वीरतापूर्ण रक्तिम इतिहास, बन्ने छ यो दिन ।
नेपाली माटोले सदा, गन्ने छ यो दिन ।।
रक्तरञ्जित इतिहासको पाना, च्यातेर च्यातिने छैन
अभूतपूर्ण कीर्तिमान तिम्रो, फ्याकेर फ्याकिने छैन ।
विश्वक्रान्तिको धरोहर, बन्ने छ यो दिन
नेपाली माटोले सदा, गन्ने छ यो दिन ।।
तिम्रो उच्च कीर्तिमान, रेटेर रेटिने छैन
तिम्रो अमूल्य बलिदान, मेटेर मेटिने छैन ।
संगीन मोडमा प्रेरणा, बन्ने छ यो दिन
नेपाली माटोले सदा, गन्ने छ यो दिन ।।
छातीमा तिम्रो नाम, लेख्ने छ नेपालले
सधै तिम्रो याद, राख्ने छ नेपालले ।
अजर अमर सदा, बन्ने छ यो दिन
नेपाली माटोले सदा, गन्ने छ यो दिन ।।
विजय कुमार पाण्डे
अर्घातोष ५,अर्घाखाँची ।
हालः काठमाण्डौ
http://janayuddha.blogspot.com/2010/02/for-democracy-day-and-janayuddha-day.html
