Skip to content

kbs

तेस्रो रङ

  • by

म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु , न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसाद बाट गुज्रिरहेछु भन्ने आभास बाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेकाछन् र केटीका फोटोहरू हर्नका लागि कर गरिरहेकाछन् ।

साइनो

  • by

भर्खरै हुलाकीले बुझाएर गएको पोको खोलौँ या नखोलौँ भन्ने दुविधामा ऊ धेरैबेरसम्म रुमल्लिइरही । पोको हातमा लिएर वर्काई-फर्काई हेरी र तौली । पोको सानो र हलुको लाग्यो । एकापट्टि लोग्नेको नाउँ र ठेगाना प्रस्टसँग लेखिएको थियो ।अर्कापट्टि पठाउनेको ठेगाना लेखिएको र त्यो पनि छोटकरीमा भएकाले पठाउनेको पूरा नाम उसले बुझ्नै सकिन। उसलाई उत्सुकताभन्दा बढी जिज्ञासाले कुतकुत्यायो। जेसुकै होस् भन्दै टॉसिएका कागजहरू उप्काउन थाली।

अनुभव

धाकधम्की दिएको अनुभव राम्रै हुँदोरहेछ
मान्छे कुटेको अनुभव जब्बर हुँदोरहेछ
अंगभंग पारेको अनुभव अब्बल हुँदोरहेछ
मान्छे मारेको अनुभव त झन् ज्याद्रो हुँदोरहेछ ।

पलायनको पीडा

  • by

इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, “ती डीभी चिट्ठा पीडितहरू !”

पर्चा छर्दाको हलचल

  • by

बनेपामा नेपाली कांग्रेसको नेतृत्वमा हुने हरेक कार्यक्रममा राजदास श्रेष्ठमार्फत नै सरकि हुने गर्थें । त्यसबेला बनेपामा कांग्रेस समर्थक कार्यकर्ता औँलामा गन्न सकिने संख्यामा थिए । तर, उनीहरूलाई परचिालित गरेर राम्रै उपलब्धि हासिल भएको थियो । राजदासका राजनीतिक गुरु भने सुन्दरराज चालिसे हुन् ।

रेमिटेन्स, महोत्सव र महायज्ञ

  • by

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।

मेरी लुखुरी

  • by

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् ।

अस्तायो भानु

  • by

रोगले गाँजेपनि जाँगरले धानेको उहाँको शरीर राजनीतिमा लागेपनि साहित्य र साहित्यिक पत्रकारिताले चिनाएको उहाँको चिनारी सडक कविता क्रान्तिदेखि राजनीतिक क्रान्तिसम्म उत्तिकै सहभागी हुने उहाँको व्यक्तित्वसङ्घर्ष र रोगसँग जुद्धाजुद्धै, कैयौँ योजना र आकाङ्क्षा बुन्दाबुन्दै ८० को उमेरसम छोएको उहाँको जीवनले अन्ततः २०६६ सालको भदौ ४ गते मोती जयन्तीको मध्यरात विश्राम लियो ।

दाइजोमा मलाई

  • by

दाइजोमा मलाई चम्चा पिलेट र डाडु दिने भा’छन्
गोठ पो छ कि छैन भैँसीको मलाई पाडु दिने भा’छन्

नसोच्नु तिमी सुन चाँदी र हीरा आउँछ दाइजोमा
मलाई त घरको आँगन बढार्ने झाडु दिने भा’छन्

मझेरीको बास सधैभरि पाई रहूँ

मझेरीको बास हजूर सधैभरि पाई रहूँ
रहेसम्म जीबन यो मझेरीमा छाई रहूँ ,

गजलको खेती लगाईं फुलाई फलाई बड़ाउनलाई
फेरी बीऊ थनक्याउनलाई मझेरीमै सुकाई रहूँ ,

अन्यायको बिरुद्द आगो भै बलौँ हामी

  • by

अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

दिल रुँदो रै’छ

माया के हो छुटेपछि थाहा हुँदो रै’छ
भित्रभित्रै बल्झिएर दिल रुँदो रै’छ।

स्मृतिका लहरहरु छचल्किदा दिल्मा
मन उडी उस्कै मन्को धड्कन हुँदो रै’छ ।

आग्रह

परेँ म आज मोहमा असह्य जल्छ हत्तल
बनी रित्तल पििल्सएँ मिलेन शान्ति शित्तल ।
अपार प्रेम झाँगिदै नशालु नेत्र गड्न गो
म दिन्छु साथ हर्षले कठीन स्वास अड्न गो ॥

राहत पायो प्रवास

  • by

तिम्रो मायाको तापले यो मनले न्यानो चाह्यो प्रवास
तिम्रो मीठो सामिप्यताले मनले राहत पायो प्रवास।

उजाड थियो मनको पाखा मेरो ,निरश थियो बैँश पनि
अनायस तिम्रो आगमनले हरियाली छायो प्रवास ।

जून, कला र म

  • by

गिद्द चिल र वाजको उडान भन्दा मािथ
त्यहा हावा छैन पानी छैन
अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन
तर पनि युगौंदेखि
चम्किलो धम्किलो बनेर
धर्मको हरफहरुमा ज्ञान छरेर
बाँचिरहेको छ ।