Skip to content

आधुनिक कथा

भोग्या

वर्षात शुरु हुनुभन्दा अगावै आएको प्री–मन्सुनबाट पानी परेपछि पलाएका कलिला कलिला घाँस र बोटविरुवाका कलिला मुनाहरूले यथेष्ठरुपमा पेट भरिए पछि एउटी मृगिनी केही क्षण सुस्ताउँन एउटा झ्याम्म परेको रुख मुनी बसी । उसका वथानका अरु सखा–सखी मृग तथा मृगिनीहरू अँझसम्म पनि कलिला र स्वादिला नरम नरम घाँसबाट मुख हटाउँन नसकी चरिरहेका थिए । मृगिनी केहीबेरसम्म डम्म आँखा चिम्लिई र तनक्क खुट्टा तन्काएर पल्टिइरही । बेला बेलामा चलेको मन्द–मन्द गतिको चिसो वायूले उसमा असिम आनन्दको अनुभूति गराइरहेको थियो । भरखरैको एकसे–एक स्वादिला घाँसको भोजन र जंङ्गलको शितल वायू शरिरमा पर्दाका आनन्दमा ऊ त्यसै–त्यसै लठ्ठीइरहेकी थिई ।

चट्याङ्ग

जेठको मध्यरात । बाहिर मेघ गर्जन साथ झ्याम झ्याम पानी परिरहेको छ । बिजुली चम्केको छ । गृष्मको गर्मी भए पनि दर्के पानी परेकोले वातावरण शितलो छ । वातावरण जति नै शितलो भए पनि मन भित्र औडाहा भए पछि कसलाई शितलो हुन्छ र ? कुमुदिनीको मनमा सामाजिक, घरेलु, लाञ्छना र तिरस्कारको औडाहा बलेकोले निदाउन भर मग्दुर प्रयास गर्दा पनिसकेकी छैन । कुमुद भने कोल्टो फर्केर फ्वाँ फ्वाँ यौन सन्तुष्टिको निद्रा सुतिरहेको छ । पाँच वर्ष अघि कुमुदसँग प्रेम विवाह गरेकी कुमुदिनीको अँझै काख रित्तो छ ।

“छोरो भएको बजिया उस्तै, बजियाले कुल र जातकी स्वास्नी त भित्र्याएन रे लौ ठिकै छ, कुजातनी त बाँझी पनि रहिछे । नाति खेलाउने मेरो रहर त्यतिकै तुहिने भो, हे दैव ! ”

डाक्टरको सपना

भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ त्यो आकृतिको उपस्थितिले मन मनै रिश पनि उठिरहेको थियो । तैपनि संयमित हुँदै बत्ती बालेर हेर्छु त बिघ्नहर्ता लम्बोदर गणेश पो हुनु हुँदो रहेछ । सम्पूर्ण थकाई तथा रिस जति हावामा कपुर जस्तै उडेर कता बिलायो बिलायो ।

मैले धनुषटंकार नमस्कार गर्दै भने, “हे भगवन आज मेरो कुटी पबित्र भयो, म धन्य भएँ । मेरो जन्म सार्थक भयो । आज्ञा बक्स्योस प्रभु ! यो सेवकले हजुरको के सेवा गरूँ ?”

काउन्टरको रसिद बुक

यस्ता कर्मचारी थिए उनी जो जीवनभरि एकै कार्यालयमा निवृत्त हुनु पर्ने नियति बोकेको होस्, जो कसैको चाकरी नगरी, बेइमानी नगरी र सादा जीवनमा जीवनलाई भोगचलन गरिरहेको होस् । जुनसुकै इमान्दार कर्मचारीका अनुहारमा देखिएझैं उनका अनुहारमा पनि दुःखी र निम्छरोपन देखिन्थ्यो । दारी पनि हतपत काट्दैनथे, लुगा पनि मैलाधैला लाउँथे । सधैं हतार हतार गरेर कार्यालयमा जानु पर्दा सफासुघरमा उति वास्ता गर्दैनथे । वास्ता हुन्थ्यो उनलाई समयमा कार्यालयमा पुग्ने । सधैं झैं उनी समयमा कार्यालयमा आइपुग्थे र नयाँ रसिदका केही बुक र ग्राहकको नाम भएका केही ठेली लिएर लाग्थे काउन्टरतिर । अफिसका बाहिर महसुल बुझाउन आएका ग्राहकको घुँइचो लाग्नु अघि नै उनी काउन्टरको टेबुलमा तयारी भएर बस्थे । उनको दैनिकी नै यही थियो ।

अन्तिम किस्ता

यादवजीले सुरुसुरुमा कल्पनाबाट कुनै किसिमको किस्ताबन्दीको आसा गरेका थिएनन् । उनी ता कसरी हुन्छ त्यसबाट छुट्काराको आसामा थिए । जानी नजानी कल्पनाका साथ उनले जे बोले त्यसले उनैलाई अहिले पोल्न थालेको छ । ‘त्यस्ता धन्यवादले मात्र पुग्दैन’ भनेका थिए उनले– पछिल्लो पटक कल्पना आएको बेला तेस्रो किस्ताबन्दीमा । यो भनाइ उनैका लागि कुनै बेला एउटा घाँडो हुन सक्ने ठहर उनले गर्दै गरेनन् तत्काल । कल्पनालाई यादवजीका भनाइमा कानाले आँखो खोजेजस्तै भएको थियो । उनका त्यस भनाइको उत्तरमा कल्पनाले कत्ति पनि ढिलो नगरी तुरुन्तै भनेकी थिई— “म छँदै छु नि सर । हजुरले भन्नु प¥यो कल्पना हाजिर !!” यस कथनबाट कल्पनाका मनमा के थिय

एस एम एसको मोह

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।

उसकी प्रेमिका र म

मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनमेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। न्, सधैं यसरी नै बसेको देख्छु।

स्वास्नी पोइल गई

माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो।

व्यूटिफूल

दुईतिर हजारौं लाखौं वर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरू । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो

पहिलो किस्ता

यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरूको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तया।र गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि जागिरे छिन् । तर तिनी भने बिहानीको सिफ्टकी जागिरे छिन् ।

आल्मा

‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

जिउँदो साँढे

भयावह समय तेर्सिएको थियो । जताततै मुखौले कानूनले जरा गाडेको थियो । भन्न पाइन्नथ्यो । सुन्नु मात्र पथ्र्यो । सुन्दासुन्दा कान पाक्थे । जुन प्रश्न सोधिन्थ्यो त्यसकै मात्र सटिक जवाफ पस्कनुपथ्र्यो । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त थियो । मनभरि कुराहरु गुमस्याएर र भित्रभित्रै कुडिएर धर्तिमा पाइला टेक्नुको विकल्प थिएन । मानौं जनताहरु धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरु चाहिँ स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।

उत्तरआधुनिक पितृभक्ति

‘गोपे ! ए गोपे ! कता गो हँ यो बज्या ?’

‘हजुर याँ छु मालिक म’

‘के गर्या छस् त्याँ ? यता आइज ।’

‘याँ गोरुलाई भुसा काट्दै छु मालिक ।’

‘बँदेल भोकाइसक्यो, डिँगालाई भुसा काटिराख ।’

बुहार्तन

सदाझँै आज पनि सासूमण्डलीको बैठक आरम्भ भयो । सबै सदस्य आइसकेका थिएनन् । तैपनि उपस्थितहरूले नै कुरा अगाडि चलाई हाले । सधै बुहारीकै कुरा काट्नेहरूले सदस्यहरू अनुपस्थित भएकै मौका छोपेर उपस्थित सदस्यहरूले उनीहरूका बारेमा भन्ने मौका पनि पाए । जोजो सदस्यहरू ढिलो पुगे उनका बारेमा त धित मरुन्जेल नै कुरा काट्न पाए तर अलि छिटोछिटो आउनेहरूका कुरा भने बीचैमा रोक्नु पर्यो, उनीहरूका बारेमा आज भन्न नपाए पनि के भो र ? अरू दिन कुरा काटिएकै हुन् । यो त यो सासूमन्डलीको विशेषता नै हो ।

सबै सदस्य आइपुगे । तर सभापति, औपचारिक रूपमा त्यो मण्डलीले उनलाई सभापति चयन नगरेको भएपनि त्यो मण्डलीमा उनको रवाफ कुनै सभापतिभन्दा कम्ति छैन, भट्टेनीको भने आज पनि ढिलो नै भयो । उसो त यो उनको बानी नै हो ।

पालो जनताको

‘निरकुंश राजतन्त्र मुर्दावाद,
जनआन्दोलन जिन्दावाद
तानाशाही शासन ढाल्छौं ढाल्छौं
जनताको शासन ल्याउछौं ल्याउछौं’

– बर्षायामको नदीजस्तै मानिसहरूको लस्कर गर्जियो । राता झण्डा वोकेका जुलुस चारै दिशावाट वरपाटनमा मिसिए । दश गाउँको सबैभन्दा ठुलो पाटनमा जताहेर्यो उतै मानिस, टेक्ने ठाउँ छैन । ‘ओहो कति धेरै मान्छेहरू हुन, वुढेसकाल लाग्यो यस्तो विचित्र त कहिल्यैपनि देखेको थिइन,’ भीडमा घुच्ची सहदै झण्डा समातेका दीनवन्धुले आश्चर्य माने ‘अँझै चारैतिरवाट मान्छेहरू ओईरिरहेका छन ।

सहयात्री

सधैँ झै उनी आउछिन् र भर्याङको माथिल्लो खुड्किलोबाटै हातको गिलास देख्नासाथ हतार हतारमा छिटो छिटो तल ओर्लिदै त्यही भन्छिन् – आज पनि उस्तै ? हिजो भन्नुहुन्थ्यो भोलि छोड्छु, भोलि भन्नुहुन्छ भोलि छोड्छु, हैन तपाईँको यो भोलि कहिले आउँछ ? ……….’

र यति भन्दासम्म उनले मेरो हातको गिलास खोसिसकेकी हुन्छिन् र म टुलुटुलु उनको अनुहार हेरिरहन बाहेक केही गर्न सक्दिनँ । नसक्ने होइन, तर उनको त्यो मुहार देख्दा आफूलाई क्षीण पाउँछु । उनलाई हेरेर टोलाउन बाहेक म केही गर्न सक्दिनँ । एकटकले उनलाई हेरेर टोलाइरहन्छु, टोलाइरहन्छु………

मेरो हातको गिलास खोसिसकेपछि भन्छिन् – अब त भो, या यो रक्सी छोड्नुस् या मलाई ।’

मिस एलिजा

“नेपाल ।”

नाम सुन्न बित्तिकै उनले भनिन । “ए नेपाल हिमालय, सगरमाथाको देश !”

मैले गर्वले छाती फुलाउदै “हो” भनेँ ।

उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।

“तिमी पनि पढ्न आएका हौ ?” उनको प्रश्न तेर्सियो मतिर ।

एसएमएस मोह

एसएमएसमोह

—होम सुवेदी
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिििभजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरु र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।

प्रथम खगोलीय शिखर सम्मेलन

“मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको मर्म राम्रैसँग बुझेको थिएँ ।

“हजुर बोस, सम्भव भएसम्मका सम्पूर्ण प्रविधिहरू जडान गर्ने कार्य सम्पन्न भयो ।” भन्दै उनको सबैभन्दा नजिकको सहयोगीको नाताले उत्तर दिएँ । त्यसपछि संयोजक निकोलस सरासर आफ्नो कार्यकक्षतिर फर्किसकेका थिए ।