Skip to content

मुक्तक

मेरा केही मुक्तक(रुवाइ)हरू

(१)
सिरकको च्यातिएको खोल भयो गणतन्त्र
बतिबेगर अध्यारो टोल भयो गणतन्त्र
ब्यर्थै अधिकार सुम्पिएछ महाशय भनाउदालाई
बादरको हातमा नरिवल भयो गणतन्त्र।

तीन मुक्तक

१. चोखो मायाँ संगालेर मुटुभित्र साँचु लाग्यो
माया प्रेमका कुरा गरी सधै भरी हाँसु लाग्यो
निराश भई बाँच्दै थिएँ एक्लो यो जिन्दगी
अचानक तिमी आयौ जुनीजुनी बाँचु लाग्यो ।

जन्मदिन

पहिलेको जन्मदिनमा
लाग्थ्यो दिमाग भर्छु यो साल ।
अहिलेको जन्मदिनमा
लाग्छ बिहे गर्छु यो साल ।।
पछि एउटै बुढी हेर्दै
लाग्ला हिस्स पर्छु यो साल ।।।

बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)

  • by

(१) बाँचेको छु
भन्छौ तिमी सधैं मुटु टुक्राएर बाँचेको छु
नबोलेरै मैले यहाँ हजार ठाउँ भाँचेको छु
कल्पनामा बहकिने शब्द जस्तो हुन्न जीवन
जिउँदो लासमा उनकै निम्ति हेर निस्वास साँचेको छु

तिम्रै कारण

सिङ्गै थिएँ हिजोसम्म आधा भएँ तिम्रै कारण
झिल्के भई हिँड्थे म साधा भएँ तिम्रै कारण
कति छड्के नजर हान्थे देख्ने केटीहरू मलाई
तिनीहरू सबको लागि बाधा भएँ तिम्रै कारण

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

चर्चा हजुरको

देख्छु आजकल जताततै चर्चा हजुरको
छपाएकै सरह छ पर्चा हजुरको
साह्रै गोरी हुनु भाछ क्रिम पाउडरले
जान्न पाए कति होला खर्च हजुरको

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

फेसबुक

  • by

फेसबुक (१)
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
“सुखी रहनु सधैं” मले फेसबुकमा लेखे ।

मेरो मुटु पिसेर अचार बनाऊ

मेरो मुटु पिसेर अचार बनाऊ
ट्वाक्क-ट्वाक्क जिब्रो पडकाऊ
त्यही अचारमा मेरो माया
च्वाप्प चोपी क्वाप्प खाऊ
मेरो मुटु पिसेर अचार बनाऊ

पुस्कल पौडेल (प्रतिक)

चाह थियो सधैं आउने बिहान् उही होस् (तीन मुक्तक)

१.
चाह थियो सधैं आउने बिहान् उही होस् ।
दुईटै शरीर बिश्राम लिने सिरान् उही होस् ।
सास रहुन्जेल दुई किनारा भई बाच्नु परे पनि,
मृत्‍युपछि अन्त्येष्टिको चिहान् उही होस् ।

कति छट्पटिन्छु म (तीन मुक्तक)

१,
कति छट्पटिन्छु म, हरेक साँझलाई सोधी हेर
कति गहारो हुन्छ एक्लै, बिछोडको खोल ओडी हेर
भन्न त भन्छन् सबले, धन टिप्दैछ परदेशमा,
कति मुटु दुख्छ यहाँ, आफ्नो भूमि छोडी हेर । 🙁

यो कुन जुनीको पाप

कोही लाउँछन् नौ सयका चप्पल
कोही लाउँछन् हात्ती छाप
एक जोडी बेच्दा दश जोडी आउँछन्
हे ईश्वर यो कुन जुनीको पाप ।।

पुस्कल पौडेल (–––प्रतिक)

फर्किएर आउली फेरि

म जस्तो सोझो लोग्ने तिमीले कहाँ पाउली फेरि
छोड्ने आफू दोष चाहिँ मलाई नै लाउली फेरि
तिमी गए प्यास मेटाउने दुई वटी घरमा हुन्छन्
चप्पल, घडी भुलेँ भन्दै फर्किएर आउली फेरि

चार मुक्तक

  • by

(१)
गरीबका छातीमा कुल्चेर माथि जानेहरू
नि:सङ्कोच मजदुरको पसिना खानेहरू
नतमस्तक भएर कति मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरू ।

राजीनामा

को सज्जन, मूर्ख को म आफैँले चिन्छु भन्छ्यौ
पैसाको त्यो घमण्डमा पिरतीलाई किन्छु भन्छ्यौ
नेताबाटै सस्तो भयो राजीनामा हाम्रो देशमा
पिरतीमा हारे पनि राजीनामा दिन्छु भन्छ्यौ