Skip to content

कथा

शानदार प्रयास

त्यो बेला अहिलेको जस्तो समय थिएन । पाँच कक्षा पास भएपछि हाइस्कुल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो । हात्तीछाप चप्पल लगाएर स्कुल जाँदा लोती छिनेर हैरान पार्थ्यो । दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ । अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि । गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म । गाउँमाभन्दा सबथोक नौलो र फरक देखेँ मैले । देखेँ बसगाडीका ताँती, अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता ।

सम्बन्धभित्रका खोटहरू

* नवीन र शर्मिलाको चिनजान भएपछि बिस्तारै बोलचाल हुन थाल्यो, भेट्घाट हुनथल्यो ।

* आपसमा हासखेल रमाइलो ठट्टा गर्दै सुखदुःख बाँडिन थाल्यो ।

* आफूभित्रका आन्तरिक कुराहरू आपसमा साटिन थाले ।

खशी र घोडा

दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।

20160723_RPNirmal-Story

राम्री मान्छे

कन्डक्टरले भने, “ल जुग्ले आयो । झर्ने छ कोही ?”

सुकेको स्वारमा भन्छु “अ दाइ रोक्दिनोस ।”

ल ल छिटो झर्नोस गाडी रोकियो । म त्यहाबाट उत्रिए मेरो गन्तव्य जहाँ भए पनि मेरो मन भन्दै थियो “यो बस नछोड ।”

चाहना (सूत्रकथा)

-धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो।

-उनीहरूले एकापसमा बिहे गरे, रमाए।

-उनीहरूका नदी, खोला, झरना, ताल र पोखरी सन्तान पैदा भए।

घडी बन्द (लघु कथा)

जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा ।

वर्षौं भयो उसको विश्वको नंबर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि ।

मास्टरको सपना

गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरूले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरू तासको खाल जमाइसकेका छन् । पसलेहरू आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागि प्रदर्शन गरेका छन् । बच्चाहरू लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । वास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।

उपहार

गाउँमा कक्षा आठ पढ्नको लागि सुबिधा नभएकोले बुबाआमाले मलाई जिल्ला सदरमुकाममा बसेर पढ्ने व्यवस्था मिलाइदिनु भयो । सदरमुकाममा गएर पढ्न पाउँदा म पनि निकै खुशी थिएँ । कोठाबाट करिब पन्ध्र मिनेटको पैदल यात्रापछि विद्यालयमा पुगिन्थ्यो ।

बुबाआमाले छोराको चाहना राख्दा राख्दै हामी दिदीबहिनी अलि धेरै नै हुन पुगेछौँ । वास्तवमा मलाई पनि दाजुभाइको चाह नभएको होइन । अरुका दाजुबहिनी र दिदीभाइ देख्दा मनै नरमाइलो लाग्थ्यो ।

मलाई माफ गर है माया

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरू मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यी सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडि त मेरा लागि फूल टिपुन् कि हँसिया उध्याउन्, मलाई बाल मतलब ।

अध्याय

आज सोह्र वर्षे जन्मदिन । जीवनले पन्ध्रौँ वसन्त पार गरेर सोह्र टेकेको दिन अलिकति प्रफुल्लित र अलिकति दु:खी पनि । कक्षा–१०का सबैलाई आमन्त्रण गरेको थियो उसले आफ्नो घरमा । करिब करिब सबै उपस्थित भइसकेका थिए । रातको ९ बजिसकेछ ..केक काटने होइन ? आमाको मायालु मुस्कान सहितको मधुर आवाजसँगै झसँग हुन्छ तैपनि उसका आँखाहरूले त्यो भीडमा कसैलाई खोजिरहेको प्रष्ट बुझिन्थ्यो । आधा घण्टासम्मको प्रतिक्षामा पनि उसले खोजेको अनुहारको आगमन नभए पछि । अन्तत: गह्रुंगो मन लिएर केक काटन बाध्य हुन्छ । धुमधाम चल्यो पार्टी रातभर हाँसिरहे नाचिरहे सबै सबै शिवाय एउटा मन जो समुद्रमा पनि पानी पिउने नपाएको प्यासी झैँ प्याक प्याक्ती थियो ।

महिला अधिकार जिन्दावाद !

दिनभरिको नारा जुलुश कार्यक्रमको व्यस्तता नारीजागरण मंचको अध्यक्ष श्रीमती देवकी बल्ल नगर परिक्रमा गरेर मन्चमा आसिन हुन पुगिन । नारी एकता, नारी हकहित, नारी स्वतन्त्रता, अनि पुरुषसँग आधा आकाशको माग गर्दै, सरकारी संकाय, राजनीतिमा कम्तीमा महिलाहरूको पचास प्रतिशत सहभागिताको मुद्धा उठाउदै सदा झैं आज पनि सभा बिसर्जन गरेर यसो दुई चार एकान्त, काने खुसी गरेर गलेर घर तर्फ फर्किन ।

AmarTyagi

पुनरावृत्ति

-अस्तिसम्म उसको जागिर थियो र ऊ मसँग टाढिएर हिँड्थ्यो।

-हिजो ऊ भ्रष्टाचारमा पर्यो र उसको जागिर गयो।

-आज उसले मसँग मित्रता गाँसेको छ र जागिर मिलाइदिन आग्रह गर्दैछ।

प्राप्ति

रमेशले गरिबको कोखमा जन्म लियो । गिट्टी कुट्थे उस्का बाबुआमा । छोरालाई निशुल्क पढ्न पाउनेसम्मको शिक्षा दिए पनि आर्थिक समस्याले धेरै पढाउन सकेनन् ।

पढाई छाडेपछि ऊ बाबुआमाकै काम सघाउन थाल्यो त्रिशुली किनारमा गिट्टी फोडेर । नजिकै थिई ऊजस्तै रमा, बगरमा एकले अर्काको अनुहार पढ्दै गिट्टीको चाङ नाप्थे कसले धेरै फुटाउने भनी । अनि साँझ पर्दै गएपछि माया पलाउँदै जान्थ्यो र आ–आफ्नु झुप्रामा वास हुन पुग्थ्यो ।

जन्म–मरणका कष्टदायी समयहरू

मानव जीवन एउटा चेतशील र अमूल्य जीवन हो यो अमूल्य जीवनमा मानिसले सार्थकतालाई हात पार्न सक्नु पर्छ र सार्थकतामा बाँचेको सार हुन्छ । हाम्रो धर्मशास्त्र, पूराणहरूले यही भन्दछन् कि यो सार्थक जीवन (अमूल्य जीवन)लाई खेर जान दिन हुँदैन र सार्थक उपलब्धी (मोक्ष प्राति)को लागि खर्च गर्नु पर्दछ । यस विषयमा गरुडले र विष्णु भगवानसँग जन्म मरणको चक्रमा मानिसले कसरी नरक पाप भोगी प्रेत मातृ गर्भ भेट्छन भन्ने जिज्ञासा राख्नुहुन्छ ।

जमाना (लघु कथा )

कृष्णको जमाना

हरिले आफूलाई निकै ठुलो क्रान्तिकारी भन्थ्यो तर उसको छोरो कृष्णले हरिको रुढीवादी विचारसँग धेरै सङ्घर्ष गरेर आफू क्रान्तिकारी बनेको भन्थ्यो ।

रामको जमाना

रामले आफ्नो बुबा कृष्णको रुढीवादी विचारलाई लत्याउँदै धेरै सङ्घर्ष गरेर आफूलाई निकै ठुलो क्रान्तिकारी सावित गरेको भन्थ्यो ।

मोहभङ्ग

मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ ।’ युद्धरत पार्टीको समर्थक भएपनि ऊ छापामार बनेको थिएन । केही समय विश्वासपात्र भएर पार्टीका गोप्य कागजपत्र र चिठी सम्बन्धित ठाउँसम्म पुर्यायो । एक्कासि उसलाई रोगले गाँज्यो । छापामार बन्न सकेन । छापामार बन्न नसक्नुकोपश्चातापले उसलाई खङ्गार्दै थियो । माओ, क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालो आदिका आत्मसंस्मरण पढ्दा उसलाई युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । सोच्थ्यो, ‘देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।’