Skip to content

मैले घर छोडेको धेरै साल भयो


मैले घर छोडेको धेरै साल भयो
मन समुद्रीतटको छाल भयो

सबै डुल्दैछन् फूलको बजारमा
सधैँ मेरो जीवनमा बेहाल भयो

लुकाउन सकें न फुकाउन सकें
तक्दिरमा कहीं जेल्जाल भयो

सधैं परेली केको निम्ति रसाउँ
मेरो आँशु बगेर फेवाताल भयो

रंगमंचमा छ चैते दशैंको मेला
मनु बगर बिचको त्रिपाल भयो

रचना: २२ फाल्गुन, कुवैत

2 thoughts on “मैले घर छोडेको धेरै साल भयो”

  1. घर छोड्न हुन्न साथी भनेको थेँ
    घर छोड्न हुन्न साथी भनेको थेँ मैले
    नमानेर परदेश जाँदा पछुताएको ऐले ।
    यस्तै हुन्छ जिन्दगीमा समयका कुरा
    दीर्घकालिन कार्य कुनै भएन छ पैले ।

    बधाई छ भाइलाई ।

  2. बाहिर जान हुन्न भन्दा नमानेर
    बाहिर जान हुन्न भन्दा नमानेर पैले
    घर छाडी परदेश जाँदा पछुताएको ऐले
    यस्तै हुन्छ जिन्दगीमा दुख सुख आदि
    गाउँमै गर दीर्घकालिन काम भन्थेँ मैले ।

    – गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
    अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
    एवम् ‘प्रमुख सम्पादक’
    पल्लव साहित्यिक ई–पत्रिका
    ९८५५०५५३५१, ९७४५०१३७५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *