अविस्मरणीय यात्रा
उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।
पहिलो भेटमा नै उनको हेराइ बोलाई मलाई मन परेको मात्र होइन अचम्मको लागिरहेको थियो । सारै सरल भाषामा मीठो तरंगित स्वरमा अन्तर उमंगको भाव लुकाउन खोज्दै खुलेर बोलेका थिए उनी मसँग । सारै छोटो कुराकानी पछि हामी छुट्टिएका थियौँ त्यस दिन । त्यस पछिका दिनहरूमा किन हो किन त्यस मान्छेसँग भेट हुन पाए हुदो हो जस्तो भैरहेको थियो ।

रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । उसको दाजुचाहिंलाई गरिएजति खर्च ता उसलाई पनि ता गर्नु पर्ला । गरिएको खर्च पनि फेरि पानीमा जाने हो कि ! उनी विभिन्न थरिका चिन्ताले ग्रस्त थिए । अझ उनका छोराले लामालामा नङ पालेर नेल पालिस समेत लाएकोे देखेपछि ता झनै चिन्तित थिए ।
लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।
“तिमीले भनेकोभन्दा ठिक १५ सेकेन्ड ढिलो त आको हो नि!”
जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।
यतिखेर मसँग बाँकी केही तरल क्षणहरू छन् । उसका सजीव स्मृतिहरू छन् । अरु मसँग केही चिज वाँकी छैनन् । एउटा सिंगो अतित मस्तिष्कका भित्तामा टाँसिएकोछ । त्यसलाई ओल्टाई पल्टाई हेर्ने गर्छु । बार्धक्यका स्फूट संकेतहरू शरीरका अवयवहरूमा खस्न थालेकाछन् । सबै सबै चिज शिथिल हुँदै गएकाछन् । शिथिलता मेरो मन र शरीरको एउटा अंग बनेर उभिएको छ ।