Skip to content

कुवैतको मरुभूमिमा कवि तोयानाथ दाहाल ‘उपेक्षित’ को ‘प्रबाशका सुस्केराहरू’

20141023_ManojKafleyMonsoon-Lekh


मनोज मनसून/कुवैत

नेपाली साहित्याकाशमा काव्यिक विधाको आफ्नै महत्व रहेको छ खासगरी भन्ने हो भने नेपालमा बि.स. १९३० को दशकभन्दा पछि अत्याधिक रुपमा नेपाली सहित्यकार तथा कविहरूको उदय भएको देखिन्छ त्यसपछि बि.स १९४१ पौष एकादशीका दिन कवि किशोरमणि लेखनाथ पौड्याल बि.स १९६६ कार्तिक २९ गते लक्ष्मी पुजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदयपश्चात पृथक पृथक रुपमा दर्जनौ कवि तथा कथाकार गीतकारहरूको बिभिन्न क्षेत्रमा कलम चलाउने साहित्यकारहरूको उदय भएको मान्यता रहेको छ । बिगत एक दशकभन्दा पहिले देखि हाम्रो देशको स्थिति त्यति सहज रहेन जसले गर्दा देशका युवाहरू बिदेशी भूमिमा पलाएन हुन बाध्य बनायो केही वर्षदेखी नेपालको बिग्रदो तथा विभाजित राजनीतिक अन्यौलले गर्दा देशमा गरीखाने युवा नेपाली भाषा सहित्य प्रति कलम चलाउने दिग्गज व्यक्तित्व पत्रकार, कलाकारलाई देश छोड्न बाध्य बनायो त्यसैताका विदेश पलाएन हुन बाध्य हुनुभयो पत्रकार तोयानाथ दाहाल उपेक्षित् ।

झापा जिल्लाको कोहवरा ७मा २०२७मा पिता श्रीप्रसाद दाहाल तथा माता तुलसी मायाँ दाहालका कोखमा जन्मेका पत्रकार दाहालले झापा जिल्लामै रहेर मन्थन साप्ताहिक नौलो शृष्टि साप्ताहिक जन-आन्दोलन साप्ताहिक अठोट मासिकको सम्पादकको रुपमा काम गर्दै २०५४/५५तिर गोरखापत्रका लागि झापा जिल्ला प्रतिनीधि हुनुहुन्थ्यो । बि.स २०६० सालमा कुवेतको मरुभूमिमा छिर्नुभएको वहाँ अहिले “मरुभूमिको कोसेली” छापा पत्रिका तथा नेपालकुवैत डटकम (कोसेली अनलाइन) को प्रधान सम्पादक हुनुहुन्छ ।

प्रबाशमा रहेर नेपाली पत्रकारितामा हात चलाउन दुख हुँदा हुँदै पनि प्रबाशमा नेपाली भाषा साहित्यको निम्ति वहांको ठुलो देन रहेको पाइन्छ ।

कुवैत भूमिमा बिगत केही महिना पहिला तोयानाथ दाहालको पहिलो कविता संग्रह “प्रबाशका सुस्केराहरू” को बिमोचन भएको थियो । समय व्यस्तताले वहाँको बारेमा दुई शब्द लेख्न त्यस ताका जुरेन । तरपनि वहांको यो कृति दुई पटक पढेर सक्दा आज मनमा एक किसिमको अशान्ति छायो वहांको कविताले कतै मन कोप्यो त कहिले प्रदेशमा दिन गुजार्न सहज बनायो बितेका दिनहरूमा कहिले कहीं वहाँसँग गजलको बारेमा सामान्य कुरा चल्थे कुवेतमा हुने प्राय: सबै साहित्यिक जमघटमा कवि दाहालको नयाँस्वाद कविता मार्फत सुन्न पाइन्थ्यो जस्तै मेरी बलात्कृत आमा, म मरेको भोलि पल्ट, पराई घर, क्रिसमसको बहाना, मैले लक्ष्मी पुजिन, म त पर्छु पो क्यारे, अरबको पानी ब्यामानी, सर्बनाश भए सपनाहरू, शिर्षकका कविताहरू कुवेतका साहित्यिक जमघटमा पहिले नै सुनेको थिएँ र अरु साहित्यिक हस्तीहरूले वहाँको कविता सुनेर प्रशंसा गर्दथे ।

कवि उपेक्षित्का रचनाहरू पढ्दा कतै आँखाँ रसाए कतै आफैलाई क्रुर बनायो देश प्रतिको मायाँ हुँदाहुँदै पनि देशमा अव्यस्थित राजनीति प्रति चर्को प्रहार गर्दै र प्रबाशी भएपछि हातले खान भुल्ने बिदेशी समाज मन पराउने आफ्नो संस्कृति परम्परा भेष भुषा भुल्नेलाई वहाँले कवितामै तिखो प्रहार गरेको बुझिन्छ । प्रबाशका सुस्केराहरूका कविताहरू पढ्दा केही लामो लागेपनि वहाँका हरेक कविताका शिर देखि पाउँसम्म कतै रगताम्ये छन् त कहीं मलम छरेर घाउँ निकोहुने दिन कुरेकाछन् । त्यसैले त भावनामा गहिरिएर कविता लेख्नुको यही मज्जा छ । सत्य अनि यथार्थ बोल्ने वहाँका हरेक कतिताका पंक्तिहरू सशक्त भएर आफैमा दरिलो र हृदयस्पर्शी कविता बनेका छन् ।

कुवेतको तातो बलुवासँग करीब १२ घण्टा काममा खटेर पत्रकारितासँग रुझ्दै साहित्यको मझेरीमा पाइला राख्नु सायदै सहज हुन्न । जहाँ टन्टलापुर घाममा बलेर सामाजिक कार्यमा लाग्नु पक्कै दुख छ । मनभरी चोट थुप्रिएको बेला आफ्नो देश फर्किने आशा हराउछ अनि कवि यसो भन्नुहुन्छ ।

म मरेको भोलिपल्ट थाहा छैन मलाई
फेरि कहिले मान्छेको रुपमा आउछु कि आउदिन
मेरा बच्चाहरू जन्मादाता माता पिता
प्रिय पत्नीलाई फेरि कहिले
देख्न पाउछु कि पाउदिन
थाहा छैन मलाई
मेरो शिर हिमाल, मेरो देश नेपाल
फेरि कहिले टेक्न पाउछु कि पाउदिन……………. ।

कविमा कुवेती बालुवा र अरबको हावा प्रति रिसानी छ यहाँको नूनिलो पनिमा यहाँको मन पटक्कै लागेको छैन वहाँलाई । बध्याताले पिरोलिरहेको छ वहाँ आफैसँग हार्दै र सहास बोकेर एक्लै झोलुंगे पुल तर्ने कोसिसमा देखिनुहुन्छ । कविताका पंतीहरूले बोल्दछन वहाँ आफ्नो भाग्य देखि निकै दुखी भएको देखिन्छ । कविलाई लुट्न लागिएको लुम्बिनी, क्रान्तिको कस्टडिमा १० वर्ष थुनिएको नेपाल, तन्त्रै तन्त्रका अनेक मन्त्रमा मर्दै ब्युझिदै गरेको नेपाल, जिउदै मान्छे गाड्ने क्रान्तिकारीहरूको देश नेपाल, भ्रष्टचारले लथालिंग भएको नेपाल, कुरीति र कु-संस्कृतिले ग्रस्त भएको नेपाल, बम बारुदले उडाइएको नेपाल, देखेर उनलाई छाती चर्केर आउछ भने कतै जीवन संगीनीसँग टाढा रहनु पर्दा यो दुनियाँमा मेरो कोही छैन भन्दै आक्रोश पोख्दै कविताले भन्छ ।

तन सुकेपनी मनभरी जवानी लिएर आउदै छु
तिमी चोखिएर बस्नु
तिम्रो मायाँ जोगाएर ल्याउदै छु
सिंगार पटार गर्दै रहनु
म दाह्री खोरेको चिल्ला गाला सुम्पिने छु
तिम्रो ओठको लालीले लेख्नु ……….. ।

करीब २०० पृष्ठको वहांको पहिलो कविता सग्रह (प्रबाशका सुस्केराहरू)मा १७९ कविताहरू अटाएका छन् । पल्लव साहित्य प्रतिष्ठान नारायणघाट चितवनबाट प्रकाशन भएको वहाँको यो कृतिमा बरिष्ट गजलकार तथा कवि साहित्यकार गोर्खे साइँलोले भूमिका लेख्नुभएको छ भने अभि-जमान स्मृति ट्रस्टका अध्यक्ष तथा बरिष्ट साहित्यकार कवि होम बहादुर क्षेत्रि, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरका अध्यक्ष मनोज मनसून, मरुभूमिको कोसेलीका प्रबन्ध निर्देशक सुजन केसी र विश्व साहित्य महासंघ कुवैतका अध्यक्ष अमित राईले सुभकामना लेख्नुभएको छ । प्रकाशकीय सुभकामना तथा कम्प्युटर सेटिंग निक दि डिजाइनर चितवनका दिपेन्द्र कुमार जोशी “निक”को छ । कवि तोयानाथ उपेक्षितको अर्को कृति बाँझी आइमाईको पीडा (कथा संग्रह) पनि प्रकाशोन्मुख भएको सुन्दा खुसी लागेको छ । कविले कुवेतमा रहेर सामाजिक कार्य तथा पत्रकारिता बापत विभिन्न क्षेत्र वा संघ सस्थाबाट सम्मान तथा पुरुस्कार पाउनु भएको छ पत्रकारिताबाट उत्कृष्ट पत्रकारिता वर्ष २०१० कुवैत, यायोखा राईद्वारा सम्मान अनिश राई बचाउनको समाज परिचालन गरे बापत, लुम्बिनी समाजबाट सम्मान समाज रुपान्तरणको लागि कलम चलाएर पुर्याएको योग्दान बापत २०१४मा वहाँले सम्मान पाउनु भएको छ ।

कवि तोयानाथ दाहाल उपेक्षितलाई यस र प्रशोन्मुखको लागि सुभकामना तथा आउँदा दिनहरूमा यहाँका मिठा र संदेश मुलक रचनाहरू कविताको माध्यमबाट पाठकहरूले पढ्न पाइरहुन शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *