भोग्या
वर्षात शुरु हुनुभन्दा अगावै आएको प्री–मन्सुनबाट पानी परेपछि पलाएका कलिला कलिला घाँस र बोटविरुवाका कलिला मुनाहरूले यथेष्ठरुपमा पेट भरिए पछि एउटी मृगिनी केही क्षण सुस्ताउँन एउटा झ्याम्म परेको रुख मुनी बसी । उसका वथानका अरु सखा–सखी मृग तथा मृगिनीहरू अँझसम्म पनि कलिला र स्वादिला नरम नरम घाँसबाट मुख हटाउँन नसकी चरिरहेका थिए । मृगिनी केहीबेरसम्म डम्म आँखा चिम्लिई र तनक्क खुट्टा तन्काएर पल्टिइरही । बेला बेलामा चलेको मन्द–मन्द गतिको चिसो वायूले उसमा असिम आनन्दको अनुभूति गराइरहेको थियो । भरखरैको एकसे–एक स्वादिला घाँसको भोजन र जंङ्गलको शितल वायू शरिरमा पर्दाका आनन्दमा ऊ त्यसै–त्यसै लठ्ठीइरहेकी थिई ।

जेठको मध्यरात । बाहिर मेघ गर्जन साथ झ्याम झ्याम पानी परिरहेको छ । बिजुली चम्केको छ । गृष्मको गर्मी भए पनि दर्के पानी परेकोले वातावरण शितलो छ । वातावरण जति नै शितलो भए पनि मन भित्र औडाहा भए पछि कसलाई शितलो हुन्छ र ? कुमुदिनीको मनमा सामाजिक, घरेलु, लाञ्छना र तिरस्कारको औडाहा बलेकोले निदाउन भर मग्दुर प्रयास गर्दा पनिसकेकी छैन । कुमुद भने कोल्टो फर्केर फ्वाँ फ्वाँ यौन सन्तुष्टिको निद्रा सुतिरहेको छ । पाँच वर्ष अघि कुमुदसँग प्रेम विवाह गरेकी कुमुदिनीको अँझै काख रित्तो छ ।
भयावह समय तेर्सिएको थियो । जताततै मुखौले कानूनले जरा गाडेको थियो । भन्न पाइन्नथ्यो । सुन्नु मात्र पथ्र्यो । सुन्दासुन्दा कान पाक्थे । जुन प्रश्न सोधिन्थ्यो त्यसकै मात्र सटिक जवाफ पस्कनुपथ्र्यो । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त थियो । मनभरि कुराहरु गुमस्याएर र भित्रभित्रै कुडिएर धर्तिमा पाइला टेक्नुको विकल्प थिएन । मानौं जनताहरु धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरु चाहिँ स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।
‘गोपे ! ए गोपे ! कता गो हँ यो बज्या ?’
सदाझँै आज पनि सासूमण्डलीको बैठक आरम्भ भयो । सबै सदस्य आइसकेका थिएनन् । तैपनि उपस्थितहरूले नै कुरा अगाडि चलाई हाले । सधै बुहारीकै कुरा काट्नेहरूले सदस्यहरू अनुपस्थित भएकै मौका छोपेर उपस्थित सदस्यहरूले उनीहरूका बारेमा भन्ने मौका पनि पाए । जोजो सदस्यहरू ढिलो पुगे उनका बारेमा त धित मरुन्जेल नै कुरा काट्न पाए तर अलि छिटोछिटो आउनेहरूका कुरा भने बीचैमा रोक्नु पर्यो, उनीहरूका बारेमा आज भन्न नपाए पनि के भो र ? अरू दिन कुरा काटिएकै हुन् । यो त यो सासूमन्डलीको विशेषता नै हो ।
१
“नेपाल ।” 