आमाको माया
चार छोरापछि छोरीको जन्म भएको थियो । वास्तवमा छोरीको आगमन हामीलाई लक्ष्मीको आगमनभन्दा बढी लागेको थियो । पूर्णिमाकी जून जस्ती हाम्री छोरी साच्चै नै साह्रै सुन्दरी थिइन् ।
दिन बित्दै गए । छोरी ठूली हुँदै गइन । के गर्नु छोरी एउटै हुन भनेर बिहे नगरीकन राखेर नहुने रहेछ । नजिकै चिने जानेको ठाउँबाट कुरा आयो, छोरीको उमेर सानै छ भनेर हामीले छोड्न सकेनौँ र छोरीलाई विवाह गरेर दियौँ ।

वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजुलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– “भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।”
देवघाटको वृद्धाश्रममा आमालाई बसाएर छोरो अमेरिका गएको पनि ठ्याक्कै दुई महिना भएछ यो कुसे औसीको दिन । “बेला बेला म कुरा गरिरहन्छु नि आमा” भनेर उसले एउटा जडाउरी मोबिल फोन दिएर गए पनि आजसम्म उताबाट एक कल पनि अएको छैन । यताबाट ता छोराको ठेगाना वा नम्बरहरू दिएको भए पो उनले गरुन् । ठेगाना नै दिएको भए पनि गर्न जाने पो गरुन् !
सर ! हामी भाषा शुद्धी अभियानमा चेतना जगाइरहेका छौं । सरलाई हामीले पहिले पनि थुप्रै सुझाव दिएका थियौं तर हामीलाई योभन्दा दुःख लाग्छ कि सरले एउटा कमा पनि एताको उता चेन्ज गर्नु भएन ।
ऊ र अर्कोलाई छिर्कने लाउन तम्सेको म । मलाई तगारो कस्न जुइनो बटार्ने उसको कुमकुम अरु ।
– मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन ।
म वर्तमान सँगसँगे हिँड्न थालेँ । हुन त मेरा प्रत्येक हिँडाइहरूको अवमूल्यन हुन सक्तैन भन्ने कुराको विश्वासलाई मैले वर्तमानसँग दाँजेर हेरेको छु । म वास्तवमा विम्बको खोजीमा छु । त्यो विम्ब वर्तमान हो भन्ने कुराले मलाई त्यति नै क्रियाशील बनाएको कुरालाई मैले नकार्न पनि सकिरहेको छैन । त्यसैले त मैले आफूलाई विद्रोही बनाएको छु । त्यो विद्रोह हाम्रो मायाको भएको छ ।
कुमारीको घरबाट पारी डाँडामा मोटर कुदेको प्रष्ट देखिन्छ । कुमारीलाई भने त्यो मोटरमा चढेर टाढा कता कता जान मन नलागेको होइन, तर खै ! घर खेती र बस्तुभाउ यी सबै थोक त्यो मोटरमा अटाउन सक्तैनन् ।
-महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए।
मन न हो कहिलेकाहीं कल्पनामा डुबिदिन्छ, कहिलेकाहीं भावनामा बगिदिन्छ, कहिलेकाहीं सोचमा उडिदिन्छ, यो परिवर्तनशील मन । त्यसैले होला यी सोच विचारहरू पनि परिवर्तन हुन्छन समयसँगै । मान्छेहरू पनि परिवर्तन हुन्छन समयसँगै आफ्नो रुप रंग आकार परिवर्तन भएसरी ।
उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।
मानिसहरूले जीवन को परिभाषा आफ्नो आफ्नो ढंगले दिने गर्छन । कसैले जीवनलाई यात्रा भन्छन त कसैले भोगाई अनि कसै कसैले त रंगमंचसँग पनि जीवनलाई तुलना गरेको पाउछौ ।
ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पुर्यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले । ३१ तलाबाट तल हेर्दा जमिनका मान्छेहरू किरा जस्ता देखिए । यो उनको दोस्रो सन्तुष्टिको विषय भयो । छतबाट काठमाडौँको दृश्य हेर्दा आफू हवाई जहाजमा पो छु कि जस्तो लाग्यो उनलाई । यस भवनमा ७०–८० परिवार बस्छन् होला ! ती सबैका टाउकामा नाच्ने भनेको यही फ्ल्याट किन्ने मान्छे नै हो, भन्ने अटकलेपछि उनले देखे फाइदै फाइदा । कत्ति पनि ढिलो नगरेर त्यस फ्ल्याटलाई आफ्नो बनाए ।