आएर जरा गाडिसकेको पनि । मलाई अझै सम्झना छ त्यो गाढ़ा हरियो रंगमा टिलिक्क टल्किने ‘इमिनेन्ट’ लेखिएको हाते झोला र अप्राकृतिक रूपले चाऊरिएको झैं लाग्ने अनुहार लिएर यहाँ आएको । म भने यसबीच मोटोघाटो र रातो पिरो देखिएको छु, चाउरी पुरिएर गयो तर पनि त्यो झोला र त्यसको लामो लाम्चो, दुवैपट्टि चेनवाला खल्ती भएको र त्यसलाई छिर्के मिर्के परेको छोप्ने भएको त्यसको आकार बिर्सेको कदापि छैन ।

सुखी जीवनका उपाय

  • by

महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन ।

थैलाहरूको खैलावैला

  • by

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ्गीचङ्गी लाग्थे अभागीहरू । कोही समुद्रले निल्दै गएकाले पानीपीडित बनेका थिए ।

राम्रो ‘म’ को महात्मय

कपुरी ‘क’, भकारी ‘भ’ को त्यती गुणगान नगाए पनि राम्रो ‘म’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै भ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो कि ? अनि ‘म’ राम्रो भएर नै ‘म’ लाई जताततै सजाएको हो, एकछिन त अलमल मै परें । जे होस यो ‘म’ भन्ने शब्दको प्रयोग नहुदो हो त आज नयाँ नेपालको गन्ध नै नपाउने थिए हुँला सायद । बालकदेखि बृद्धसम्म सबलाई मन पर्ने “म’ लाई हामीले मात्र कसरी नकार्ने त होईन त्यसैले ‘म’ लाई नै पुकार्दै यो गुणगान गाउन लागेको छु ।

अपराधीहरू … !

  • by

अचेल दिन नबिराई सुदूरपश्चिमेलीहरू राष्ट्रिय समाचारमा छाएका छन्, ‘आज यतिजनाले, भोलि उतिजनाले मुक्ति पाए ।’

यस्तै–यस्तै हेर्दा–हेर्दा आँखामात्र होइन सुन्दा–सुन्दा कान पनि पाकिसक्यो । मुक्तिकामी जनताको देशमा जुक्ति नै नलगाई यत्रो उपलब्धि प्राप्त गर्दा यी अलपत्र पर्न नसकेका समाचारपत्रले कोकोहोलो मच्चाउँछन् ।

मेरो प्यारो अंग्रेजी

  • by

  गाउँमा निम्न माध्यामिक विद्यालय थियो । त्यसबेला पढेका मास्टरहरू कमै मात्रामा पाइन्थ्यो । म पनि यसपाली बल्ल कक्षा तीन पास गरेर कक्षा चारमा प्रवेश गरेको थिएँ । खुशी थिएँ अंग्रेजी पढ्न पाइयो भनेर

सन्चो त हुनैपर्‍यो

  • by

पुरानो नेपालको घुस्याहासँग नयाँ नेपालको घुस्याहाको जम्काभेट भयो । दुवै एकअर्काका नजिकका सम्बन्धी नै थिए । नयाँ नेपालको घुस्याहा पुरानो नेपालको घुस्याहाको ज्वाइँ पथ्र्याे । सायद भान्जी-ज्वाइँ । अथवा बह

जिजीविषा

  • by

सम्मानित जीवन बाँच्न चाहनेका लागि जिजीविषा एक सङ्घर्ष हो । अथक, अविरल द्वन्द्व, प्रतिस्पर्धा र सम्झौताद्वारा मृत्यु पन्छाउने सङ्घर्ष । लक्ष्यमार्गमा बाधा कहाँबाट खस्छ भन्ने कुरा थाहा पाउन निकै कठिन हुन्छ । आफ्नै भनेका, हितैषी ठानेका व्यक्ति पङ्क्तिबाट जब भित्रभित्रै कैँची चलाइन्छ, तब जीवनको अर्थ फगत् बाँच्नुमा टाँक्सिन्छ र सम्मानित जीवनको भागसँग जोडिन्छ ।

विद्यार्थी शरणम् गच्छामि !

  • by

“सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझै“ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– बाबुलाई कुन ब्राण्ड चल्छ कुन्नि ? मसँग पाँचथरी मात्रै छन् ?”

हाम्रो प्यारो बाल भरिया

  • by

धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र हो । मेरो यो ताछेको आलुजस्तो नाङ्गो तालु, पोतोले राघेपाटे परेको बाङ्गो नाक, सप्तरङ्गी जुँगाले छोपेका काला ओठ, चिन्ता र अभावको छायाँ परेर हरियो भएको चाउरे अनुहारसँग यो पुटुस्स परेको बाख्राको पाठोजस्तो बच्चोलाई तुलना गर्नुलाई म चाकरीको चरम नमुना मात्र ठान्दछु ।

रेमिटेन्स, महोत्सव र महायज्ञ

  • by

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।