कथा
साइबर साली
दुनियाँ अब गुमनाम भो । लाग्छ ममा अब यस्तो शक्ति प्रादुर्भव होस् कि म बेग्लै अर्को संसार रच्न सकु जहाँ म हुनेछु अनि चारैतर्फ खुशीका अनन्त छालहरू । युरुपेली भूमि लिस्बन नामक कङ्क्रिट्को जङलमा आएयता महिनौसम्म मेरो अगाडि एउटै नाम नाच्न थालेको थियो- अश्लेषा । त्यही नाममा मस्तिशष्कले हजारौपटक उनको सुन्दर तस्वीर रच्न भ्याएको थियो । कुनै तस्वीरमा उनको नाक अलि थेप्चो कुनैको ओठ पातला, कुनैमा दाँया गालामा कोठी, कुनैको आँखा खैरा, कुनैको लामा बाक्ला कपाल त कुनैको छोटो । अनि अरु यस्तै यस्तै गहुँगोरी, काली ।
मेनेज (कथा)
देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट सदरमुकाम आउँदा सानो आफ्नो घर होस् भन्ने चाहनालाई बास्तविकतामा परिवर्तन गर्न दुवैले केही समय सानो पसल पनि थालेका हुन् । समयले साथ दिएन । पहिलो पटक विदेशबाट फर्केपछि उनले यतै नेपाल बस्ने इच्छा पनि गरेकी हुन् । आखिरमा विदेश नगई भएन ।
रिबिने कान्छी
‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको ?’ उसलाई आफैँसँग रिस उठ्यो ।
‘तिमी जस्तोसुकै देखिए पनि म त ज्यान पो दिन्छ ए साहिँला !’ मास्तिर रिबिने कान्छीले बोलेका यी शब्दहरू नै त हुनु् उसका लागि बाँच्ने उपाय ।
कलियुगकी सावित्री
गैराघरे पण्डितको छोरा हिरामणि पौडेलको स्मरण शक्ति बेजोडको थियो । बालक काल मै उसलाई हिन्दू धर्म शास्त्रको राम्रो छाप बसेको थियो । उसलाई जगन्नाथ गुरागाईको लोकप्रिय खण्ड काव्य गुणरत्नमाला कण्ठस्थ जस्तै थियो ।
सक्यो वारयेतं जलेन हुतभुक छत्रेन सूर्यातपो
नागेन्द्रो निशिताङकुशेन समदो दण्डेन गोगर्दभौ ।
व्याधिर्भेषज संग्रहैश्च विविधैर्मन्त्र प्रयोगगैर्विषं
सर्वस्यौषधिमस्ति शास्त्रविहितं मूर्खस्य नात्यौषध म ।
बलत्कार
केही समय उकालो बाटोमा आफैलाई ठेल्दै चढेपछि हामी डाँडाको भञ्ज्याँङमा आइपुग्यौँ। लाकुरीको बोटलाई प्रेमले स्पर्श गर्दै बहेको पवनले थकानलाई उडाँउदै थियो। भञ्ज्याङको कुनामा बगेको धाराको पानीले शरिरलाई चिसाए पछि भञ्ज्याङ्को चौतारीमा बिसायौँ आफ्नो भारी शरिरलाई। आँखा अगाडि पहाडहरू वसन्त रँग भरेर उभिएका थिए। सेता गिरीहरू झन चकमन्न देखिन्थे। उनी, औँला सोझ्याँउदै सेता गिरीहरू चिनाँउदै थिई। एकैछिनको दृष्टिपात पछि एक्कासि नजरहरू नजिकैको शुन्दर स्थलमा पर्यो। जुन पहाडको शिरैमा थियो। लगभग दशवटा जति गुराँसका बोटले घेरिएको स्थान, जहाँ फूलै फूलले रँगिएको थियो।
जीवनको अर्थ प्रेम
जीवनको शाब्दिक अर्थ प्रेमसँग पनि पुनरावृत्ति हुनु हो तर प्रेमलाई स्वीकार्नुपर्छ जसरी जीवन स्वीकार्नुपर्छ या बाँच्नुपर्छ भन्ने मान्ययता हो ।” यसले साउती मादैँ बोल्यो । “तर सत्य जीवन भोग्नु पनि हो, जीवन पढिनु पनि हो जुन हामी वर्तमानमा पढिरहेको छौँ ।” तर फगत बाँच्नुपर्छ र त्यो स्वीकार्य र अस्वीकार्य के हो महसुस गर्न पनि सकिँदैन ।” उसले मतिर फर्केर मुसुक्क हाँस्दै फेरि भन्यो ।
ठूलो मान्छे
तर……..
साथीको हात थर्र काम्यो । पसिना खल्खली आयो । खुट्टा लर्याक लुरुकै भयो । जिउ फतक्क गल्यो । उसले सपनामा पनि नचिताएको कुरा भयो । ऊ किंकर्तव्यविमूढ भयो । जहाँको त्यहीं ठिंग उभिएको उभियै भयो ।
“….मित्र ! हाम्रो अनन्त यात्राको यो पहिलो पाइला हो । पहिलो पाइलाको सुरुवातमा नै …” मेरो कुरा पूरा हुनु अगाडि नै – “तर, यो मबाट हुन्दैन ”– उसले निश्चयसाथ भन्यो – “एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन” – यति भनेर ऊ यसरी बस्यो कि अब ऊ आफ्नो निर्णयबाट एक इन्च पनि यताउता हुनेवाला छैन ।
विपत्तिको बेलामा पनि
निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा मनोहर अर्थात् भाइ चाहिंको परिवारले मिलेर बस्नु भनेकोले केही वर्षसम्मसँगै मिलेर बसे । तर भाइ चाहिं अलिक क्षुद्र मतिको भएकोले यसै विषयलाई लिएर अदालतमा मुद्दा हाल्यो, तलमाथि बरोबरी गरेर बस्नु पर्ने वा कुनै एकले घर निखन्नु पर्ने कुरा झिकेर मुद्दामा जिरह गर्यो । आफूले नसके पनि दाजुले घर निखनेर आफूलाई बिदा देओस् भन्ने उसको सोच थियो । तर दाजुसँग कहाँ हुनु पैसा । यसैले दुवैले घर निखन्न आँट गरेनन् । यस विषयमा निकै लामो बहस पछि अदालतले आलोपालो गरी तल र माथि दुवै मिलेर बस्नु भन्ने आदेश सुनाएकाले त्यसै गरेर बसेका थिए । यही आधारमा दाजुको परिवार माथिबाट तल र भाइको परिवार तलबाट माथि सरेर बस्यो ।
तेल सुक्यो, पानीले चमत्कार गर्यो (विज्ञान लघुकथा)
सन् २५००को कुरो थियो पृथ्बीका सबै तेलका कुवाहरु सुक्न थाले । सबै ठाउँमा पेट्रोल, डिजेल र मट्टितेल नपाएर हाहाकार हुन थाल्यो । यातायातका साधनहरु चल्न छाडे । एकातिर उब्जिएका अन्नहरु बजार नपाएर सड्न थाले भने अर्कोतिर जति पैसा भए पनि खाद्यान्न नपाएर मानिसहरु भोकभोकै मर्न थाले । यसरी भोकभोकै मर्नेको सिलसिला सन् २९९९ सम्म चल्यो ।
मृत्यु नजिकैको एडिक्सन लाईफ
सुनसान रात छ । म मेरा कोठामा एडिक्सन लाईफ बोकेर पल्टिरहेछु । ओछ्यानमा … । झ्यालबाट भित्रिएका चिसो वतासका स्पर्शहरु लिइरहेछु । त्यसैले मेरा आँखा खुल्ला छन् । रातभरि निद्रादेवीको स्वागतमा लुटपुटी संघर्ष गरेका मेरा आँखा र थकित मनले फेरि अर्को युद्धको सामना गर्नुपरेको छ । वास्तवमा मेरो लाइफ आफैमा बोझ अनि रातहरु कुरुक्षेत्र ।

धेरै किसिमका फूलहरू स्वर्गका थुप्रै बगैंचाहरूबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छासहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद !