Skip to content

हास्यव्यङ्ग्य

अनिकालको बीउ

  • by

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।
तै मनसुन ओर्लियो ।

कुखुरा र कुखुरी को प्रेम कथा

कुखुरा :- म तिमीलाई माया गर्छु । म तिम्रो लागि जे पनि गर्न सक्छु
कुखुरी :- तिमी मेरो लागि जे पनि गर्न सक्छौ ?
कुखुरा :- साच्चै हो भन्या !
कुखुरी :- तेसो भये एउटा आन्डा पारेर देखाउन त ।

काले र भाले

  • by

एकादेशको काले गाउँमा एकदिन एउटा खाइलाग्दो अज्ञात प्राणीले विवाद प्रक्षेपण गरििदएछ । कुन लोक वा कुनचाहिँ ग्रहपिण्डबाट के उद्देश्यले किन आएछ त्यो अज्ञात वस्तु, कसैले भेउ पाउन सकेन । तर, उसले विवाद खडा गरििदयो । विवाद पनि यसरी व्यापक र तीक्ष्ण बनिदिएछ कि अज्ञात प्राणीको स्वर सुन्दै दाइ काले र भाइ काले दुवैका नेत्र बलेछन्

विरालीको शिकार यात्रा

  • by

आज पनि विरालीले त्यही गरी जो उस्का पूर्खाले युगौंदेखि गर्दै आएका थिए । वच्चाहरुलाई शान्त वस्न भन्दै आहारा खोज्न निस्केकी ऊ छिमेकीकै कुडे रित्याएर डम्डम्ती पेट हल्लाउदै आएर उनीहरु सामु ओकली दिई । छाद खाएर टन्न भए विराली सन्तानहरु । हुर्किसकेका सन्तानलाई आफ्नै सिप, सुझ वुझ जाँगर र शिकारमा भरपर्नुपर्छ, आमाको हैन् भन्ने अर्ती दिई उस्ले । त्यस्ता उपदेशहरु हरेक वाउआमाले आफ्ना सन्तानहरुलाई वर्षौदेखि दिदै आइराखेका छन् । आखिर उस्ले पनि दिने भनेको विराली वुद्धि नै त हो जो अरुलाई लागु हुदैन ।

म अदालत जान्न

  • by

सडकपेटीमा व्यापार-व्यवसाय सञ्चालन गर्ने बनियाकी कनियाले नाभिस्थलको मसल प्रदर्शित गर्दै पसल थापेर बसेकी रहिछिन् । बटुवाका आँखा न ठहरिए, त्यतैतिर भतुवा लाग्न गई हाल्यो । हेर्दाहेर्दै कलियुगी केलीको भयभीत मृगिणीका जस्ता आँखामा मेरा पापी आँखा जुधेर अनपेक्षित दुर्घटना निम्त्यायो । दुर्घटनामा उनाउ कोही परेनन्, मै अभागी परेँ ।

हाड हेरेर घाँटी छिल्नु

जमानाअनुसारको चाहना र बहाना नभए दुनियाँको सामु गोबरगणेशको उपाधि मिल्छ । सोइपरी जमानामुताविक उखानको बखान नमच्चाए भीडमा आफ्नो स्वर छुट्टै पाराले खुल्दैन । छुट्टै पाराले स्वर नखुले त्यो लबज फलानोको होस् कि ढिस्कानोको, केही माने राख्दैन । आज सबैलाई सबैको सामु आफू बिछट्टै बेग्लो र अग्लो हुनुपरेको छ । चाहे आफ्नै अर्को गोडामा कुर्कुच्चा टेकेर अग्लो भएको स्वाङ रच्नु किन नपरोस् !

झाड-फानुस तल

  • by

पार्टी उत्कर्षमा पुगिसकेको थियो । सबै इम्पोर्टेड ह्विस्कीको पेगमाथि पेग लगाइरहेका थिए । यो पार्टी केको उपलक्ष्यमा हो, मलाई थाहा थिएन । म त एक मित्रले फोन गरेकोले दगुरेर आएको थिएँ । म जस्तै यहाँ अन्य पत्रकार पनि थिए ।

लास रुङ्ने प्याज

  • by

पाइलैपिच्छे बास !
अचेल यो कुरा जताततै सुन्न पाइन्छ । हिँड्यो कि त्यो फस्यो । उठेका पैताला पुग्ने ठाउँमा सहजै पुगिहाल्दैनन् । जहाँ र जता पनि आग्लो र भड्खारोसँग मिल्नुपर्ने ।
सडक यात्रा अविश्वसनीय र त्रासद छ अचेल ।
कुनै भर र टुंगो नहुने यो देशको । कुनै ढुक्क र पत्यार नहुने यहाँको समाज । मानिस, समूह र समाजको कुनै अडान नहुने यहाँको ।
त्यसको किचाघानमा अरू पर्नुपर्ने ।

मन्त्रिनीलाई मन्त्रीको मन्त्र

  • by

मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो । तपाइ भन्नु होला महाशय! संसारभरि नै मान्यताक्रमका भाषा नभएका छैनन् तर हाम्रोमा कुनचाहिँ बुद्धि खुस्केको एनजीओले उर्दी लगायो ।

सहिद सप्ताह समाप्त

  • by

आजकल कुनै कार्यक्रम सुरु हुनुअघि, ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली एकएक मिनेट मौनधारण गरेर मात्र थालिने गरिएको छ । मैले थाप्लोमा हात राखेर यसो सोचेँ । माथ्लो दाँतले तल्लो ओठ टोकेँ, ९०’ डिग्री निहुरिएर सालिकलाई ढोगें । यो सहिद भनेको के हो ? आफ्ले-आफैँलाई मनमनै प्रश्न गरेँ । वर्षैंपिच्छे सहिद सप्ताह मनाएर सहिदको गुणगान गाएको, कान टट्याउने गरी सुन्दै आएको आधा शताब्दी व्यतित भइसक्दा पनि शब्दको अर्थ बुझिन भन्नु त लाजै मर्नु भइहाल्छ नि, भन्ने लाग्यो । एक मनले त, जेसुकै होस् ! मान्छेले गोली खाएर त मरे भने, म लाजले मर्नु परे के भो र … आरामले मरिदिउँला भन्ने जस्तो पनि लाग्यो । हुन त अहिले ‘शहिद’ शब्द पनि सहिद भएको छ ।

डेथ मिर्‍याकल

  • by

त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु पनि त्यति नै अनुचित थियो, जति नागरिकको भोको पेटका लागि अन्न होइन, पानी भए पुग्छ भन्ने आशय नेताले सम्प्रेषण गर्नु ।

पार्टी कार्यालयमा कमरेड

  • by

कम्युनिष्ट पार्टीबाट सांसदमा मनोनीत भएको केही दिनपछि कमरेड पार्टी कार्यालय पुगे । त्यहाँ साना-ठूला कमरेडहरू हुल बाँधेर उभिएका थिए । एक फुर्तिलो कमरेडले त्वरित गतिले अघि बढेर चिल्लो कारको ढोका खोले ।

जय शम्भो, ख्याक्क थुऽऽ !

  • by

उहाँको छिमेकमा विगत केही वर्षदेखि बसेको छु म । बडो धार्मिक तथा समाजसेवी प्रवृत्तिको मानिस होइसिन्छ उहाँ । उहाँलाई ‘हुन्छ’ भन्यो भने आफू पाखे हुने खतरा भएकाले ‘सिन्छ’ लगाउन म बाध्य छु । ‘सिन्छ’ समूहका शब्दहरू प्रयोग गर्दा मलाई आफू मरेजस्तै लाग्छ । उहाँसँग भेट भएपिच्छे म मर्ने गर्छु र उहाँसँग छुट्टएिपछि फेर िबाँच्छु । समाजमा बाँच्न यसरी बेलाबेलै मर्न पनि तयार हुनुपर्ने रहेछ । कसैले उहाँलाई ‘तपाईं’ समूहका शब्द प्रयोग गरेर सम्बोधन गर्‍यो भने उहाँ त्यसलाई तुरुन्तै पाखेको पगरी गुथाइदिनुहुन्छ । त्यसपछि ऊसँग दुइटा विकल्प बाँकी रहन्छन्, उहाँसँग संगत गररिहने हो भने आफू मर्ने, होइन भने दोस्रोपटकदेखि उहाँलाई कतै देखे वा भेटे नचिनेको अभिनय गर्ने ।

सप्रिएको घर

  • by

मान्छे मान्छे जस्तै थिए र नै मान्छे थिए । मान्छे त्यहाँ खान्थे, बस्थे । स्नान सुची गर्थे । उड्थे, निदाउँथे, घुर्थे, बौलाउँथे, भाँडिन्थे । कसैलाई अनिद्रा रोग थियो । रातभरि हिँडेर अन्त जान्थे बिहान फर्किएर त्यहीँ आउँथे । कसैलाई अतिनिद्रा रोग थियो । घुर्न निदाउनबाहेक अरू केही जान्दैनथे । कोही अनौठा थिए । त्यसैले उनीहरू दाँत बजाउँथे । चप्पल चलाउँथे । मुक्का खेलाउँथे । केही समयको लागि सम्झौता गर्थे । मिल्थे । फेरि चुच्चा जुधाएर ठुटै बन्थे । हात मल्थे । एकै भएको देखाउन अनुहार साटासाट गर्थे । कतिलाई बेलाबेलामा काम ज्वरो चढ्थ्यो । बर्बराइ रहन्थे । कतिलाई छारे रोगले पक्रन्थ्यो । दाह्रा किटेर फिँज काड्थे । अनि फेरि तत्कालै सद्देझैँ अँगालो मिलाउँथे । आहारिस नाउँको काँचो वायु आङमा चढेपछि फेरि तत्कालै भङ्गालो बनेर फाट्थे ।

नयाँ नेपाल ! नयाँ नेपाल ! !

“नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । कस्तो हुँदो रहेछ नयाँ नेपाल भनेर हेर्न उसले बोलायो ।

गल्ती र माफी

  • by

सरकारी कमरेडहरू गल्ती गर्छन्, त्यसपछि माफी माग्छन् । यही गल्ती र माफीको निरन्तरता नै वर्तमान सरकारको सही परिचय हो । बस्, गल्ती र माफी । फगत गल्ती र माफी । गल्ती र माफी । अरू केही होइन । दुई-चार गल्तीमा त स्वयम् प्रधानमन्त्री कमरेडले प्रचण्ड वेगले अघि बढेर माफी मागेका छन् । एउटा दृश्य त अतिशय भावुकतापूर्ण थियो । टेलिभिजनको रंगीन पर्दामा माफी मागिरहेका प्रधानमन्त्रीको छवि आफ्नो ३.५ को चस्माले नियालेर म त द्रवित नै भएको थिएँ ।

नरभूपाल जन्माउने कसरत

  • by

संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ पैसावालहरूले तय गर्ने हुनाले तिनको छनोटमा प्रतियोगिताका लागि प्रायः सुन्दरहरू कमै पर्ने गरेका छन् । यद्यपि, सुन्दरहरूका लागि पनि केही बजारमुखी प्रतियोगिता हुँदै नभएका चाहिँ होइनन् ।

आफ्नै नजरमा आफ्नो दुर्गति

  • by

‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल ।

‘जाने होइन दाइ हाइकिङ ?

मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो बाटो कतै निहुरिएर लौराले भुइँ छाम्दै, कतै बसेर घसि्रँदै हिँडेको सम्झना भयो । त्यो हाइकिङ निश्चय नै शक्तिबर्द्धक र आनन्दमय भएको थियो । वारि पाखाबाट माथि उक्लिँदा ओझेल, शीत र जोखिमको सङ्गत गरिएको थियो । पारि पाखाबाट झरेको ओरालो थियो पहारिलो, न्यानो र जोखिमरहित ।

हजूरबाउको भूत

  • by

उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैन्थ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ ।

अदना कविको सपना

  • by

अस्वस्थ कल्पनाले मानिस पागल बन्छ स्वस्थ कल्पनाले बन्छ कवि” महाकवि लक्ष्मीप्रसाद देवकोटाको यही वाक्य मनमा खेलाइरहन्छन् उनी। कविता लेखेपछि कवि हुइन्छ अनि सबैले मान्छन् भन्ने उनको विश्वास छ।
अरुको कविता उति त्यति मन पराँउदैनथे र पढ्दैनथे पनि। धेरै पढ्नु समयको बर्बादी गर्नु मात्रै थियो उनको दृष्टिमा। त्यसैले उनका कविता सधैँ मौलिक हुन्थे। सामान्य शिक्षा लिएपछि अरुको काव्य, रचना, दर्शन आदि अध्ययन गर्ने दुर्व्यसनतिर उनको रुचि गएन।