बिहेको त्यो त्रास !
“अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन” पर्यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने ११/१२ को त्यै पनि अलिक होचै थिएँ। उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो। मलाई त साँचै उसले मसँग नै बिहे नगरी नछाड्ने भइ भने कसरी उसलाई दुलही बनाउने होला,दुलही भएपछि के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सनले म भित्रभित्रै उकु

ऊ मेरो घरमा तीन दिनअगाडि आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। मेरो मनोविज्ञान पनि बुझ्न प्रयास गर्छ। मलाई खुसी हुन सिकाउँछ । पीडाहरुलाई भुलेर हाँस्न पनि सिकाउँछ । जीवनको यथार्थ धरातलमा टेकेर जीवन जिउन पनि सिकाउँछ । कहिलेकाहीं रुन पनि सिकाउँछ। तर उसले मेरो आँसु आफ्नो हातबाट भुँईमा झर्न दिएको मलाई त्यस्तो सम्झना छैन ।
मञ्जरी आफ्नै कोठा भित्र बसेर पल्ला घरको पिँढीमा रहेकी छिमेकी भाउजूलाई हेरिरहेकी थिई । भाउजू मकैका घोगाबाट केही पत्र खोस्टा नङ्ग्याउदै झुत्ता बनाइरहेकी थिइन् । कोठा भित्र गुम्सिएर मात्र कति सुन्नु ? आमा बस्तुभाउ वा मेला पर्म कता पुगे कि हुन्, थाह पत्तो छैन । बाउको झन कुरै भएन । उनका मन मिल्ने स्कुले साथीहरूका घर पनि अलि परै छन् । मञ्जरीलाई भाउजूसँग गएर एक छिन बसि बियाँलो गर्ने मन त थियो तर आँट थिएन । हुन पनि भाउजू ठेगान भएकी मान्छे पक्कै होइनन् । नाना भाँती कुरा गरेर पटक पटक लाज मर्नु गराइसकेकी छन् । हग्नेलाईभन्दा देख्नेलाई लाज भने जस्तो अनुहार रातो बनाउनु पर्ने चाहिं मञ्जरीले । तैपनि दर्बिलो मुटु बनाएर गई मञ्जरी ।
“ह्याप्पी बर्थ डे डियर!” … समय: विहान ३.४३ बजे।
‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दुख परेको बखतमा ‘राजद्वारे श्माशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।
आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।
“किशोर अवस्थाको प्रेम केवल आकर्षण हो” – महापुरूषहरू भन्दछन्।
कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको घोडामा उतिर दौडदै आउछ । कालो घोडामा कालो लुगा लगाएको भिमकाय मान्छे । अहो कस्तो भयङ्कर उसको मुटु जोडले धड्कन्छ । त्यो मान्छे त हेर्दाहेर्दै ऊनेरै आयो । लौ उसले त उसको पाखुरामा च्याप्प समात्यो दुख्ने गरी र हुइँकायो आफूसँगै ।
कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’ । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित देखिन थाल्यो । मिरमिरे उज्यालो हुन लाग्यो, टाढाटाढाबाट भाले एउटापछि अर्कोले चिच्च्याईचिच्च्याई दिनलाई डाकिरहेका थिए । विसनांचा मुग्ध भएर सुन्न लाग्यो । एकछिनपछि फेरि आफ्नो भालेले भड्भड् गर्दै ‘कुखुरीकाँ’ गर्यो । अब त्यसलाई बसिसक्नु भएन र जुरमुराउँदै उठेर बस्यो । उसलाई किन हो कुन्नि आफ्नो कुखुराले गाएको तान सारै मीठो लाग्यो, सारै मज्जा लाग्यो ।
धेरै दिनदेखिको इच्छा थियो गुरुकुलमा चलिरहेको नाटक “सुइना कर्नालीका” हेर्न जाने त्यो आज पूरा भएको छ । यो भन्दा अगाडि एकपटक गएको थिएँ “रिमाल नाटक घर” अर्थात् गुरुकुलमा जतिबेला द्वन्द्वका बेलामा एक गरीब परिवारको एकमात्र सन्तान द्वन्द्वमा जकडिएर हराएको र आमा बाबुले उसको फोटो हेरेर दिन काटिरहेको विषयवस्तु रहेको सामाजिक नाटक “पानी फोटो” चलिरहेको थियो ।