Skip to content

आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)

  • by
ManojKafle-03


आशमात्र देखायौ हरबात तिमीले
अनि सुम्सुम्यायौ दुई हात तिमीले ।

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केही रात तिमीले ।

फसायौ तनमन लजालु नयनमा
जिन्दगी बनायौ भेटघाट तिमीले ।

परबास पठायौ मुग्लानी भनायौ
फँर्कदा गुमायौ यी साथ तिमीले ।

भईगयौ दिवानी नमानी नमानी
मनुलाई गरायौ बरबाद तिमीले

मनसुन
रचना : २०६८ पौष २३ गते
कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *