Skip to content

मुक्तक

बिबशता

चोखो माया लाउने सबै रहर बनेपछि
अमृत भनी छुँदा सबै जहर बनेपछि
चोटहरूलाई बिरहका गीतले छोप्नु पर्ने
घाउमाथि नून छर्ने शहर बनेपछि…

अरुण पौडेल
गुन्जनगर-४ चितवन

जिन्दगी, मख्ख, लालच, र बाचन (मुक्तक)

  • by

(१) जिन्दगी
जहर निले जस्तो यो साला जिन्दगी
सियोले खिले जस्तो यो साला जिन्दगी
चाहेर न अघि बढ्छ, न पछि सर्छ
कर्दले छिले जस्तो यो साला जिन्दगी।

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी
के कारण किन पुज्यौ कसरी
पुजेर पत्थर देउता नै हुने भए
आफ्नै आँसुले रुझ्यौ कसरी

अरुण पौडेल,गुन्जनगर-४ चितवन

देश भयो अखडा

बिकासले गति लिएर रोस्याट धर्तीमा झर्दैछ
सिन्धुली, ऐरको चित्कार हाम्रो बस्तीमा झर्दैछ,
मान्छेको मूल्य रहेन केही देश भयो अखडा
तुइनले बटुक नसकी थाम्न नदीमा झर्दैछ ।।

बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ

बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ
कस्तो कस्तो जिन्दगीको लेखा अनौठो छ
नमिलेको हिसाब किताब मिलाईदिन्छ कस्ले
जली-जली जिउने दीप शिखा अनौठो छ

नेपाली पहिचान

ढाकाटोपी दौरासुर्वाल नेपाली पहिचान हटाउने कुरा नगर
बीर पुर्खाले बनाएको देश यो कसैले फुटाउने कुरा नगर
राष्ट्रले रगत मागे रगत दिन तयार छौँ नेपाली हामी
फेरि नेपाली नेपालीलाई आपसमा जुँधाउने कुरा नगर

अँधेरीमा

अँधेरीमा वरिपरि तारा अनि जुन राम्रो
रोदीघरमा मादल अनि बाँसुरीको धुन राम्रो
अनेकौँ कला र संस्कृतिमा धनी नेपालीको
सयौँ बाजा अनि पाउजुको छुन छुन राम्रो

उनी

देखे उनलाई धेरैपछि चुरा पोते ला’की रैछिन्
बल्ल भेट्दा हेरिरहेँ दुई जिउकी पो भा’की रैछिन्
धेरै भा’थ्यो उन्को बारे केही थाहा नपाएको
अर्कैको पो बुहारी भै मेलापात धा’की रैछिन्

कोसिस

बिगत स्मृतिको दुर्बिनबाट हेर्ने कोसिस मेरो
मुटुभित्र बिगतलाई कोर्ने कोसिस मेरो
छिरल बिरल पोखिएका अनगन्ती सपनाहरू
आसको अन्जुलीमा सोर्ने कोसिस मेरो

मोल, हिँडे (मुक्तक)

(१) मोल:
आफूभन्दा पराइको खुशी रोज्नेहरू
देश भित्र अर्को देश रोप्न खोज्नेहरू
धिक्कार छ ती सबै बुख्याचाहरूलाई
आफ्नी आमा बेच्न भनी मोल सोध्नेहरू ।

“जिन्दगी”

हार नमान हे प्रिय अनि आँशु त्यसै खेर नाफाल
जस्तो होस् आजका दिन सन्तुस्ट मनले सम्माल,
जस्तो थियौ तिमि पहिले उस्तै देख्छु अहिले
जिन्दगीमा दुख सुख त छदै छ आत्तिएर हाम नफाल,
बितेका ति पल हरु सम्झी आत्मा लाई दुखि नबनाउ
अब आउने तिम्रा ति सुनौलो बिहानी लाई अंगाल,
नभुल तिमि बिगतमा हिडेका गोरेटो बाटो हरु
पाईला पाईलामा तिम्रो आभास हुने छ !
बार लगाउने प्रयास नगर हिडेका ति गोरेटोमा
फेरी उही पुरानो घुम्तीमा यात्रा टुंगिने छ !
अतित

पीडाहरू

सुर्योदयको बिहानीसँगै उदाउन खाजेथेँ
केवल मेरो सपनाहरू मात्र बाँकी रह्यो ।

मुटुभित्रका केही बेदनाहरू कोर्न खोजेथेँ
केवल मेरो खाली हात मात्र बाँकी रह्यो ।

मलाई.

खुशी दिने कोहि भए देउ माया उसै लाई
चाहिदैन तिम्रो त्यो नाटकीय प्रेम कथा मलाई !
आफै सजाउने छु मायाका महल अतित सम्झेर
सोध्ने छुइन तिमि लाई फेरी साथ देउ भनेर !

कति सुन्दर छन् तिम्रा ति प्रेमका कथा हरु
कता कता अर्थ बिहिन लाग्छ मलाई !
चैत्र को हुरी झैं भए तिम्रा ति माया हरु
अविस्वास को भुमरीमा नाफसाउ मलाई !

अतित ..

माया

हिमाल भन्दा अटल छ हाम्रो माया,
अनि सागर भन्दा गहिरो छ हाम्रो माया !
आकाश भन्दा निश्चल छ हाम्रो माया,
चखेवाको जोडी झैं स्वच्छ छ हाम्रो माया !
सुनी रहेका होला सुसेलिका धुन हरु,
डांडा पारी सुरिला ति सल्लाका पात हरुले !
साँची राख तिम्रा ति खाली सिउँदो,
सजाउने छु मेरा यी कोमल हात हरुले !

आज मैले छाती चिरें…

आज मैले छाती चिरें, हेरें भित्र भित्र
कुनाकाप्चा जताततै, हजुरकै चित्र
जे छु आज जस्तो छु म, पेवा हजुरकै
छोडे पागल हुन्छु म, नछोड्नु है मित्र

कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो

-१-
कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो?
मनभित्र आँधी चल्दा उड्यो भूइँको धूलो
गाँस, बास, कपासको जोहो गर्नु भन्दा बाहेक
यो छातीको माझमा बुन्या’ छैन सपना ठूलो