Skip to content

गजल

गजल

गजल
सगै खाको कसम अधुरो तोदेर गयौं,
पापी यो दुनियामाँ एक्लै मलाई छोदेर गयौं |

कति थिए हाम्रो सपनाहरू सङै जिउने,
मेरो माया बिच मै छोदेर गयौं |

हर दिन भिजिन्छ सिरानी मेरो ,तिम्रो यादमा,
आखाहरु मेरो तिम्ले ,जिन्दगीभरलाई भिजायर गयौं |

बाच्ने सबै मेरो रहरहरु , जिन्दगीको तिम्ले,
सधैं भरिको लागि , मृत्युतिर मोदेर गयौं |

मैले हेरेकै हुँ

मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ, क्यै छैन
आखिर माया नगर्नेलाई मन परायौ, क्यै छैन

ए ! मन र मुलुकलाई माया गर्छु भन्नेहरू हो
मेरो देह यो देश तिमीले नै नङ्गग्यायौ, क्यै छैन

देशको बलात्कार

कसले देश र जनताको सत्कार गर्छ यहाँ
बालुवाटार स्वयं देशको बलात्कार गर्छ यहाँ

झुटा मिठा अनेक सप्ना बाडँछन् छद्मभेषी
खै कुन जोगी आए पछि चमत्कार गर्छ यहाँ

मात्र एकपटक खोसिएको छैन

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाँच्ने अवसर खोसिएको छ

उत्ता अदालतले निवेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मजदुर हुँ र मेरो ज्यालादर खोसिएको छ

20200921_161920

बिछोडको पिडा

कति खपु चोट व्यथा , जिन्दगी नै भार भयो
कसलाइ सुनाउ जीवनकथा , जीत पनि हार भयो

माया प्रेमले रुवाएर , आँसु पनि थाकिसके
जिन्दगानी शुन्य लाग्छ , आफै भित्र मरिसके

सङ्गै बाच्ने सङ्गै मर्ने , हाम्रा बाचा कसम हरु
बाटो तिमिले माग्या भए , मुटु झिकी दिन्थे बरु

छाडी जानै पर्ने भए , मलाइ मारी गए हुन्थ्यो
तिम्रै जस्तो यो मन पनि , ढुङ्गा सरि भए हुन्थ्यो

सक्दिन म धेरै बाच्न , विछोडको पीडा खपि
कति बसु पर्खाइमा , मृत्युको माला जपि

आमा छउञ्जेल हो

आमा छउञ्जेल हो झुपडी नि संसार लाग्ने
जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने

आशीर्वादसँगै धन्यवाद दिने कोही नभए’ सि
जे नै जितियोस् फिका जित पनि हार लाग्ने

KrishnaTimilsina

खुकुरीको चोट

खुकुरीको चोट कर्दलाई, कहाँ थाहा हुन्छ हजुर
जनताको मर्म नेतालाई, कहाँ थाहा हुन्छ हजुर

गरीबको माग केहो भनेर, उनैलाई सोध्छौ तिमी
बालुवाटारमा बस्नेलाई, कहाँ थाहा हुन्छ हजुर

डुबिरहेको डुङ्गामा सुतिरहेको माझी

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर, के गर्नु?

गाली पनि मिठो हुन्छ

गाली पनि मिठो हुन्छ सुनेपछि मिलाएर
जाली कुरा सत्य भाछन्, बुनेपछि मिलाएर

चोट खाँदा पीडा भुल्छु, चोटैचोट देऊ प्रिय
चोटको माला राम्रै भाछ, उनेपछि मिलाएर

म कस्तो छु !!

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

मधुर बोली सौन्दर्य को खानी जस्ती उनि
म जती बाने पनि फुस्कने नाडा जस्तो छु ।

मिलाउन जान्ने उनी बिगि्रएको जे जति
मिलेको भत्काउने म घर भाँडा जस्तो छु ।

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

प्यारो

पापी पेटको प्रश्न हुने सबैलाई कामै प्यारो
अराएर खाई पेल्नुहुने सबैलाई दामै प्यारो

सुस्तसुस्त भो राज्यका सबै सन्यन्त्र
अल्छी छ जाडोमा सबैलाई घामै प्यारो

IMG_20200912_084718

गजल

भुकम्पले भत्किएकाे घर बनाउँन सकिन्छ पिल्लर लगाएर
भत्किएकाे याे दिल सकिन्न रहेछ उठाउन
ढाडस लगाएर
भन्नेहरूले भन्छन् याे दिल धेरै कमजाेर छ भनेर
कमजाेर भएरै त सक्याै तिमिले ढाल्न कम बल लगाएर

तिम्रो जस्ताे ढुङ्गाे याे दिल कहाँ छ र बनेकाे सिमेन्ट लगाएर
काेमल माटाेले बनेकाे छ याे दिल धेरै धेरै मेहनत लगाएर
किन्नेहरूले किन्न आए याे दिल सस्तो छ भनेर
अनमाेल भएरै त फर्की गयाै तिमीले मात्र भाग लगाएर

तिम्रो भित्ता जस्ताे रंगिन कहाँ छ र बनेकाे रंग लगाएर
राताे माटाेले लिपेकाे छु याे दिल एकदम मन लगाएर
हेर्न आउनेले काेट्याई काेट्याई हेर्छन् भित्र के छ भनेर