Skip to content

कथा

एहसास

  • by

उसले निकै गम्भीर हुँदै भन्यो, “बल्ल मलाई एहसास भयो हजुर ! आजभोलिका केटीहरूको मानसिकता समाप्त नै भएको हुदो रहेछ । त्यसैले त आज उनीहरू पैसा र नोकरीको लागि सबैथोक दिन तैयार हुन्छन । त्यसमा हामी जस्ता सिन्दा र सोझा मान्छेलाई भने प्यारको नाटक गरेर रफूचक्कर हुन बेर नै लाग्दैन नि !”

Read More »एहसास

मनमा हिंसा

  • by

केही दिन पहिले म एक सूफी कहानी पढिरहेको थिएँ । एक युवक थियो । जतिखेर ऊ समुद्रको किनारमा जान्थ्यो, त्यतिखेर हजारौँ पंक्षीहरू उसको साथमा आएर खेल्थे । उसको काँधमा सवार हुन्थे । उसको सिरमा बस्थे । नाँच्थे र आनन्दित हुन्थे । यो अनौठो दृश्य थियो ।

Read More »मनमा हिंसा

सजिलो उपाय

लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई । ” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।

Read More »सजिलो उपाय

प्रोमिस

  • by

राजेश अफिस जान तयार हुँदै थियो । उसको लुगाफाटोको ठेगान थिएन । ऊ झोक्किदै श्रीमतीलाई एक एक कुरा सोधिरहन्छ। श्रीमती रमा पनि दिक्क मान्दै,”सबै थोक खोजी दिनु पर्ने लाएर फुकालेपछि ठेगानले राख्नु पर्छ नि! अनि पो भेटिन्छ,” भन्दै कपडा खोजेर दिन्छे।

Read More »प्रोमिस

हिस्स बुढी हरिया दाँत

  • by
LaxmiRijal

आफ्नै घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाइरहेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा प्रेषित ‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’

Read More »हिस्स बुढी हरिया दाँत

पण्डितजी

  • by

“जय हो ! जय हो !” माइकमा ठुलो आवाज आयो । पण्डितजी व्यासासनबाट बोल्दै अघि बढे । बीचबीचमा पण्डितजीले भन्दै गए, “राधे ! राधे !” उनका छेउमा एक अर्का सहायक पण्डितजी पनि बसिरहेका थिए ।

Read More »पण्डितजी

कस्तो मङ्सिर ?

  • by

देउराली डाँडामा बसेर काइँला बा तोस्रोमा सिमेन्टी बोरा च्यालेका त्यान्द्राले पोया लगाउँदै थिए । बस्तु पाखातिर लखेटिएका थिए । माइला दाइ टाट्नाका किला काट्न जङ्गल पस्दै थिए ।

Read More »कस्तो मङ्सिर ?

नुनको पुतला

  • by

मैले सुनेको छु – एक समुद्रको किनारमा भारी मेला लागेको थियो । धेरै मानिस आएका थिए र समुद्रको किनारमा ठुलो भीडभाड थियो । मानिसहरुको बीचमा ठुलो विवाद परेको थियो ।

Read More »नुनको पुतला

अभावपूर्ति

  • by
GarimaAcharya-02

‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’

काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।

Read More »अभावपूर्ति

माइला बाको डोको

  • by

“ए माइला! डोको लिन घरसम्म आइपुगे, तयार छ कि के छ?” एकबिहानै झिसमिसे उज्यालोमा माइला बाको घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति।

Read More »माइला बाको डोको

चार ज्वाइँ

  • by

बिहानको ठिक एघार बजेको समय थियो । पिठे निक्कै हतारमा घर फर्कदै थियो । उसका दुवै हातमा चार पाँच ओटा पारदर्शी झोला थिए । सबै झोला भरी खाध्य सामान सवार थिए ।

Read More »चार ज्वाइँ

प्रौढ खेल

  • by
LaxmiRijal

“हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?”

“किन अनुमति मागेकी प्यारी नातिनी ?”

“म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।”

Read More »प्रौढ खेल

परिवर्तनको गुरु

  • by

‘सडे गलेका सामान हजुर, सडे गलेका सामान’ कवाडी बटुल्ने रहमान यसरी नै हल्ला गर्दै दिनहुँ गाउँ घुम्छ । केही न केही सामान बटुलेर घर लैजान्छ ।

Read More »परिवर्तनको गुरु

गुच्चिने अँखौटा

  • by

कृपया शान्त भएर सुन्नुहोस् कि यो ६ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

Read More »गुच्चिने अँखौटा

आयो, आयो

  • by
RajeshBidrohi-Rajbiraj

‘आयो अनि आयो ! सबै आउनुस् । मौका पर्खँदैन । हुने कुरा टारेर टर्दैन । माग्न मिल्दैन । चोर्न सकिँदैन । सोझै भन्नुपर्छ । नढाँटी २/४ पैसा कमाउनुपर्छ । आउनुस् ।’

Read More »आयो, आयो

समाज र सपना

  • by

म सपनाको बिउ छर्ने मान्छे हुँ । बिनाबिउ बिरुवा हुन्न । विनासपना मान्छे जिउँदो रहन्न । म मेरा मान्यता रामटोलका भुलर राम समक्ष व्यक्त गर्थेँ । म संकटकालमा १०–१५ दिन रामटोलमा लुकेको थिएँ । प्रहरी र सेनाले भेटे तारो बनाउँथे । हाम्रा नेताका टाउका निकै महंगा भएका थिए ।

Read More »समाज र सपना

छठ पर्व

  • by
GazalAcharya

यसपालाको दशैँ र तिहार मामाघरमै मनाउने भइयो । मेरो मामाघर पूर्वी तराईको सप्तरी जिल्लाको रूपनगरमा पर्छ । तिहार सकिनासाथ फेरि चारैतिर झिलीमिलीले रमाइलो वातावरण बनाएको थियो ।

Read More »छठ पर्व

निर्मित दुर्घटना

  • by
LaxmiRijal

“म केही जान्दिनँ । साली भेनाको आधा घरवाली हो भन्दै फकाउनु भो । शुरुमा नशालु चकलेट खुवाउनु भो । अहिले यो हालतमा ल्याउनु भो । जे निर्णय गर्दा मेरो हित हुन्छ त्यही गर्नुहोला ।”

Read More »निर्मित दुर्घटना