दुई दिने पिरती के लायौ तिमीले
मायाँजाल रचेर फसायौ तिमीले
अर्कैको साथमा सजिनु थियो त
व्यार्थैमा रुवाई के पायौ तिमीले
आलीमा नाँचेकी चरी झैं मलाई
ओठको लालिमा नचायौ तिमीले
जिन्दगी मानेर चुनेको सिउदोमा
अरुको सिन्दुरले सजायौ तिमीले
म बाँचौकी मरौं भन लौ के गरौँ
घरको न घाटको बनायौ तिमीले
मनसुन
रचना ७ अप्रिल २०१२ कुवैत