तिमीसँगै मेरो खुसी सर्यो तिमी गएपछि
जाँगर र जोश पनि मर्यो तिमी गएपछि
छोडी गयौ जीवनमा खुसीका ती दिन गए
रातदिन एक्लै बस्नु पर्यो तिमी गएपछि
एक्लै एक्लै कराएँ म बेहोसीमा हराएँ म
कर्मले नि किन छल गर्यो तिमी गएपछि
उदास उदास बाँच्दैछु म जलाएर मुटुयहाँ
दैवले नि सर्वस्व नै हर्यो तिमी गएपछि
तिमीसँगै बिताएका हरेक पल खुसी थिएँ
आँखाबाट बर्बर आँशु झर्यो तिमी गएपछि
मनसुन
रचना ०९/०३/२०६९ कुवैत