Skip to content

राष्ट्रिय कविता

मेरो धर्ती

सुन हेरी बिहानीको पहिलो किरणले
मलाई केही भन्न खोज्दैछ,
उसको आफ्नो शान्त स्वभाबले मलाई
केही उपदेश दर्शाउन खोज्दै छ !
ठुला -ठुला रुखका अनेक साखाहरूले
जस्तै मानौ कि आफ्नो अंगालोमा मलाई
समेट्न खोज्दै छन् ,
अनेक धचाका पातहरूले
आफ्नो खुशियाली जीवन जस्तै
मेरो जीवनलाई पनि हरियाली दिने कोशिस गर्दै छ !

मेरो नेपाल

सगरमाथालाई अघि राखी बोल्दछ मेरो नेपाल
अनेक भाषा-भाषी, जन-जातिको मनमा खेल्दछ मेरो नेपाल!
उत्तम रहित छ यहाँको रीत, चलन अनि बोली
सुन्दा लाग्छ कानमा जस्तै मिस्री छ घोली !
सबैभन्दा प्यारो छ मेरो नेपाल !

“ल उठौं नेपाली”

चारै दिशा, चारै किल्ला
“मिच्दै” आयो बैरीले,
स्वभिमानी नेपालीको शिर
“थिच्दै” आयो बैरीले !

हामी आफैं लडी रहन्छौ
“मौका” हान्यो बैरीले,
हामी-हामी लडेपछि
“चौका” हान्यो बैरीले !!

ऊ नेपाली

खर्पन बोक्ने काँधमा नेपाल बोकेर
फाटेको तनमन टालोले छोपेर
अनवरत नथाकी हिंडिरहेछ उकाली ओराली ।

कर्मले ऊ नेपाली !
धर्मले ऊ नेपाली !
मर्मले ऊ नेपाली !

मेरी आमाको चीर हनन् नगर अब अरु

  • by

अब त आफू पनि उठ्ने प्रयास गर,
कुम्भकर्णलाई मात्र कति दोष दिन्छौ!
सुरजको आगमन सधै शुभ-प्रभात मै हुन्छ,
साँझको किन प्रतिक्षा गर्छौ!
सधै कति दोष बोक्छौ?
कतै सहानुभूतिको पनि बाटो खोजी हेर
कित्ता र हिस्साको चाल छोडी,
मर्यादा बन्ने पनि प्रयत्न गर !
अति भो छोड अब त
मेरी आमाको चीर हनन्
नगर अब अरु !

“योद्दा”

म यस्तो योद्दा
निडर अनि साहसिलो
कसैसंग नझुक्ने बन्न जादैछु |

मेरो त्यो आर्तनाद
भूकम्पमय साहसले थर्किएर
ज्वालामुखी बिष्फोट हुन लाग्दैछ |

त्यो सिंहदरवारको सभा
कोठाको भित्ताहरु हल्लीएर
जगसम्म सबै चर्कदै गएकोछ |

मेरो त्यो भूकम्पमय
उद्घोष, हामी नेपाली
सबैको उद्घोष भएर उठ्दैछ |

हाम्रो कलमी लेखन
साथै वैचारिक हुंकारले
जनताहरुलाई सचेत गराउनु पर्छ |

हाम्रो मातृभूमि नेपाललाई
लेन्डुप दोर्जेहरुबाट जोगाउन
संगठित एकजुट हुनै पर्छ |

मे २०१०

“जलिरहेको मेरो देश”

मेरो प्यारो देश जलिरहेछ दन्दनी
दुख्छ मन सधै नै सम्झे नि
दमकल बोलाइदेउ न ए! हजुर
सबै मिली बचाऊ न राष्ट्रको गजुर !!

हेर आमा

हेर आमा तिम्रो मुक्तिको निम्ति सन्तानहरू लडिरहेकाछन्,
तिमीलाई समृद्ध बनाउन तिम्रा सन्तति अघि बढिरहेकाछन्।
हजारौँ सपूतहरू तँछाड मछाड् गर्दै आन्दोलनको मैदानमा,
वीरताका साथ तिमीमै समाहित हुन खोजिरहेका छन् ।

सातडाँडा पारी छ मेरो नेपाल

सातडाँडा पारी छ मेरो नेपाल देख्नँ म सक्दिनँ
खेलेर हुँर्के त्यहाँकै धुँलौटे माटो भूल्नँ म सक्दिनँ
माया र ममता त्यसैको लाग्छ त्यो पानी पँधेरो
दियाँलो बाँल्छिन ति बुडीआमा फ्याँक्नँलाई अँधेरो