Skip to content

लघु कथा

देवता (लघुकथा)

लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।

अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरि सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो ।

बालश्रम

“हेर्नुहोस् अँझ पनि म भनिरहेको छु । हाम्रो लागि यो बडो लाजलाग्दो कुरा छ । हाम्रो समाजबाट बालश्रमलाई कसरी निर्मूल गर्ने भन्ने कुरामा हामी धेरै सचेत छौ । वास्तवमा यो हाम्रा लागि मात्र नभई सारा दुनियाँकै लागि लाजमर्दो कुरा हो । बालश्रम र बाल शोषण जसरी पनि अन्त्य हुनुपर्छ ।”

“तपाईको भनाइ शतप्रतिशत सही हो । यसबाट हामीहरुले अन्तरराष्ट्रिय रुपमै इज्जत गुमाइरहेका छौ । होटलमा हेर्नु बालश्रमिक उत्तिकै छन् कारखामा हेरौ वा धरेलु कामदाका रुपमा हेरौ सवितर नै । बालबालिकाको सबै अधिकार पनि हामीहरुले लुटिरहेका छौ । उनीहरुले पढ्न पाउनु पर्ने खेल्न पाउनु पर्ने र अन्य समाजमा बसेर श्रमरहित जिन्दगी बाँच्न पाउने अधिकार पनि हामीले सबै बर्वाद पारिदिएका छौ ।”

मावल को मुर्कुट्टा

मावल घर सम्झदा स्मृतीमा रहेका पुराना धमिला चित्रहरु मानपटलमा सल्वलाऊन थाल्छन् । मामाको घर एकान्त जंगलहरुको बिचमा थियो । वरीपरि जंगलै जंगल ,घर मास्तीर एऊटा साँघुरो बाटो । दिऊसै अध्यारो जस्तो महसुश हुन्थ्यो । अझ मामाहरु भन्नुहुन्थ्यो राती राती त त्यो घरमाथिको बाटोमा मुर्कुट्टा हिड्छ रे । कुनैबेला मध्ये रातमा रुदै रुदै नानीहरु हिड्छन् रे ।

मावलमा रात बिताऊनु पर्दा मलाई साह्रै सकस पर्थ्यो,भलै म आमासँगै सुतुं;मुर्कुट्टाको भयले रात खटपटीमै बित्थ्यो ।

Dv lottery

भुतभुताऊदै ऊ बाल्टि बोकेर गाई धुहुन हिड्यो –

” यी बुडा पाकालाई के थाहा डिभी भनेको के हो ? पख न सेकेन्ड लेटर मात्र आओस न । मैले जानेको छ ।”

काठमाडौंको रत्न राज्यलक्ष्मी क्यामपसमा नेपाली बिषय लिएर बि ए पढ्दै थियो ऊ। ऊ एकदमै अल्छे थियो । करैले मात्र पढ्न चाहन्थ्यो । थाहा छैन आई ए कसरी पास गर्यो । नेपाली बिषय सजिलो हुन्छ र पास गर्न सकिन्छ भनेर मात्र ऊसले यो बिषय छानेको थियो । बिए शुरु गरेकै बर्ष ऊसलाई डिभी पर्यो । अब केलाई पढिराख्नु पर्यो भनेर ऊ घर तिर लागेको थियो ।

दुधको भाउ

छोरो बा को छेउमा गएर “बा भाउ बढ्यो भनेको के हो?”
“किन चाहियो यसलाई ?”
“भन्नु न”
“भाउ बढ्यो भनेको पैसा बढ्यो, के भन्छ नि दाम बढ्यो भनेको के मोरा” ग्वाला हाँस्दै भन्यो
“उसो भए बा, दुधको भाउ बढ्यो रे, अब हामी पनि धनी हुन्छौं हैँ ?”
“कसले भन्यो बाबु तिमिलाई यस्तो कुरा ?” ग्वाला झस्कियो
छोरो जान्ने पल्टिदै “त्यो हाम्रो बा को रेडियोले भनेको नि”
ग्वाला रातो अनुहार पार्दै “कहाँबाट बढ्नु दुधको भाउ, त्यो त शहरमा पाइने प्याकेट दुधको भाउ मात्र बढेको हो नि । यो दुध त उहि ४० रुपैयाँ लिटर नै छ नि ।”
बा खोले पकाईरहेका थिए
गाई पराल चपाईरहेको थियो
छोरो फेरि रेडियो बटार्न पुगिगयो

घरबेटीकी छोरी

“इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी,” भातको कुकरमा सिटि लगाउनसमेत अल्छी लाग्ने मलाई अचार-तरकालीको स्वाद चखाँउने ऊ नै त हो। आहा, कस्तो मिठो पकाउँछे; घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखैअगाडि उसले मुख कुचुक्क पार्दै हात नचाँई। सेतो दाद आएछ।

बाढी

पुल छोप्ने गरी खोला बढ्यो ।
(सबैजना आत्तिएर चिच्याइरह्या ।)
हाम्रोमा बाँध छैन नि त्यसैले
हरेक साल यस्तै त्रास छ
ब्यारेजको ढोका खोल्नु नि फेरि विस्तारवादको अनुमति चाहिने होला फेरि
निन्द्रामा पनि ऐठन हुन्छ साला
अब तमासा नदेखाऊ
बाँध बनाऊ ठीक हुन्छ, ब्यारेज खोल ठीक हुन्छ
एक वर्षमा राहत सामग्रीले जत्ति पनि पर्याप्त छ
यो साललाई भयो भयो अर्को साललाई गर सालाहरु
हेरहेर वस्ती नै बगाए जस्तो छ
पलङ, बाइक, गुन्द्री, गाइभैँसी, खतारा पार्टस,
हेर हेर मान्छे पनि थुप्रै पौडन नजान्नेहरु बगाए्
पौडन नजानेर होइन थला परेर हो
कति त निन्द्रामै थिए होलान् त्यसैले होला

धुम्रपान मुक्त नगर

लघुकथाः धुम्रपान मुक्त नगर

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे । लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो ।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेश अनुसार केटी दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।

RajKamal1

खुट्टा (अनुदित लघुकथा)

बस बिसौनी मा बसिरहेकी त्यो नवविवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई । अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो-मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
“के भो र यसरी निन्याउरो हुनु भाको ?” पत्नीले निकै पटक सोधिसकिन् खेमजीलाई । तर उनी घर फर्किएर आएपछि यत्तिकै घोरिएका छन् । बोलेका छैनन् । फेरि पनि उनले खेरिन्- “हन के भो ! किन नबोल्नु भाको ? भन्नू कुरा के हो । केही भयो कि चूप लागेर बस्ने बानी छ…..!”
निकै खेरखारपछि खेमजीका मनका कुरा बिस्तारै प्रकट भए-
“कस्तो साइतमा हिंडिएछ । अहिलेसम्म सम्झनासाथ रौं ठाडा भइरकेका छन् !”
“कुरा के हो भन्नु न त !”

नारीदिवस

बेलुका चाँडै घर पुग्छु भन्दाभन्दै प्रवेशजीलाई घर पुग्न ढिलो भो । डराउँदै डराउँदै घरमा पसे । पस्नासाथ डाँट आइलाग्यो—
“अनि किन यति ढिलो भो आज ?” पत्नीको प्रश्न थियो ।
“फोन गर्दा कतिपटक काटेको ? बरु भ्याउँदिन भनेको भए ता हुन्थ्यो नि ! ?” उनी अझ तिखो वचनमा कड्किइन् ।
“हैन, बाइकमा थिएँ, कता उठाउनु नि बाटोमा ? तिमीले नै भनेको हैन बाइकमा हिंडेको बेला फोन नउठाउनु भनेर ?”

माया (लघुकथा)

एउटा गाउँ थियो जहाँ एक जोडी बुढा बुढी बस्दै आएका थिए। बुढी सोझी अनि इमानदारी थिइन्। तर बुढा भने अलि खराब अनि जँड्यहाँ पाराको थियो। उनीहरुको सन्तान भने थिएनन्। यसै कारणले हो कि बुढो अलि पिउने गर्थ्यो।

नहुनुभन्दा कानो मामा ठिक

भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् अभागी ! आमा टोकिहालिस् अब कसरी बाँच्छस् भन्थिन् । उसलाई के थाहा आमा टोकेका कुरा । ऊ भोक लाग्यो भन्थ्यो र रुन्थ्यो ।

पल्लाघरे आमै दयालु थिइन् । खाजा बनाउन लागेको भए खाजा, बिहानको खाना भए खाना ला खा भन्थिन् । उनको भन्थिन्, ‘अर्काका पुतको कल्याण गरे मात्र आफ्ना पुतको कल्याण हुन्छ ।’

यस्तो पनि हुन सक्छ !!

वर्णनात्मक लघु कथा
बालकलाई डल्ले भनिन्थ्यो । भर्खर दुई वर्ष लाग्दै गरेको भए पनि छोरो बडो चञ्चल थियो । उभिएर हिंड्न थालेको केही महिना भइसकेको थियो । हरेक कुरा चलाउने छुने खोल्ने तान्ने च्यात्ने पोख्ने फ्याँक्ने भाँच्ने आदि कुराहरुबाट ज्ञान हासिल गर्न बालखको दिमाग तीब्र थियो । तातो चिसो छुनु हुने नहुने गर्ने र नगर्ने आदि कुराको ज्ञान उसमा पसिसकेको थिएन । बडो प्यारो र खेलाऊँ खेलाऊँ लाग्दो थियो तापनि कसैको काखमा अडिन छोडेको थियो । डल्ले नै एकजनाको ढुक्क ड्युटी थियो ।

प्रतिशोध

“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।

बाइस वर्षअगाडि प्रभात र म हात्तीसार क्याम्पसमा आइएस्सी पहिलो वर्षमा सँगै पढ्थ्यौ। ऊ हेर्दा हाइफाइ र स्मार्ट थियो । ऊ मधेसबाट पढ्न आको म पहाडबाट। हाम्रो चिनजान औपचारिक मात्र थियो।

वातावरण

अस्तिसम्म एसएलसी भनिएको र अहिले खै के भनिएको कुरा छोरीले राम्रो ग्रेटमा उत्तीर्ण गरेको हुँदा घरमा विद्यालयबाट छोरी माग्नेको लस्कर लाग्नु अघि नै एक नामी उच्च विद्यालयमा छोरीलाई लिएर गए प्रेमबहादुरजी । स्कूलको कम्पाउन्डमा पुग्दा बाहिरैको दोकानमा केटाकेटीहरुको भिड रहेछ । सबै हेर्दा स्मार्ट नै छन् । टाइ लगाएका छन् । राम्रो परिधानमा छन् । घुँडा च्यातिएको लुगा पनि लगाएको छैन । स्कुल ठिकै लाग्यो ।

पतिपत्नीका सहकार्य

“…..हजुर नमस्ते सर । आज मेरो अन्तर्वार्ता छ… हजुर, हजुर गृहस्थ भन्ने च्यानलमा हो । यसो हेरेर प्रितिक्रिया दिनुहोला ।”
टेलिभिजन अन गर्दै पुष्पजीले आफ्नो साथीलाई फोन गरे अनि भान्सामा केके गरिरहेकी पत्नीलाई बैठकबाटै कराए “ए निर्मला लौ न अलिक छिटो गर । खाँदै हेर्दै गरौं । अन्तर्वार्ता आउने बेला भइसक्यो ।”

भाषणमा पहाड फोरिन्छ

“जात गोत्रथर पनि कसैले परिवर्तन गर्दैमा परिवर्तन हुन्छ ? मान्छे जुन परिवारमा जन्मियो उसको त्यही थर हो, जात हो र त्यही गोत्र हो । हामी महिला उहिल्यैदेखि सट्टापट्टाको वस्तुजस्तो हुँदै आएका छौंं । लोग्नेको चैं जात, थर गोत्र उही रहने अरे हामीले चैं बिहे गरेपछि फेरिनु पर्ने अरे । हामीलाई यो कुरामा अपमान र अन्याय गर्न पाइन्न….”

बिदेशिएका घाउ (लघुकथा)

“आफ्नो सपना पुरा गर्न विदेश आएको त अहिले घर फर्किन पो सपना भयो,” वीरेन्द्र भोड्का को चुस्की लगाउदै साथीहरुलाई सुनाउदै थियो ।

वीरेन्द्रको भनाइमा ऊ केवल दुई वर्षको लागि विदेश आएको थियो तर देशमा बढ्दो महंगी, असुरक्ष्या र पैसाको लोभले उसलाई अहिलेसम्म विदेशले जकडी राखेको थियो ।

DawaTenpaSherpa

मध्ये राति एकल यात्री

मध्येरातको समय थियो, एकजना युवती आफ्नो घर जानको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सी थिएन । युवती एकदम डराइन् । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल भुस्यहाँ कुकुरहरू भुकिरहेका थिए । टिर्र-टिर्र गर्दैं झ्याउकिरीहरू कराउँदै थिए ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्यो । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकिनन् । युवती झन् डराउन थालिन् ।