१. चोखो मायाँ संगालेर मुटुभित्र साँचु लाग्यो
माया प्रेमका कुरा गरी सधै भरी हाँसु लाग्यो
निराश भई बाँच्दै थिएँ एक्लो यो जिन्दगी
अचानक तिमी आयौ जुनीजुनी बाँचु लाग्यो ।
(१) बाँचेको छु
भन्छौ तिमी सधैं मुटु टुक्राएर बाँचेको छु
नबोलेरै मैले यहाँ हजार ठाउँ भाँचेको छु
कल्पनामा बहकिने शब्द जस्तो हुन्न जीवन
जिउँदो लासमा उनकै निम्ति हेर निस्वास साँचेको छु
सिङ्गै थिएँ हिजोसम्म आधा भएँ तिम्रै कारण
झिल्के भई हिँड्थे म साधा भएँ तिम्रै कारण
कति छड्के नजर हान्थे देख्ने केटीहरू मलाई
तिनीहरू सबको लागि बाधा भएँ तिम्रै कारण
फेसबुक (१)
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
“सुखी रहनु सधैं” मले फेसबुकमा लेखे ।
१.
चाह थियो सधैं आउने बिहान् उही होस् ।
दुईटै शरीर बिश्राम लिने सिरान् उही होस् ।
सास रहुन्जेल दुई किनारा भई बाच्नु परे पनि,
मृत्युपछि अन्त्येष्टिको चिहान् उही होस् ।
१,
कति छट्पटिन्छु म, हरेक साँझलाई सोधी हेर
कति गहारो हुन्छ एक्लै, बिछोडको खोल ओडी हेर
भन्न त भन्छन् सबले, धन टिप्दैछ परदेशमा,
कति मुटु दुख्छ यहाँ, आफ्नो भूमि छोडी हेर । 🙁
म जस्तो सोझो लोग्ने तिमीले कहाँ पाउली फेरि
छोड्ने आफू दोष चाहिँ मलाई नै लाउली फेरि
तिमी गए प्यास मेटाउने दुई वटी घरमा हुन्छन्
चप्पल, घडी भुलेँ भन्दै फर्किएर आउली फेरि
को सज्जन, मूर्ख को म आफैँले चिन्छु भन्छ्यौ
पैसाको त्यो घमण्डमा पिरतीलाई किन्छु भन्छ्यौ
नेताबाटै सस्तो भयो राजीनामा हाम्रो देशमा
पिरतीमा हारे पनि राजीनामा दिन्छु भन्छ्यौ