Skip to content

जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू

  • by


जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू
जता हेर्यो सडकभरि माग्ने बेस्या खातेहरू

हुरी आयो गयो पनि हावा बग्न छाडी सक्यो
अझै पनि फिरिफिरि नाँच्छन् पीपलपातेहरू

अरुको नै साहारामा उभिएर भए पनि
बसभित्र घुईँचोमा दगुर्दैछन् तातेहरू

उकालोमा बुई चढ्ने ओह्रालोमा चिप्लिदिने
भएका छन् यस्तै यस्तै हाम्रा नेता नाथेहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *