Skip to content

कथा

आमाको माया

चार छोरापछि छोरीको जन्म भएको थियो । वास्तवमा छोरीको आगमन हामीलाई लक्ष्मीको आगमनभन्दा बढी लागेको थियो । पूर्णिमाकी जून जस्ती हाम्री छोरी साच्चै नै साह्रै सुन्दरी थिइन् ।

दिन बित्दै गए । छोरी ठूली हुँदै गइन । के गर्नु छोरी एउटै हुन भनेर बिहे नगरीकन राखेर नहुने रहेछ । नजिकै चिने जानेको ठाउँबाट कुरा आयो, छोरीको उमेर सानै छ भनेर हामीले छोड्न सकेनौँ र छोरीलाई विवाह गरेर दियौँ ।

NandaLalAcharya-08

शिक्षक साहित्य – माष्टर दाजुको आइडिया

वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजुलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– “भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।”

माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– “अरू कुरा ऊ पछि आफैँ खोज्छ, अहिले फकाएर अक्षर चिना, शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा ।”

आमैले छोरीका लागि पठाउन लागेको तिजको निम्तो

देवघाटको वृद्धाश्रममा आमालाई बसाएर छोरो अमेरिका गएको पनि ठ्याक्कै दुई महिना भएछ यो कुसे औसीको दिन । “बेला बेला म कुरा गरिरहन्छु नि आमा” भनेर उसले एउटा जडाउरी मोबिल फोन दिएर गए पनि आजसम्म उताबाट एक कल पनि अएको छैन । यताबाट ता छोराको ठेगाना वा नम्बरहरू दिएको भए पो उनले गरुन् । ठेगाना नै दिएको भए पनि गर्न जाने पो गरुन् !

‘जेसुकै होस्’ भनेर आमाले चित्त बुझाएकी छिन् । आमा अब ता सहजाएकी पनि छिन् । आ छोरा मोराहरू यस्तै हुन् भनेर चित्त बुझाइबसेकी छिन् ।

भाषा शुद्धी अभियान

सर ! हामी भाषा शुद्धी अभियानमा चेतना जगाइरहेका छौं । सरलाई हामीले पहिले पनि थुप्रै सुझाव दिएका थियौं तर हामीलाई योभन्दा दुःख लाग्छ कि सरले एउटा कमा पनि एताको उता चेन्ज गर्नु भएन ।

भाइले भन्नुभएको ठिक थिएन, त्यसैले मैले एउटा डिको पनि परिवर्तन गरिन । जस्तो कि बिनामेहनत लेख्दा यसरी नै लेखिन्छ । बिना र मेहनत छुट्याएर लेखिन्न । मान्छेहरूलाई अरुलाई ठिक छैन भनेर प्रतिक्रिया दिएपछि आफू ठुलो हुने भ्रम छ । तपाईंहरूमा पनि यस्तो छ । तपाईंको एउटा पनि सुझाव ठिक थिएन के गर्ने मैले । अबमा यस्तो नगर्नुहोला ल भाइ ?

TankaBahadurAleMagar

बहुचरित्र भित्र मेरो अभिनय

ऊ र अर्कोलाई छिर्कने लाउन तम्सेको म । मलाई तगारो कस्न जुइनो बटार्ने उसको कुमकुम अरु ।

उत्तर आधुनिक, आधुनिक, यथास्थिति, संशोधक, प्रगतिशील र कटर पुरातन आदि इत्यादि छयास्मिस जम्घट । भाका, शैली र प्रस्तुति आ-आफ्नै । स्वभाव एकार्कालाई देखिनसक्ने, पानी बारे जस्तै ।

पुनर्मिलन (सूत्रकथा)

– मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन ।

– बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो ।

– यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ ।

परिणाम

उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब । उच्च कथाकार हुने इच्छा छ अहिले उनकाे । के कथा लेखुँ त भनेर अहिले उनी साेचिरहेका छन् ।

मायामा विद्रोह

म वर्तमान सँगसँगे हिँड्न थालेँ । हुन त मेरा प्रत्येक हिँडाइहरूको अवमूल्यन हुन सक्तैन भन्ने कुराको विश्वासलाई मैले वर्तमानसँग दाँजेर हेरेको छु । म वास्तवमा विम्बको खोजीमा छु । त्यो विम्ब वर्तमान हो भन्ने कुराले मलाई त्यति नै क्रियाशील बनाएको कुरालाई मैले नकार्न पनि सकिरहेको छैन । त्यसैले त मैले आफूलाई विद्रोही बनाएको छु । त्यो विद्रोह हाम्रो मायाको भएको छ ।

तर्साउने रूख (लघुकथा)

सानै छँदा आमाको परलोकपश्चात टाक्सेको लाम्टो चुसाएर बजैले हुर्काको मलाई । सात आठ वर्षको हुँदा बजै मेरो टाउकोको लिखालाई ठुँग हान्दै सम्झाउँदै भन्नुहुन्थ्यो, “चमेरेपारीको सखुवाको रूखमा झुल्के घाम, मध्यनी र अस्ताउदो घाममा कहिल्यै नजानु ।”

“किन हजुर आमा ?”म स्पष्ट हुन खोज्थेँ ।

कविलाई प्रकाशको सल्लाह

प्रकाशककोबाट आज उनलाई अचानक फोन आयो । उनी हतार हतार खानपिन गरेर प्रकाशनगृहमा नै पुगे ।

“हजुर मलाई बोलाउनु भएको थियो अनि आएको ।” पुगेर भलाकुसारीको सुरुमा कविले भने ।

“हजुर मैले बोलाएको थिएँ । यहाँले जुन पुस्तकको हस्तलिखित प्रति प्रकाशन गर्नका लागि हाम्रो प्रकाशनलाई दिनु भा थ्यो मैले आद्योपान्त पढें । त्यहीबारे बोलाएको हो यहाँलाई ।”

जुठेकी आमा

कुमारीको घरबाट पारी डाँडामा मोटर कुदेको प्रष्ट देखिन्छ । कुमारीलाई भने त्यो मोटरमा चढेर टाढा कता कता जान मन नलागेको होइन, तर खै ! घर खेती र बस्तुभाउ यी सबै थोक त्यो मोटरमा अटाउन सक्तैनन् ।

उनका पति छोरो गर्भमै हुँदा मुंलान पसेको । मुंलान पनि के भन्नु र गाउँमा मान्छे कुटेर भागेको अँझैसम्म अत्तो पत्तो छैन । अस्ति नै एक पटक त बीर्खे कान्छाले बिराटनगरमा मोटरको डाइबर भएको छ भन्थ्यो । मोटर कुदाउँदै त्यो पारीको डाँडामा आएर पुँ पुँ बजाए पनि त हुने नि । कि उसलाई घरको छेउसम्म बाटो पुगेको थाहै छैन कि ! उसलाई घर आउन मन नभएर पो हो कि ! खै, के हो ! के हो ! !

उपहास (सूत्रकथा)

-महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए।

-आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

-घण्टौं वार्ता र छलफलपछि निष्कर्ष निस्कियो- “महिलाहरूलाई आइन्दा अपमानजनक रूपमा देश निकाला गरिने छैन।”

साथी र सपना

मन न हो कहिलेकाहीं कल्पनामा डुबिदिन्छ, कहिलेकाहीं भावनामा बगिदिन्छ, कहिलेकाहीं सोचमा उडिदिन्छ, यो परिवर्तनशील मन । त्यसैले होला यी सोच विचारहरू पनि परिवर्तन हुन्छन समयसँगै । मान्छेहरू पनि परिवर्तन हुन्छन समयसँगै आफ्नो रुप रंग आकार परिवर्तन भएसरी ।

त्यसैले मलाई दुख लाग्दैन जबसँगै विद्यालय जीवन पार गरेको मेरो साथीले मलाई वास्ता गर्दैन। हामी जति मिल्ने साथी थियौँ त्यत्तिकै झगडा पनि गर्थ्यौँ। खाली पिरयडमा ऊ मसँग निहुँ खोजिरहन्थ्यो र म कुनै प्रतिक्रिया जनाउदिनथेँ ।

बिहान हुनुअघि

आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा । हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो । दुवैजना शिक्षित थिए । एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें । शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदाम‌ै आफ्नो सार्थकता खोज्थ्यो ।

पटाक्षेप

उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनी ।

अधुरो प्रेम

मानिसहरूले जीवन को परिभाषा आफ्नो आफ्नो ढंगले दिने गर्छन । कसैले जीवनलाई यात्रा भन्छन त कसैले भोगाई अनि कसै कसैले त रंगमंचसँग पनि जीवनलाई तुलना गरेको पाउछौ ।

आफ्नो आफ्नो भोगाइ अनुसार मानिसले जीवनलाई फरक फरक दंगाले परिभाषित गरेको तपाई हामीले पाउने गर्छौ ।

साजाडनीमको साइन

काजीको ठूलो आवाजमा तेब्बर चौब्बरसम्म एउटै शब्दको चिच्याहटले हामी बस्ने सानो कोठा गुञ्जयमान भयो र म मध्यराति अचानक ब्युझिएँ । मध्यराति भएकाले त्यसलाई व्यवस्था गरी सुत्ने प्रयास गरे तर धेरै कुराहरू मनमा खेल्न थाले । शायद काजी सपनामा बौरिएको होला,सपनामा कहिलेकाहीं जो कोही बहुरिन्छ भनेर नसुनेको पनि होइन तर उसले पहिलोचोटि यति ठूलो आवाजमा त्यसमाथि रुन्चे स्वरमा ”सक्दिँन, सक्दिँन” भनेको सुन्दा उसलाई जबरजस्ती कसैले केही लादिरहेछ भन्ने लाग्यो र लम्पसार परेको जिउलाई उठेर नियालेँ तर ऊ मस्त निद्रामा थियो । स्वाँ -स्वाँ गर्दै चिर निद्रामा देखेपछि फेरि म यथास्थानमा फर्केर सुतेँ । मनमा सपनासम्बन्धी अनेक तर्क र वितर्क आइरह्यो तर पनि दिनभरिको कामको थकान र बिहानको स्वर्णिम दिनको कल्पना गर्दा गर्दै चकमन्न र सुनसान रातसँगै म निदाएँ ।

आश्वासन

– सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि ।

– सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न थाल्यो ।

पुरुषसत्ताको विरुद्धमा

र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो ।

छिन्नभिन्न भएका महिलाहरू बिस्तारै एकत्रित हुन थाले । स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे, प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलु तथा यौन हिंसाको बारेमा प्रशिक्षित गर्न थाले । त्यस काममा उनीहरूलाई सरिता, सीता, मञ्जु, पवित्रा, पार्वती र ललितमायाहरूको साथ थियो । स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका शिक्षिकाहरू र गोमाहरूले पनि उनीहरूको यस अभियानमा दरिलो साथ दिएका थिए ।

त्रास

ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पुर्यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले । ३१ तलाबाट तल हेर्दा जमिनका मान्छेहरू किरा जस्ता देखिए । यो उनको दोस्रो सन्तुष्टिको विषय भयो । छतबाट काठमाडौँको दृश्य हेर्दा आफू हवाई जहाजमा पो छु कि जस्तो लाग्यो उनलाई । यस भवनमा ७०–८० परिवार बस्छन् होला ! ती सबैका टाउकामा नाच्ने भनेको यही फ्ल्याट किन्ने मान्छे नै हो, भन्ने अटकलेपछि उनले देखे फाइदै फाइदा । कत्ति पनि ढिलो नगरेर त्यस फ्ल्याटलाई आफ्नो बनाए ।