Skip to content

घुमेका कुरा

  • by


घुमेका कुरा
बिर्स्यौ हौली तिमीले
ऐले झै लाग्छ ।

कति डुलियो
तिमीसँग साझमा
याद ताजै छ ।

अधमरो म
दिन र रातहरू
आघात भए ।

शब्दहीन छु
रातलाई काट्नु छ
दु:खको जड ।

खातिरदारी
कस्तो निश्चल माया
बिर्सौ कसरी ।

सिगारौकी म
फुलको परागले
अनन्त सम्म ।

सपनाहरू
सडकको पेटीमा
अधुरै रह्यो ।

हिउको फुल
पट्यारलाग्दो चिसो
युरोप भरि ।

कठिन यात्रा
सेताम्मेछन भुमि
बित्यो जवानी ।

मन्द बतास
शिशिरको याममा
चिसिन्छ मन ।

निश्चल माया
आरोपका बाछिटा
भावसुन्य छु ।

बग्ने क्रममा
जीवन बग्दै गयो
पीडाको रङ्ग ।

विमल गिरी
चारपाने झापा,
हल, ब्रस्सेल्स बेल्जियम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *