रातले छलेको जुनकिरी
सुख भोग गर्नेहरूभन्दा दु:ख भोग गर्नेहरूको कथा धेरै हुन्छ । दु:खी त राजाहरू पनि हुने गर्छन् । सुख र दु:ख विश्वव्यापी अनुभव हो । मानवताको कसी हो ।
मेरो घरमा सोलार प्यानल बिग्रेको छ । बिजुली आउँदा वाटर हिटर चलाएर पानी तताउँछु, र एक बाल्टी चिसो पानी मिसाएर डेढ बाल्टी पानीले नुहाउने काम गर्छु । तर आज तातो पानीले नुहाउने साइत जुरेको छैन, कारण लोडशेडिङले गर्दा हो ।

बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ ।
-पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो।
तीन दिन लगातार हिँडेका थियौं हामी । शरीर थाकेर थिलोथिलो भएको थियो । खुट्टा दुखेर टनटन गरिरहेका थिए । तर, मानसपटलमा खप्तड क्षेत्रका अलौकिक दृश्यहरू संगालिएका थिए । त्यहाँका सुन्दर छठाहरू मनमा छापिएका थिए । त्यसैले हृदय तृप्त थियो । मन शान्त थियो र आत्मामा छुट्टै उर्जा भरिएको थियो ।
सबैभन्दा पहिला रत्नपार्क पुगेको घरलाई ‘क’ भन्यौँ । निकै दुःखी देखिन्थ्यो ऊ । भूकम्पपछिका परकम्पहरू आउँदै थिए । ‘क’का जोर्नीहरू खुकुलिँदै थिए । आफ्ना हल्लिँदै र छुट्टिँदै गरेका अङ्गहरू देखेर छट्पटिनु सिवाय केही गर्न सक्दैन ऊ । जब भूकम्पको घच्घचाइले दायाँबायाँका घरहरूलाई अँगाल्ला जस्तो देखिन्थ्यो ‘क’ तब आफ्नै घरलाई यमराज ठानेर कहालिँदै भागेको थियो उसको साहु । साहुको त्यो आतंकित व्यवहारले झन् नूनचुक थप्यो ‘क’का घाउमा ! अब ऊ आफ्नो मनलाई शान्त राख्न चाहन्थ्यो, तर पटकपटक आउँदै गरेका परकम्पले उसको मुटुलाई घोचिरहेका थिए । उसको भयभित दृष्टि वरपर दौडँदै थियो ।
आज भुराभुरी र बूढाबूढीहरूबाहेक अरु सबैको हातमा छ मोबायल । कुनै बेला यो मोबायलले बोक्ने मान्छेको हैसियत देखाउँथ्यो । त्यो मान्छे कुन तह र वर्गको रहेछ भन्ने कुराको जनाउ दिन्थ्यो । तर अहिले यसबाट त्यो पुरानो अर्थ हटिसकेको छ । जसको हातमा पनि देखिन्छ मोबायल, चाहिएन अब कुनै हैसियत यसलाई हातमा लिन । पहिले चोरहरूको चोरिने वस्तुका रुपमा पनि यो थियो । अहिले ता उनीहरूलाई पनि महत्वको मूल्यवान् कुरा भएन । गाउँ, सहर, बस्ती सबैतिर यसले छाएको छ । श्रमिक, किसान, मजदुरहरूमा पनि यसको पकड छ । युवायुवतीको हातको कुरै छाडौं, उनीहरूलाई ता यसले संसार नै देखाइदिन्छ । म हजुरबा भइसकेको मान्छेको हातमा पनि यो रहन्छ सधैं । कहिलेकाहीं यसले सारै ठुलो गुन पनि गर्छ । अनि बैगुन… ?
दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो ।
साँझ दिन ढल्दै गएको एउटा सुचक पनि हो र यो पनि ध्रुवसत्य हो कि अब एकैछिनमा हामी बसिरहेको यो धरातलमा बिस्तारै सन्नाटा छाउनेछ । म उनलाई भारी मन लिएर पर्खदै थिए किनकि आज त्यो सधाको साझ जस्तो थिएन, जहाँ एउटा पीडा लुकेको थियो र मैले भारी मन लिएर स्वीकार्नु पर्थ्यो आजको साझबाट उनीसँग मेरो सम्बन्ध सदाको लागि समाप्त हुदै थियो ।
कलेजमा ग्राजुयसनको अन्तिम वर्षको अन्तिम दिनहरू चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम वर्ष थियो र अघिल्ला वर्षहरूका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो वर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । विस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं ।