Skip to content

मनोज काफ्ले 'मनसुन'

किन मेरो सपनीमा हजुर आइरहनुहुन्छ ?

किन मेरो सपनीमा हजुर आइरहनुहुन्छ ?
पासआई हजुरले नजर जुधाइरहनुहुन्छ

प्यासी नयन मेरा जब झुक्छन् हजुरसँग
एकछिन हाँस्नुहुन्छ फेरि सर्माइरहनुहुन्छ

आजमात्र होइन यस्तो धेरै पटक भएको छ
सपनीमा मलाई हजुरले तर्साइरहनुहुन्छ

मनमा अब हाँसो खुसी भर्न पाइन्न कि

मनमा अब हाँसो खुसी भर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !

हराउँदै छ संस्कृति र परम्परा हाम्रो
मरेपछि स्वर्गलोकमा पर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !

20141023_ManojKafleyMonsoon-Lekh

कुवैतको मरुभूमिमा कवि तोयानाथ दाहाल ‘उपेक्षित’ को ‘प्रबाशका सुस्केराहरू’

मनोज मनसून/कुवैत

नेपाली साहित्याकाशमा काव्यिक विधाको आफ्नै महत्व रहेको छ खासगरी भन्ने हो भने नेपालमा बि.स. १९३० को दशकभन्दा पछि अत्याधिक रुपमा नेपाली सहित्यकार तथा कविहरूको उदय भएको देखिन्छ त्यसपछि बि.स १९४१ पौष एकादशीका दिन कवि किशोरमणि लेखनाथ पौड्याल बि.स १९६६ कार्तिक २९ गते लक्ष्मी पुजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदयपश्चात पृथक पृथक रुपमा दर्जनौ कवि तथा कथाकार गीतकारहरूको बिभिन्न क्षेत्रमा कलम चलाउने साहित्यकारहरूको उदय भएको मान्यता रहेको छ । बिगत एक दशकभन्दा पहिले देखि हाम्रो देशको स्थिति त्यति सहज रहेन जसले गर्दा देशका युवाहरू बिदेशी भूमिमा पलाएन हुन बाध्य बनायो केही वर्षदेखी नेपालको बिग्रदो तथा विभाजित राजनीतिक अन्यौलले गर्दा देशमा गरीखाने युवा नेपाली भाषा सहित्य प्रति कलम चलाउने दिग्गज व्यक्तित्व पत्रकार, कलाकारलाई देश छोड्न बाध्य बनायो त्यसैताका विदेश पलाएन हुन बाध्य हुनुभयो पत्रकार तोयानाथ दाहाल उपेक्षित् ।

पाटी र पौवा गरा र पाटो

पाटी र पौवा गरा र पाटो मेरै देश रमाइलो
बन र जंगल बाटो र घाटो मेरै देश रमाइलो

झरे नि आँशु म त्यहीं बाँचु परेली पुछेर
लाग्दछ अब स्वर्गको साटो मेरै देश रमाइलो

शितल हावा चल्दछ सारा कुना र कन्दरा
स्वर्ग छ वहाँ नबन लाटो मेरै देश रमाइलो

कहिले शहरमा डुलायौ

कहिले शहरमा डुलायौ मलाई
कहिले बगरमा भुलायौ मलाई l

मोहनी लगायौ प्यासी बनायौ
प्रेमको जहरमा झुलायौ मलाई l

पोटिला प्याला चोटिला गजल
सुनायौ बहरमा रुलायौ मलाई l

खोलेर ताला दैलामा पाला

  • by

खोलेर ताला दैलामा पाला जलाई बसेकी
भेट हुने बेला सुकिला लुगा लगाई बसेकी

आउँदैछ भन्दै पर्खेर बस्दै मूलबाटो हेरेर
हातमा माला हर्षका गाला हँसाई बसेकी

तिमीसँगै मेरो खुसी सर्यो तिमी गएपछि

  • by

तिमीसँगै मेरो खुसी सर्यो तिमी गएपछि
जाँगर र जोश पनि मर्यो तिमी गएपछि

छोडी गयौ जीवनमा खुसीका ती दिन गए
रातदिन एक्लै बस्नु पर्यो तिमी गएपछि

स्याङ्जाली गायक घनश्याम रिजाल

  • by

मार्मिक शब्दका भावनाहरू अनि सुरिलो स्वरको धनी, संवेदनाका गीत गायक घनश्याम रिजाल पहिचानसँगै आएको छ । धेरैले गीत गाउछन्, धेरैले लेख्छन् तर माटो र मन छुने गीत गाउन र संगीत सृजना गर्न भने धेरैलाई कठिन परेको हुन्छ । त्यसैले त स्याङ्जाली गायक घनश्याम रिजालको स्वरले धेरैको मन छोएको मात्रै छैन, हृदयसँग साटीने उनका गीत लेखाई धेरैले मन पराएका छन् ।

समाजभित्र लागेको दाग माझेर हिड्नु छ

  • by

समाजभित्र लागेको दाग माझेर हिड्नु छ
हातमा हात काँधमा काँध राखेर हिड्नु छ

अगाडी बढ एक जुट भई नेपालका गहना
अन्याय र अत्याचारसँग बाँझेर हिड्नु छ
अभागी तिमी नबन कहिल्यै नखाऊ हरेस
क्रोधी दुष्टलाई खाडलभित्र खाँजेर हिड्नु छ

ManojKafle-03

आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)

  • by

आशमात्र देखायौ हरबात तिमीले
अनि सुम्सुम्यायौ दुई हात तिमीले ।

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केही रात तिमीले ।

धनको संसार‎

  • by

जीवनका हरेक सालहरू मेरा
आफ्नै काल भई पर्खिरहेका छन्‎
जीवनका हरेक महिनाहरू मेरा
‎सापट र बैना भई तर्किरहेका छन्‎
जीवनका हरेक हप्ताहरू मेरा
मेरा कब्जाबाट छलिहरेका छन्‎

लुटेराहरू‎

  • by

यहाँ अचम्म गरियो
‎बलत्कारमा तीन जना मारियो
‎उनी बेहोश भई मारिईन
देख्ने दुवैलाई बोलाइयो
‎धारिलो हतियारका धारले
‎पालैपालो छियाछिया पारियो