Skip to content


यहाँ अचम्म गरियो
‎बलत्कारमा तीन जना मारियो
‎उनी बेहोश भई मारिईन
देख्ने दुवैलाई बोलाइयो
‎धारिलो हतियारका धारले
‎पालैपालो छियाछिया पारियो
‎धनका आशी परदेशीको
‎ईज्जत लुटियो ‎
चुट्नु चुटियो
‎निवस्त्र पारियो
‎कोतारियो
‎अंगअंग काटियो
‎चिरियो
‎‎रगताम्य पारियो र ‎
मारिएको दृश्यलाई ‎
क्यमरामा कैद गरी
यु-ट्युबद्वारा संसारभरि फैलाईयो
‎लुटेराहरू कुनै दुबई भागे
‎कुनैलाई मानसिक असंतुलन भनियो
‎‎घर‎
कतिका श्रीमान बर्बराए
कतिका सन्तान टुहुरा भए
कतिका बाउआमा बहिरा भए
‎सबले देखेको नदेखै गरे ।

‎ ‎‎रचना: मंसिर १५ गते कुवैत‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *