Skip to content

आधुनिक कथा

अविस्मरणीय यात्रा

  • by

उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।

पहिलो भेटमा नै उनको हेराइ बोलाई मलाई मन परेको मात्र होइन अचम्मको लागिरहेको थियो । सारै सरल भाषामा मीठो तरंगित स्वरमा अन्तर उमंगको भाव लुकाउन खोज्दै खुलेर बोलेका थिए उनी मसँग । सारै छोटो कुराकानी पछि हामी छुट्टिएका थियौँ त्यस दिन । त्यस पछिका दिनहरूमा किन हो किन त्यस मान्छेसँग भेट हुन पाए हुदो हो जस्तो भैरहेको थियो ।

बाबुसाहेब

रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । उसको दाजुचाहिंलाई गरिएजति खर्च ता उसलाई पनि ता गर्नु पर्ला । गरिएको खर्च पनि फेरि पानीमा जाने हो कि ! उनी विभिन्न थरिका चिन्ताले ग्रस्त थिए । अझ उनका छोराले लामालामा नङ पालेर नेल पालिस समेत लाएकोे देखेपछि ता झनै चिन्तित थिए ।

अधुरो प्रेम

  • by

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरू धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरूको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो- शब्दका लहरहरू मार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकी केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरू यो समाजको परिभाषाबाट केलाउदा । न कैले भेटेको छ न कैले देखेको छ, दिनभर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।

मानव डिभाइस

“ए सर! तपाईँको साथमा के छ?”

“पैसा छ ।”

“पैसा बाहेक अरु केही छ कि?”

“बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?”

“तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”

अनौठो प्रेम

  • by

” म यहीँ छु ।”
” मेरोमा आउन छोड्यौ क्या रे ”
” त्यस्तो होइन हजुर ”
” माया भा पो ”
” त्यस्तो नभन्नु न ”
” त्यस्तै त हो नि ”
” आफ्नै काममा भइन्छ¸ त्यसैले ”
” काम छ भन्दैमा माया मार्न पाइन्छ त ? ”

प्रेम दिबस

आज फेब्रुअरी १४ रात को बार बजेको छ । तिम्रो चिता ले तातेको मेरो सरिर थकित छ । अझै मेरा आँखा आगाडी तिम्रो बलिरहेको सरिर तेर्सिएको छ । म रुन चाहन्छु र निभाउन चाहन्छु मेरो आगाडी बलिरहेको आगो लाइ।
इ पापी हरुको लागि त तिमि मात्र एउटा सरिर हौ सरिर जुन मरिसकेको छ र एकछिन पछी यो ज्वाला संगै बिलिन भएर जान्छ । तर यी मुर्ख हरु लाइ के था तिमि त जीवित छौ र सधै जीवित रहने छौ । कसैले तिमीलाई मार्न सक्दैन ।
हा…हा….हा.. हा….

अवतार

लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।

जूनकीरीको देश

माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।

एक सुन्दर रात

तिमी र मसँगै भको पूर्णिमाको रात प्यारो
मेरो मन छुन खोज्ने मिठो तिम्रो बात प्यारो

हरपल हामीसँगै जीवनलाई अघि बढाऔं
हरेक पलमा साथदिने सहयोगी हात प्यारो

PraweenSindhuliya

लाशको मोल

एक सालको कमाईले बिदेश पलायन हुँदा लिएको कर्जा फच्चे गरेपछि म्याग्दीको जीवन हर्मेल पनि अरुहरूको लहै-लहैमा लागेर कम्पनी छोडेर भाग्यो । भगुवा ज्यामीको लोभलाग्दो दैनिक ज्यालादरको कारण ऊ पनि त्यो अवैधानिक भीडमा मिसिएको हो । गुप्तचरको गिद्धे नजर नपरेसम्म त रियाल मज्जैले कमाइन्छ, पक्राऊमा परिएमा कतारी मामाघरमा पाहुना लाग्न गईन्छ! सबै भगुवाहरू एकदिन अवश्य गिरफ्तारीमा परिन्छ भन्ने कुरामा ढुक्क छन् । र, अधिकांशले आफ्नो गलत निर्णयलाई समय सापेक्ष नै ठानेका पनि छन् ।

BasantaSubedi

गोल्डेन एंगल

“तिमीले भनेकोभन्दा ठिक १५ सेकेन्ड ढिलो त आको हो नि!”

“१५ सेकेन्ड रे ! म १ सेकेन्ड पनि कुर्न सक्दिन।”

“नसक्दा के हुन्छ ?”

“मेरो राजा ! म तपाईलाई एक सेकेन्ड कुर्दा पनि सास रोकिन्छ ! भन्नुस म के गरौ ?”

गार्डिएन (फल्यास् फिक्सन)

  • by

आज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतीलाई देखें । गएको जाडो-याममा उसलाई देखेको थिएँ । ट्रेनको सिटमा घुँडामाथि अर्को खुट्टाको तिघ्रा राखेर ऊ जतन साथ बसेकी थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रातिर सरेको थियो । ऊ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडाभन्दा मुनि पुग्दैन । यसैले उसका आकर्षक र लोभलाग्द गोडाहरू म नियालिरहन्छु ।

उप्केको तलुवा र चप्केको मन

जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।

नजन्मिनुपर्ने मान्छे

आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो ।

विस्थापित

अवश्य मेरो पनि कतै घर छ … किनभने मलाई कताकता झझल्को लाग्छ, मेरो कतै घर छ र त्यहाँ पुग्न नै म यसरी हतारिएको हुँ … साँच्चै म घर जाने बाटामा हुनु पर्छ, अवश्य मेरो टुंगो हुनु पर्छ … मेरो मस्तिष्कले भन्छ, मेरो मुटुले भन्छ, मेरो ब्रम्हले भन्छ मेरो पनि ठेगान छ । साँच्चै ।

अवतरण

उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

उनले फटाफटी भन्न थाले–“हो, ‘अपहत्ते’ कथामा सफल अवतरणको अपेक्षा गरेको थिएँ । त्यसभन्दा अघिकै ‘मोबायलको सन्देशबाट उब्जेको रडाको’ कथा पनि तपाईंले पढेकै हुनुपर्ने हो । त्यसैबाट क्रमिक रुपमा आएको ‘अपहत्ते’ कथामा यो घटनाको वा शृङ्खलाको र यसको सफल वा विफल जे भनौं अवतरणको कुरा उठाइएको हो । वास्तवमा कुनै प्रयत्न नै गर्नु परेन अवतरणका लागि । कुनै घटना वा दुर्घटना पनि भएन अवतरणका लागि । त्यो आफैं भएको छ । छाती निकै हलुको भएको छ । एउटा विपत्ति आफैं टरेर कतै गएको छ । मलाई अहिले निकै सन्चो पनि भएको छ । मनको भार पनि यसै हलुको भएको छ । एउटा अनिष्टको उल्का आफैं पर पर कतै सरेर गएको छ अनि मलाई भने त्यो छ महिने अपहत्ते र एसएमएसको प्रकरण नमिठो सपना जस्तोका रुपमा मात्र रहेको छ ।” म सुनिरहें उनको धारावाहिक कथन, उनको कथन कवितामय थियो ।

मोबायलको सन्देशबाट उब्जेको रडाको

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो ।

तरल क्षणहरू

यतिखेर मसँग बाँकी केही तरल क्षणहरू छन् । उसका सजीव स्मृतिहरू छन् । अरु मसँग केही चिज वाँकी छैनन् । एउटा सिंगो अतित मस्तिष्कका भित्तामा टाँसिएकोछ । त्यसलाई ओल्टाई पल्टाई हेर्ने गर्छु । बार्धक्यका स्फूट संकेतहरू शरीरका अवयवहरूमा खस्न थालेकाछन् । सबै सबै चिज शिथिल हुँदै गएकाछन् । शिथिलता मेरो मन र शरीरको एउटा अंग बनेर उभिएको छ ।

जवान दिनका उमंगहरूलाई स्मृतिपटमा निम्ता गरेर घोरिनु फुर्सदको समय टोल्ने उपाय गतिलो काम हुन्छ मेरो लागि ।

हार्ड खाने कि सफ्ट ?

“ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म छँदै छु नि!”

मुमिन कार्टुन

एउटा जन्मन नपाएको बालिका भ्रुणलाई डस्टबिनमा फ्याँक्न नपाउँदै उनीहरूलाई घर जाने चटारो परेको छ।
आइरन चक्की राख्दै श्रीमान झोला मिलाइरहेको छ र श्रीमती सारीको सप्को!