Skip to content

ks

कमली दिदी

  • by

आदरणीय दिदी कमली

परिवर्तित समाज हेर्न रुचाउने त्यो आकांक्षालाई अभिवादन ।

यहाँ त हामीहरू सबै दुःख र सुखलाई आफनै सहयात्री ठान्दै जीवनरथ हाँकिरहेका छौं । तपाईँको खोज खवर, हालखवर केही नपाउँदा तपाईँलाई जन्मदिने आमाबाबुको हालत कस्तो भएको होला त्यो यहाँ वर्णन गरी साध्य छैन । म त तपाईँको गाउँले भाइ हुँ ।

20130217_RajeshRumbaLamaInterview-02

मझेरी भलाकुसारी, अंक १५ (राजेश रुम्बा लामा अतृप्त)

गुट उपगुटको भकुण्डो गोल पोस्ट ताक्दै प्रहार गर्दै गरेका साहित्यिक खेलाडीहरू देख्दा डर लाग्छ ।
केही समयमा मेरो गीति संग्रह ‘अतृप्त रहर’ आउदै छ ।
सम्पूर्ण आदरणीय पाठक र मित्र बन्धुहरू … को माया, हौसला प्रेरणा र आलोचना नै मेरो अचुक अस्त्र हो समय र समाजका विसंगतिसँग लड्ने । यहाँहरूको तितो मिठो प्रतिकृयाको आशामा सधैं प्रतिक्षारत हुन्छु ।
विदेशिएपछि देशको माया अझ बढी लाग्दो रहेछ । समुन्नत राष्ट्रको सामू आफ्नो दुर्दशित देश देख्दा अति दुख्छ यो मन् । हरेक प्रहर कोतरिन्छ यो मुटु । त्यसैको प्रतिफल होला देशभक्तिका रचना ।
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू (सूची)

आखिर मेरै प्यारमा खोट देखायौ

  • by

आखिर मेरै प्यारमा खोट देखायौ सानु
नदिएको मैले कसुर खोट देखायौ सानु

सँगै मिली बनाएको प्रेमको चौतारी यो
भाँच्दै आदि पिपल को बोट देखायौ सानु

सरस्वती पुकार सुनिदेऊ (सरस्वतीपूजा बिशेष)

  • by

सरस्वती पुकार सुनिदेऊ, अज्ञानता बढ्दो छ
देशका जवान विदेशिए, सुन्यता बढ्दो छ

कला संगीत सहित्यको, देवी समान हौ
जन-जनको उमंगमा, मौनता बढ्दो छ

ManojShankar

अन्तिम डायरी

  • by

सायद, त्यो बिहान म काठमान्डु एयरपोर्टमा उभिदा आफ्नोपनको अनुभूति कति भयो ? म सिमांकन गर्न सक्दिन । घरमा मन हर्रर पुग्छ, म पुगेको हुदिन, आतुर हुन्छु । काठमान्डुबाट चार घन्टाको बसको यात्रा थाल्छु जति सक्दो छिटो पुग्न ।

यात्रा सुरु हुन्छ अतुरताको, पुराना स्मृति जुरुक्क उठेर मन मस्तिष्कमा आउछ । गरिबबाट धनी हुने मनले परदेशिने रहर र बाध्यता दुवै थियो । बिहे गरेको दुई महिनामा विदेशिएँ गर्भवती श्रीमती छोडेर ।

तिमीप्रति

  • by

माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थुँगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !
जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा
अनुभूतिका अक्षरहरूले कुँदेर ।

मान्छे भई पशु व्यवहार

  • by

मान्छे भई पशु व्यवहार नगर्नु याद राख
अब उपरान्त मेरो सामू नपर्नु याद राख

एकएक गेडी खुसीको संगाली माला गाँस्छु
छिनालेर सबै यत्रतत्र नछर्नु याद राख

प्रेमको तरङ्ग

  • by

कल्पनामा अनेकौं रंगहरू सजिंन्छन कति । सपनाहरू पुरा हुन्छन त कति अधुरा हुन्छन । जिन्दगी कहिले रंगी बिरंगी रंग फ्याकेर होली खेले जस्तो । ती रंग कुनै फिका त कुनै गाढा भइदिन्छन ।

त्यो पुर्णिमाको रात म तलाउको किनारमा एक वृक्ष मुनि बसिरहेको थिएँ । निशब्द थिए त केवल छेउछाउका बोट बिरुवा ढुंगा माटो म अनि उनी । ढुंगाका टुक्राहरू परसम्म पुग्ने गरी फ्याकिरहेको थिएँ, सुनसान भंग गर्ने त्यो मेरो असफल प्रयास थियो । सकेसम्म त्यो पानीबाट निस्केका तरंगहरूसंग खुसीका अभिव्यक्तिहरू साट्दै थिएँ मन्द मन्द गतिमा बहेको त्यो शिर्सिरे बतासले उनलाई स्पर्श गरिरहेको थियो ।

डाइस्पोरिक चिन्तनमा ‘धेरै पछि’का गीतकार ‘गगन’

धेरै पछि गाउँतिरै सानु बिर्सेछ गाउँघरले
आफ्नै गाउँमा भएँ म नौलो चिनेनन् कसैले ।

लेख्नु स्वयम् हिमाल चढ्नुझैं एक जटिल कार्य हो । अझ त्यसमा पनि गीति विधामा कलम चलाउनु समर लड्नुभन्दा गाह्रो काम हो । मनभित्र गुम्सेका गन्थनलाई लेख्य रूप दिन केही सजिलो होला तर ती कुराहरूलाई लेख्य रूप दिनु चानचुने कुरा पक्कै होइन ।

निसन्देह प्रेम बज्रपात

निसन्देह प्रेम बज्रपात, नहोश प्रेम दिवसमा
रातो गुलाब अज्ञात, नहोश प्रेम दिवसमा

नयनको पर्दामा नलुकाउनु,यादलाई कसैको
खोल्नुहोश चाडो रात, नहोश प्रेम दिवसमा

सम्झनाका कुराहरू (लघु संस्मरण)

  • by

गर्दिन भनेको काम गर्नु पर्ने, जाँदिन भनेको ठाउँमा जानु पर्ने’ सायद नियति ।

दशक पहिले एक मध्यान्हमा डटपेन, डायरी, सानो थोत्रो टेप रेकर्ड झोलामा बोकेर एक सहयोगीको साथमा पुगेको थिएँ परिचित संगीतकार बुलु मुकारुङज्यूको चाबहिलस्थित निवासमा । पत्रकारिताका ती दिनमा यस्ता भेटघाटको काम बाक्लै हुन्थ्यो उसोर कतिपय भेटघाट केवल ‘जागिरे’ साबित हुन्थे त कति चाहिँ अत्यन्त अर्थपूर्ण र अनुभबको अनुपम संगालो बन्थे । तीमध्ये बुलुजीसँगको भेट पनि एक अहम भेट साबित भएको थियो । जो आज पनि उतिकै सम्झन्छु । भेटमा गीत संगीतका, संघर्षका, अनुभवका र जीवनका अनेक पक्षमा गफिएका थियौं हामी ।

अन्तिम प्राणसम्म बस्दा (प्रणय दिवस)

  • by

अन्तिम प्राणसम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय

ढिलै भएपनि हातमा, गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा, मलाई देखी करायौ प्रिय

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ, यस्तो हालत गरायौ प्रिय

20130212_ManikLalGhising_BinaTamangChhuki-01

बिना तामाङको ‘छुकी’ कथासंग्रह विमोचित

  • by

तामाङ डाजाङले हालै एक भब्य समाहरोहका साथ आफ्नो ११६ औ शृंखला सम्पन्न गरेको छ ।

“तामाङ ग्योइ थेन ग्योइकाइदा छार्नालाई, तामाङ ब्रिखेन गिकतासी ब्राई” भन्ने मूल नारा बोकेको तामाङ डाजाङले आफ्नो नियमित तामाङ भाषाको साहित्य बाचन कार्यक्रम प्रतेक महिनाको अन्तिम शनिबार गर्दै आइरहेको छ ।

यसपालिको शृंखलामा नियमित साहित्य बाचनको साथमा बिना तामाङको “छुकी” कथा सङ्ग्रहको बिमोचन कार्यक्रम संयुक्त रुपमा गरियो । यो सङ्ग्रह नेपाली र तामाङ दुबै भाषामा प्रकाशन भएको छ ।

लौ है आयो प्रेम् दिवस

  • by

लौ है आयो प्रेम् दिवस प्रेम् प्रस्ताब् राख्दै गर्नु
सफल होस् प्रेम् भन्दै देवी देउता भाक्दै गर्नु

जोडीहरू कयौँ खुशी काहीँ कतै खट्पट् पनि
लंका जल्छ त्यो शँकाले रिस राग फ्याक्दै गर्नु

ईच्छा नै हो सफलता सङर्शमा उत्रेपछि
एक्लो यात्रा पुर्ती गर्न कसैको हात् माग्दै गर्नु

तिम्ले ढोग्ने देउता जस्तै बिस्वाश् गर पिरतीलाई
प्रेम त यो जिन्दगीको प्रसाद हो चाख्दै गर्नु

रमेश प्रसाद अर्याल (स्याङ्जालि रमेश)
अर्जुनचौपारी ४
हाल-मरुभूमिको छाती बाट

आजको सत्ता

  • by

मानव सुखशान्ति प्राप्तिको लागि जङ्गलमा गएर घोर तपस्या गरेछ । धेरै नै दुःख पीडा सहेछ । आफ्ना साना साना छोराछोरी, आफ्नै दाजुभाइ, दिदीबैनीहरूलाई वलि चढाएछ ।

यावत कार्य देखेर भगवानलाई त्यो मानवदेखि दया जागेछ । भगवान प्रकट भएर भन्नु भएछ, “हे मानवर्, म तेरो तपस्या देखी खुसी भए । तँलाई के चाहियो ?”

हेर्न खोज्छु मन्को घाउ

  • by

हेर्न खोज्छु मन्को घाउ देखिदैन कसै गरी
लेख्न खोज्छु पिर ब्यथा लेखिदैन कसै गरी

उडी दिन्छ पापी आत्मा देह यहाँ लास पारी,
छेक्न खोज्छु लाखौं पल्ट छेकिँदैन कसै गरी

साँचो विकास सहकारीबाट सम्भव

  • by

इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्– तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस–विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै धेरै किसिमका गम्भीर क्षतिहरू व्यहोर्नु परेको छ । विकासका हकमा भने सरकारको अनुदारवादी चरित्र र जनताको अनुत्तरदायी व्यवहार नै बाधकका रूपमा देखिएको छ । नेपालमा विकास सहकार्यबाट सम्भव छ । अर्को शब्दमा भन्नुपर्दा मिलेर काम गर्नु नै सहकारी हो र यसैबाट विकासले ठोस गोरेटो पक्रन सक्ने आधारहरू छन् ।

फूलको हासो तिमी राख्नु

फूलको हासो तिमी राख्नु काँडा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

फूलसगै तिमी हाँस्नु बगैचाको माझ
चन्द्ररुपी मुहारमा नलागोस कहीँ दाग
जून पनि तिमी राख्नु तारा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

जिन्दगीलाई चलाउन

  • by

जिन्दगीलाई चलाउन, झुठो पनि बोलें हजुर
ज्यानै जाने जोखिमहरू, पनि कति मोलें हजुर

नगरेको काममा पनि, दोषै भागमा परे पछि
आफ्नै वास्तविकता पनि, कति सामु खोलें हजुर