Skip to content

लघु कथा

हाकिम साबको ब्रिफिङ

नेपालको राजनैतिक नेतृत्व, बौद्धिक वर्ग, मानव अधिकारवादी र सचेत नागरिकहरूको बर्चस्व भएको नेपालको राजधानी काठमाडौ राजधानीको मुटुमा अँझ भनौ देशको बागडोर सम्हालेका कैयौ प्रधानमन्त्री र मन्त्रीहरूका बिविध योजना सहित समुन्नत सुन्दर नेपाल बनाऊन अहोरात्र निरन्तर खटिरहेको सिंहदरबार ! र ठ्याक्कै सिंहदरबार अगाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको गेटबाट भित्र पस्ना साथ बायाँपट्टिको भवनको एकतला माथि एस एस पी साबको कार्यकक्ष बाहिरको वरण्डामा उनको सुरक्षामा खटिएको अंगरक्षक उभिइरहन्छ ।

भोक र डाक्टर

झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो ।

रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता नलागेपछि फेरि भिडियो एक्सरे गरेर हेरियो । त्यो मान्छेको पेटमा सुनामीजस्तो मडारिरहेको भोकको डरलाग्दो रुप देखा पर्यो ।

सेतो सिन्दूर

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ ।

मूल्याङ्कन

लघुकथा
मूल्याङ्कन
अलिक अस्तिको कार्यक्रममा उनले कविता सुनाउने अवसर दिइयो तर कसैले पनि ताली बजाएनन् न टीकाटिप्पणी नै गरे । लुरुक्क परेर सुनाइसकेर बसे दर्शकदीर्घामा ।
भर्खरै भएको कार्यक्रममा ता उनले गजल भनेर नै एक रचना सुनाए । तैपनि उति महत्व दिएन सभाले । केटौलेहरूले नाक खुम्च्याएको देखियो । अलिक दिक लाग्यो उनलाई ।
हार खाएनन् । एक दिन न एक दिन कसो मेरो रचनाको मूल्याङ्कन नहोला त भनेर निरन्तर लागिरहे । गोष्ठीहरूमा सुनाउने अवसर पर्दा सुनाउन पनि छाडेनन् । तैपनि उनका रचनाहरुमा न ताली बज्छ न स्यावासी नै हुन्छ ।

परमपदका लागि रचनादान

परमपदका लागि रचनादान
बुहारीले राती आठ बजेतिर ससुराबालाई तातो दूध लगिदिएको बेला पनि बूढा मान्छे आइप्याडमा केकेजाति लेखिरहेका छन् ।
“कति लेखिरहनु भएको हजुरले ?”
“हैन त्याँ एक जनाले लेखिदिनु भनेका छन् अनि पो ।”
“एक जना भनेको को हो नि । कताका हुन् ?”
“नेपालकै हुन् ।”
“अनि उनका लागि उनै लेख्तैनन् र ?”
“लेख्ने उति ढङ्ग पुर्याउँदिनन् तिनले ।”
“लौ कुरा खुस्किगो नि । महिलालाई पो लेखिनुभएको रहेछ ।”

मनको डर

“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।

“गाउँमा हावापानी राम्रो छ, आफ्नै रेखोपाखोमा उब्जिएको ताजा खानेकुरा खान पाइन्छ,” यसो भन्थे साथीहरू ।

दिलमायाको अधुरो सपना

पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग भनौ उसले एनकेन प्रकारेण गरेर एसएलसी कटाएर नेपाल आएको थियो । उसलाई नेपालको बारेमा त्यति थाहा थिएन तापनि पढेलेखेका मानिसको कमिको कारणले गर्दा शिक्षक जागिर सहजै प्राप्त गरेको थियो । यही यौग्यताको भरले उसले दिलमायालाई विवाह गर्ने सौभाग्य पायो ।

FB_IMG_1586516128411

राहत

लघुकथा ः राहत
“आमा आज चामल र दाल ल्याउने हो नि ?” राजनले आमालाई सोध्यो ।
“खै बाट्ने भनेका हुन् क्या र मालतीले जवाफ फर्काइन् ।”
राजनलाई दाल र भात औधी मन पर्छ । दश बज्नै लागेको थियो, मालती छिमेकीले हिजो छाक टार्नलाई दिएको चामल पकाउने तयारी गर्दै थिइन् । वडा कार्यालयले राहत स्वरुप केही खाद्यान्न दिने भनेपछि उनीलाई आज वडा कार्यालयतिर जान हतार थियो ।
श्रीमाङ्को मृत्यु पछि मालतीका सुखका दिनहरू कहिल्यै फर्किएनन् । घरको छाक टार्न उनी मजदुरी गर्दथिन् तर सरकारले गरेको लकडाउनले सबै काम ठप्प थिए । अब त सबै घरका भाडाहरू खाली छन् । साँझ खाए बिहान के खाने भन्ने कुराले पिरोल्छ उनलाई ।

धनपति काका

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । लकडाउनले ज्याला/मजदूरी गर्नेहरुको चुलो बन्द भएको कयौं दिन भइसक्यो । सरकारले राहत दिने हल्ला चलाएसँगै नाम लेखाउनेहरुको तछाड–मछाड शुरु भयो । हुनेखानेले समेत आ–आफ्नो नाम लेखाएका छन् । कतिपय स्थानमा राहत बाँड्न थालेपछि झडप र हानाहान समेत भएको छ । हाम्रा गाउँका छिमेकी धनपति पसले काका पनि राहत पाउँने दौडमा सामेल भएका छन् । उनी गाउँकै धनपतिमध्येमा पर्छन् । अहिले पाको उमेरका कारण उनी मरणासन्न अवस्थामा छन् । जीवनभरि उनी धनकै लागि दौडधूप गरिरहे । जीवनको अन्तिम अवस्थामा पनि उनलाई धनकै चिन्ता थियो । अँझ, सरकारी राहत पाए हुन्थ्यो भन्ने चाहना उ

HemRajSharma

खाेट

रातभरि कामको थकाईले बिस्तारामा भर्खरै पल्टेको थिए । म्यासेजको घण्टी बज्यो । हेरेको म्यासेञ्जरमा रहेछ ।

“अतित कता हो तिमी ?” समिक्षाले म्यासेज गरेकी रहिछ । समिक्षा र मेरो कुराकानी हुन थालेको करिब २ वर्ष जति हुँदै थियो । कहिले फोन कल हुन्थ्यो भने कहिले म्यासेञ्जरमा । अँझ भन्नु पर्दा हामी दुवै एक अर्कालाई माया गर्दथ्यौ । कलेजमासँगै भेट भएको हामी दुवै ।

माइन सेबोटेज

आरम्भ

‘‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि जे गर्नुपर्ला गरौँ ।’’

श्यामजीको चेतावनीलाई मैले पूरै वेवास्था गरेको थिएँ र भनेको थिएँ, ‘‘माथिको आदेशले त हामी बिग्रियौँ । भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’’

स्वर्ग

कान्छो हजुरबाको जीवनमा घटेको यो कथा मेरो हजुरआमाले सुनाउनुभएको थियो । यो २००३ सालको कुरो हो । त्यतिबेला देशमा राणा शासन थियो । कान्छो हजुरबा त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो ।

सबै जहानहरू साँझको खाना खाइवरी घरको तल्लामा लहरै सुतेका थिए । कान्छा हजुरबा सबैभन्दा कुनामा ओछ्यान लाएर सुत्नुभएको थियो । बिहान सबैजना चार बज्दावर्दा उठिसकेका हुन्थे । तर, त्यो दिन कान्छा हजुरबा ढिलासम्म उठ्नु भएन । घरका ठुलाहरुले उठाउँदा उहाँ चुपचाप सुतिरहनु भयो ।

निर्दागी

उसले भगवानको लामो तपस्या गर्यो । उसको कठोर तपस्या देखेर भगवान खुशी भयो र उसको अगाडि प्रकट भएर बोल्यो, ‘भन बाला ! तिमी के माग्न चाहन्छौ ?’

उसले खुशी हुँदै भन्यो, ‘हे ईश्वार ! म यो संसारमा सबैभन्दा सज्जन भएर बाँच्न चाहन्छु । म खोट बिनाको निर्दागी जीवन जिउन चाहन्छु ।’

फिलिङ

अचम्मको लाग्थ्यो मलाई मेरा बाको बानी ।

दशैंसँगै हाम्रा लागी नयाँ कपडा घरमा आउँथे तर बाका लागि आउँदैन थिए । अनि आमा गनगनाउनु हुन्थ्यो-“आफुलाइ पनि यसो एकजोर नयाँ लुगा हालेको भा’ हुँदैन थ्यो ? कति लोभ गर्न सकेको ?”

समय

“रामे ! मैले भनेको काम गरिस् त ?”
“गरिसकें हजुर ।”
“रामे ! मेरो घरमा हजुर बाको पुण्यतिथि आउँदैछ, यसो टपरासपरा गाँस्नओर्न तेरी जहानलाई पठाईदे है ।”
“हस् हजुर, भोलिदेखि नै खटाइदिन्छु।”
“ए, साँच्ची ! तेरी बुढी तँभन्दा कति वर्ष कान्छी अरे ?”

जब ड्रोनले एउटी बच्ची लिएर आयो

यतिबेला म आफ्नै गाउँमा छु र आज गाउँका बचपनका भाइसाथीहरुसँग यसो निस्दी खोलाको किनारतिर घुम्न निस्केको, खोला निकै उर्लेर आएको रहेछ ।

शायद लेकतिर ठुलै पानी दर्किरहेको छ जो, कोहीलाई खोला तर्न मुस्किल छ । हामी त्यही खोलाको किनारको हरियो चौरमा गफ गरेर बस्यौं । हामीले विभिन्न रमाइला गफगाफ गरिरहेकै बेला एउटा ड्रोन परबाट हामी भएमाथि हुत्तिदै उड्दै आयो । ड्रोनले केही पार्सल जस्तो ठुलो प्याकेट समेत झुण्ड्याएको थियो ।

मालरोड

पुसको कठ्याङ्ग्रिने जाडोपछि आज माघे संक्रान्तिको दिन बल्ल अलि न्यानो छ । बिहानको १० बजेको छ, घामको न्यानोमा नुहाउदैछन् सबै अनि म न्यु महाकाल मार्केटको मुखैको लामो हरियो रंगको बेञ्चमा । समय बलवान छ, समयका बलिया पाखुराहरुले हाम्रो चौरस्ताको रुप बद्लिएको छ । चारैतिर कङ्कृटका ठुला ठुला अटालिकाहरु, अनि चौरस्ता भित्रै गुडिरहने तीन चक्के इलेक्ट्रोनिक कार । समय बद्लियो, सत्ता र विचारपनि बस् बद्लिएको छैन त भानु र भानु जस्तै जनता जसले चुपचाप सहिरहेछ र हेरिरहेछ बद्लिदो दार्जीलिङ अनि बद्लिएको छैन मेरा यी दुई आँखा जसले बिगत ५० साल देखि त्यही बेञ्चबाट हेरिरहेछ देखिरहेछ मान्छेहरू र चौरस्ता । प्रत्येक दिन मेरा आँखा खोजिरहन्छ ….. अर्को आँखा ।

जोइपोइको उखर्माउलो

फागुन महिनाको उराठिलो दिन सुरु हुँदै थियो, वरपरको वातावरण अलिक सुक्खा र तुवाँलोले छोप्न थालिसकेको थियो। रुखका पातहरू झर्न थालेका थिए । हिउँदे बालि थङ्क्याएर रित्तिएका खेतबारीहरू नाङ्गा देखिन्थे माथितिरको जङ्गलमा एकोहोरो न्याउली कुर्लेर वातावरणलाई झनै उराठ बनाउँदै थियो । भानु माथि थुम्कोबाट आफ्नो घर नियाल्दै झरिरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै फाँटमा झर्दै थियो। उसको मन पनि भर्खरै पात झरेर सिख्रै भएको सालघारी जस्तै उजाड लाग्दै थियो।

समवेदनापत्र

बस्नेत सर यातायात क्षेत्रका निकै नामी हुन् । उनका पिताको निधन भएको हुँदा छिमेकका मित्रसमूहले सममवेदना व्यक्त गर्ने निधो गरे । समवेदना तयार गर्ने जिम्मा संस्थाकी अध्यक्ष सुलोचनालाई लगाइयो । अनि उनले पनि आफ्ना पतिलाई यो जिम्मा लगाइन् र भनिन्-

“हेर्दा अलिक आकर्षक हुनु पर्यो । भरसक चाँदी जस्तो टल्कने फ्रेम नै लाइदिनू । सबैकोभन्दा राम्रो र आकर्षक हुनुपर्यो । पैसाको चिन्ता नगर्नू । माथितिर कविशिरोमणिको त्यो छ नि कवित्त ‘कालले टपक्क टिप्यो’ भन्ने, हो त्यो हालिदिनू । राम्रो रङ्गीचङ्गी र सानदार फोटो हुनु पर्छ मृतकको । राम्रो फोटो छानेर अनि हेरेर हालिदिनू । सबै मिलाउनू र लिएर आउनू । लु बेहोरा लेखिदिनू त ।”